दीपेन्द्र लामा-
फिल्ममा हिरोइनको ‘इन्ट्री’ नै दमदार हुन्छ। पहिले कम्मर अनि अनुहार। कम्मरको लट्काझट्का एक चरण चलेपछि मात्र अन्य संवेदनशील अंग हुँदै अनुहार देखाइन्छ। यस्तो दृश्यसँग दर्शक यति अभ्यस्त छन् कि, कम्मरबाटै हिरोइनको पहिचान हुन थालेको छ। हिरोको क्रेज उसले बजार्ने मुक्का र हिरोइनको ग्ल्यामर उसको कम्मरमर्काइमा सीमित भएको छ। कम्मरको झट्काबाट बिजुली पैदा गर्न नसक्नेहरू अब हिरोइन बन्न अयोग्य छन्। किनभने फिल्मका सानाठूला सबै ठेकेदारहरूको मनोविज्ञान हो यो।
यति हुँदाहुँदै पनि नेपाली फिल्ममा हिरोकै जगजगी छ। हिरोइनको चुरीफुरी पनि नभएको होइन। तर, त्यो चुरीफुरी हिरोका अगाडि कम्मर नमर्काउन्जेल मात्र हो। हिरोइनको कम्मरले हिरोलाई रिझाउनेमात्र होइन, कहिलेकाहीं गुन्डालाई अलमल्याउने काम पनि गर्छ। हिरो र सबै दलबल गुन्डाको चंगुलमा फस्दा हिरोइनको कम्मर अचूक अस्त्र बनेको नजीर धेरै छ। फिल्महलभित्र दर्शकले दुई अवसरमा सिट्ठी फुक्छन्। कि हिरोको मुक्कामा तर्सिएर कि हिरोइनको कम्मरमा लोभिएर। त्यही भएर हो, फिल्मको ‘खुराफाती’ क्यामेराले हिरोइनको कम्मरलाई फन्को मारेको मार्यै। छिसिक्क अंगप्रदर्शन हुन खोज्यो भने ‘कथाले माग्यो वा मागेन’ भन्ने प्रश्नले आक्रमण गरिहाल्छ। तर, कम्मर जतिसुकै उत्ताउलो होस्, कसैले पनि औँला उठाउने गर्दैनन्। नेपाली फिल्ममा अहिले मारधाडको माहौल छ। तर, यसलाई बिस्तारै मायाप्रेमले बिस्थापित गर्ने संकेत देखिएको छ र त्यसो भएमा हिरोको मुक्काले धरौटी समेत गुमाउन सक्छ। हिरोइनको कम्मरलाई भने फिल्मको माहौलसँग कुनै डर छैन। मायाप्रेम होस् या मारधाड, कम्मरको खेल अनिवार्य छ। त्यसैले भन्दा फरक पर्दैन, हिरोको धार्नी मुक्काभन्दा हिरोइनको बारुले कम्मर बढी टिकाउ हुन्छ।

0 comments:
Post a Comment