श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Sunday, 26 July 2009

अनेसास कतारको दोश्रो साधारण सभा सम्पन्न


भोजराज श्रेष्ठ/दोहा


अन्तराष्ट्रिय साहित्य समाज कतार च्याप्टरको दोश्रो साधारण सभा जुलाई २४ तारिख सुक्रवारका दिन दोहाको टपफर्म रेष्टुरेन्टमा संस्थाका अध्यक्ष दिपक भेटवालको अध्यक्षता नेपाल दुतावासका रामकाजी खड्काको प्रमुख आतिथ्य तथा संस्थाका संस्थापक सल्लाहकार शिखर वैद्यको विशेष आतिथ्यमा सम्पन्न भयो ।
प्रमुख अतिथि साथै संस्थापक सल्लाहकारले व्यानर उद्घाटन गर्दै कार्यक्रमको शुरुवात गर्नुभयो भने आदिकवी भानुभक्त आचार्य महाकवी लक्ष्मी प्रसाद देवकोटा र भूपि सेरेचनको तस्विरमा माल्यापर्ण पनि गरिएको थियो । नवराज श्रेष्ठले स्वागत मन्तव्य दिदैं कार्यक्रममा दुर्गा भुषालका "निर्धा मलामी" मुक्तक संग्रह साथै एनवि अजानद्धारा लिखित गजल संग्रह "आहुती"को विमोचन गरिएको थियो भने सो मुक्तक संग्रह अनेसासले छनौट गरेको यो वर्षको उत्कृष्ठ संग्रह हो । भने आहुतीको समिक्षा गर्नुहुदै वासुदेव अन्जानले यो आहुति देशको लागि हो या त मायालुको लागि आहुती हो त्यो खुल्न नसकेको जनाउनु भयो भने ईखालु रमेशले कार्यक्रम साचालन गर्नु भएको थियो । त्यस्तै क्रममा गैरआवासीय नेपाली संघ कतार प्रतिनिधि टिवी कार्की, एनआरएनए कतार च्याप्टरका नरेन्द्र भाट, कान्तिपुर प्रवास साप्ताहिकका अरव व्युरो श्यामसुन्दर शशी साथै दिनेश रेग्मी, राजधानी अन्तराष्ट्रिय साप्ताहिकका उपसम्पादक दिपक पौडेल, आदिवासी जनजाति महासंघका अमृत गुरुङ, नेपाल पत्रकार महासंघ कतार समन्वय साखाका अध्यक्ष कुमार कार्की, गैर आवासीय नेपाली संघ कतारका सल्लाहकार कमलमणी गुरागाँई, नवोदित साहित्यिक वाचनालय दोहाका भोजराज श्रेष्ठ, मोरङ सुनसरी सेवा समाजका सरोज वास्तोला, मुग्लानी सौगातका प्रधान सम्पादक सेलिङ केसी, सन्ध्या गु्रपका अध्यक्ष विरेन्द्र कुमार याक्थुम्वा, प्रवासी नेपाली सम्पर्क मचका सचिव रामहरी गैरे लगायतका संस्थाहरुले प्रतिनिधित्व गरेका थिए । उक्त क्रममा गैर आवासीय नेपाली संघ कतारका सल्लाहकार कमलमणी गुरागाँईले भन्नुभयो यहाँ मैले ४ वर्ष देखि कविता गजल मुक्तक र अन्य विधाका रचनाहरु सुन्दै आएको छु तर हाम्रा कवीहरुले लेख्ने एकातिर र काम गर्ने अर्कोतिर भएको हुनाले रचनाका हिसावले मात्र हैन व्यावाहारिक पक्षमाथि ध्यान दिनु पर्ने साथै हामी सवै ऐक्यवद्धता हुनुपर्नेमा जोड दिनु भएको थियो भने त्यस्तै गरी प्रमुख अतिथि रामकाजी खड्काले हामीमा भएको कला साहित्यको जर्गेना गर्ने काममा अनेसासले प्रमुख भूमिका खेल्दै आएको र सो वोल्ने क्रममा गजल र कविता भन्दै कार्यक्रमलाई साहित्यमय बनाउनु भएको थियो भने सो गजलको विधागत रुप भयो कि भएन छुट्याउने जिम्मा श्रोतालाई छोड्नु भएको थियो ।
त्यस्तै क्रममा जनजाति महासंघका अमृत गुरुङले कला साहित्यलाई जोड दिदै प्रवासमा पनि यतिका मेहनत गरेकोमा धन्यावद दिदै नवोदितले पनि विश्वमा नै नया आयम ल्याएर मोवाईल पुस्तकालयको धारणा ल्याएको सुन्न पाएकोमा खुसी व्यक्त गर्नुहुदै एनआरएनएको विश्व सम्मेलनमा गएको वेलामा केही पुस्तकहरु दिने वाचा गर्नु भएको थियो । भने हरेक कार्यक्रममा राजनीतिकरण नगरियोस किनकी यो संस्था भनेको विसुद्ध साहित्यिक संस्था हो र यसको अनुरुप पनि यस्तै हुनुपर्छ भन्दै टिवी कार्कीले जनाउनु हुदै अव बन्ने कार्यसमितिलाई शुभकामना दिनुभएको थियो । त्यस्तै गरी नवोदित साहित्यिक वाचनालय दोहाका अध्यक्ष भोजराज श्रेष्ठ साहित्य भाषा तथा कलाको विकाशमा अनेसासले ठूलो भूमिका निर्वाह गरेको र दुवै साहित्कि संस्था भएकोले जहिल्यै पनि सहकार्य गरेर जानुपर्नेमा जोड दिदै गजलवाचन गर्नुभएको थियो । कार्यक्रमलाई साहित्यमय बनाउदै मणिराम पौडेल, प्रकाश वाजरा, तिर्थ संगम राई, जगतराम वर्देवा, वदि्रप्रसाद पराजुली, विक्रम चेतनशील राई, किशमाकिसोर, शिव प्रतिक शर्मा, प्रविण राई, महेन्द्र अदृष्य लगायतका साहित्यकारहरुले कविता गजल वाचन गरेर कार्यक्रमलाई रौनकता प्रदान गरेका थिए सो कार्यक्रममा निर्वाचन मण्डलीमा कमलमणी गुरागाँई, कुमार कार्की र महेन्द्र अदृष्य रहेका थिए भने वन्द्र सत्र कार्यक्रम पछि चुनावी चहलपहल भएपनि सहमतीका आधारमा अध्यक्षमा पुन दिपक भेटवाल उपाध्यक्ष प्रथममा नवराज श्रेष्ठ द्धितिय वासुदेव अन्जान, सचिव ईखालु रमेश गेलाल, सहसचिव सेलिङ केसी, कोषाध्यषमा हरी कुमार वस्नेत, भने सदस्यहरुमा मणीराम पौडेल, दुर्गा भुषाल, एनवि अन्जान, थिरराज खनाल, स्वयम्वर िसंह लामा भएका छन् । भने संस्थापक सल्लाहकार शिखर वैद्यले यो दुई वर्षे कार्यकालको लागि सपथ ख्वाउदै हिजोको दिनमा यसले एनआरएनए भन्दा पनि योग्य काम गरेको र भालीका दिनमा पनि गर्ने नया कार्यसमितिलाई वधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika