श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Tuesday, 14 July 2009

हङकङमा भानुजयन्ती भव्यरुपमा सम्पन्न


देवराज र्राई, हङकङ - आफ्नो भाषा, साहित्य र संस्कृतिको सम्वृद्धिसँगै नेपाली समाज बसाऔँ भन्ने अभियोजना बोकेर हरेक वर्ष आयोजना हुँदै आएको भानुजयन्ती यसपालि पनि नेपालीहरुको व्यपाक उपस्थितिमा भव्यरुपमा हङकङमा सम्पन्न भएको छ । नेपाली विधार्थी, तिनका अभिभावकहरु, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानध्यापकहरुको उपस्थितिमा भानुजयन्ती धुमधाम मनाइएको थियो ।हङकङमा भानुजयन्ती जुलाई १३, २००९ अर्थात असार २९ गतेका दिन बेलुकी ७ बजे संचालन भएको थियो । युनलङ टाउनहल हङकङको सभाहलमा आयोजना गरिएको भानुजयन्तीको मूख्य आकर्षण रामायणको सम्पूर्ण कथालाई विभिन्न विद्यालयका विधार्थीहरुले प्रस्तुत गरेका थिए । भानुजयन्ती २००९ कार्यक्रमको अवलोकन गर्न आएका नेपालीहरु सिटको अभाव भएता पनि उभिएरै भएपनि हेरेका थिए । नेपाली भाषा, साहित्य र संस्कृति नै आफ्ना सकील पहिचानहरु हुन । नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना नै आफ्नै जगेर्ना हो भन्दै भानुजयन्ती विशेषरुपमा मनाइएको थियो । भानुजयन्तीमा भानुभक्त तथा नेपाली भाषालाई सम्बोधन हुनखालका विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । हङकङ नेपलिज फाउण्डेशन्को संयोजन तथा हङकङ नेपाली साहित्य परिषद्को आयोजनामा विभिन्न सरकारी विद्यालयहरुमा अध्ययानरत नेपाली विधार्थीहरु एवं शिक्षकहरुको व्यापक सक्रियता देखिएको थियो । सुन्दर साजसज्ज्ा भएको कार्यक्रममा भानुभक्तको जिवनी तथा नेपाली भाषाकै सेरोफेरोमा रहेर बालबालिकाहरुले आफ्ना मौलिक गीत, कविताहरु वाचन गरिका थिए । टिके प्राथमिक विद्यालय, पीएच केन्द्रीय प्राथमिक विद्यालय, बेथल हाईस्कुल, पिके कलेज, सर एलिस कादुरी माध्यमिक विद्यालय, आईकेटी माध्यमिक विद्यालय चाईवानका नेपाली विधार्थीहरुले कविता, जिवनी र नृत्यहरु प्रस्तुत गरेका थिए । भानुभक्तद्वारा लिखित भानुभक्तिय प्रश्नोत्तरी, भक्तमालाको केही अंशहरु समेत पाठ गरिएको थियो ।
हङकङ नेपाली साहित्य परिषद्का अध्यक्ष एकराज र्राईले सम्बोधन गरी कार्यक्रमको आयोजना बारे स्पष्ट पार्नु भएपछि शुभारम्भको कार्यक्रममा, नेपालबाहिर नेपाली भाषाको महत्व, हङकङमा नेपाली भाषाको विकासक्रम बारेमा विभिन्न विद्यालयहरुका नेपाली शिक्षकहरुले प्रष्ट पारेका थिए । भानुभक्तको देन तथा नेपाली संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएका थिए । कार्यक्रममा स्थानीय सरकारी विद्यालय पीएच केन्द्रीय प्राथमिक विद्यालयका प्रधानअध्यापक चोङ का लेउङले भानुभक्तको तस्बीरमा माल्यर्पण गरी सम्मान व्यक्त गरेका थिए । टिके प्राथमिक विद्यालय, पीएच केन्द्रीय प्राथमिक विद्यालय, पीके कलेज, सर एलिस कादुरी, डेलिया मेमोरियल स्कुल आईकेटी कलेज चाईवान, बेथल माध्यमिक विद्यालयका छात्र छात्राहरुले उत्कृष्ट नृत्यहरु प्रस्तुत गरेका थिए । विभिन्न विद्यालयहरुले भानुजयन्तीलाई आफ्नो वाषिर्क कार्यक्रम पुस्तिकामा प्रकाशित गरेका छन् र नेपाली भाषालाई स्थापना गर्नकालागि वातावरण तयार गरेको अवस्थामा सम्बन्धित विद्यालयका चिनिया मूलका शिक्षकहरु, विदेशी मूलका शिक्षकहरुले कार्यक्रम सफल बनाउनलागि विशेष भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमको संचालन विधार्थीहरुद्घारा गरिएको थियो । कार्यक्रममा उपस्थित नेपालीहरुलाई नन्दलाल थकरले धन्यवाद सहित कार्यक्रमको अन्त्यौलि गरेका थियो । भानुुजयन्ती २००९ कार्यक्रमलाई एचकेनेपाल डटकमले अफिसियल मिडियाको विशेष भूमिका निर्वाह गरेको थियो ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika