श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Wednesday, 1 July 2009

भोटेताल्चाबाट सुरु हुने रुसी प्रेम











दिनेश बस्नेत
हाम्रा लागि मस्कोमा देखिएको खस्रुका बुटा झैँ भोटेताल्चाका जुत्ता र अलि अश्लील मानिन सक्ने दृष्य रमिताका लागि पर्याप्त थियो। उनीहरु शान्तिका प्रतिक एक जोडी सेतो परेवा उडाउन खोज्दै थिए। सैतै परिहन, सेतै परेवा, रमितेहरुको भीड। क्यामेराको क्लिक क्लिक। नेभा तटमा वातावरण रमाइलो थियो। मैले पनि केही क्लिक मात्र के गरेको थिएँ, दुलहीले समातेको परेवाले बिस्ट्याएछ। दुलही परेवा छाडौँला झैँ हाँस्न थालिन्। हाँसो सबैतिर छायो। परेवा भने उडाएरै छाडे। परेवा के उडेको थियो प्रेम प्रकट भयो। आपसमा अंकमाल र दोहोरो चुम्बनको त्यो दृष्य सायद मस्कोमा बन्द गरेको ताला खोल्ने अवसर थियो। झण्डै पाँच मिनेटपछि उनीहरु अलग भए।


http://www.youtube.com/watch?v=gLdV0oQ1wb0यही जुन ३ देखि १५ सम्म कुनै बेला लेनिनले क्रान्ति सम्पन्न गरेको मुलुक रुस घुम्ने अवसर मिल्यो। निम्तालु बनेर नेपालबाट साहित्यकार डा. गोविन्दराज भट्टराई, डा. ध्रुवचन्द्र गौतम, फोटो पत्रकार किरण चित्रकार र यो पंक्तिकार ४ जुन बिहान ८ बजेतिर मस्को पुगेको थियो।
नेपालबाट जाने चारै जनाका लागि रुस पहिलो गन्तव्य थियो। त्यसमा पनि मेरा लागि त भारत र चीनको खासालाई विदेश नमान्ने हो भने यो नै पहिलो।चार घण्टाको रात४ जुनकै मध्य दिनतिर हामी बिना कुनै योजना सडकमा निस्क्यौ। हाम्रो योजनामा घुम्नु थियो रात होस् या दिन। पहिलो कुरा त राति १२ बज्दा मस्कोमा झलमल घाम। जम्मा चार घण्टा जतिको रात। नेपालबाट हिँडेको टोली मस्को आएको थाहा पाउने बित्तिकै शम्भु रिजाल दाइले गाडी पठाइसक्नु भएकाले डा. भट्टराई, डा. गौतम, चित्रकार, मधु दाइ, बस्याल जी र म रुसी चालक बोरिसका साथ मस्को अवलोकनका लागि नागाचिन्स्कायबाट बाहिरियौँ। मस्को नदी, नहर हुदै कतै हिडेर त कतै बोरिसका साथ गुडेर हामी राष्ट्रपति निवास रहेको क्रेमलिन क्षेत्रतर्फ लाग्यौँ।
हामी साहित्यिक यात्रामा छौँ भन्ने थाहा पाएका बोरिसले एउटा साहित्यकारको सालिक भएको पार्कतर्फ इशारा गर्दै गाडी रोके। त्यस क्षेत्रमा सालिक, इन्द्रेणी परेका पानीको फोहोरा, पानी जहाज चल्ने नहर, सुन्दर फूलबारी हामी फोटो खिचाउँदै हिडिरहेका थियौ।
बुढासुब्बा त यता नि रैछ
यतिकैमा हामी सबैको ध्यान नहरमाथिको पुलमा देखिएको लेकतिरको खस्रुको पोथ्राजस्ता बुटातिर परे। हामी सबै त्यही पोथ्रातिर लाग्यो। चैतको खस्रुजस्तो देखिने पोथ्रा ननिक पुगेपछि हामी झनै अचम्ममा पर्यौ। किनभने त्यो पोथ्राहरु फलामका थिए। र पातजस्ता देखिनै सबै भोटेताल्चाहरु झुण्ड्याइएका थिए। हामीले कुनै बिलम्ब नगरीकन त्यो पोथ्रासंगै आफूलाई क्यामेरामा कैद गर्यौ। त्यसो त हामीभित्रको जिज्ञासाको भाइरस शान्त हुन सकिरहेको थिएन। सानादेखि ठुला चाबीहरुमा केही लेखिएको थियो। सबै रुसी भाषामा भएकाले हामीले हेर्नबाहेक केही गर्न सकेका थिएनौ।
लहरै बनाइएका पोथ्राहरुमा युवायुवतीहरु झुम्मिएरहेका थिए। तलतिर देखिने मनोरम इन्द्रेणी फोहोरा र जवान युवायुवतीका युगल जोडीहरु सबैको ध्यान पनि त्यतै थियो। अब हामीभित्रको जिज्ञासु भाइरस झनै तीब्र थियो। त्यसैले सुरुमा चालक बोरिसलाई नै सोधियो, यो के हो- उनले झट्ट उत्तर दिए, प्रेम वृक्ष।
पछि बुझियो, यो भर्खर माया प्रेममा बांधिएका युवायुवतीले आफ्नो बन्धन यसरी नै कायम रहोस भनेर लगाएका रहेछन्। यो आत्मीय प्रेमको भौतिक प्रतिक रहेछ। अनि गोविन्दराज दाइले सम्झनु भयो, हो, हाम्रो धरानस्थित बुढासुब्बामा बांसका रुख कुनै खाली छैनन्। प्रेमीप्रेमिकाको नाम लेखेर त्यहां पनि अमर प्रेमको कामना गर्ने गरिन्छ। त्यही रहेछ यहां पनि।
बुढासुब्बाको बांसको रुख, पाल्पास्थित रानीघाटको दरबार, भारतको ताजमहल, मुनामदन, रोमियो जुलियट, हिर राझा, लैला मज्नु सबै अमर प्रेमका प्रतिक हुन्। मनभित्रको प्रेमलाई बुढासुब्बाका बांसमा लेखियो र मस्कोमा चावी लगाएर बाटामा राखियो। फरक यति हो, मनभित्रको माया त एउटै न हो। माया, प्रेम लभ, भाषामा जसरी व्यक्त गरिए पनि महशुस गर्ने तरिका एउटै रहेछ। त्यसलाई भौतिक रुपमा जसरी प्रतिकात्मक रुप दिए पनि फरक नपर्ने रहेछ। विमानस्थलको हार्दिकतापछि हामी सिधै प्रेमवृक्ष समीप थियौ।
यो नौलो प्रेम प्रतिकका विषयमा रुसी भाषा जान्ने मधु, र बस्यालजीको ब्याख्या र रुसी नागरिक चालक बोरिसको कुराले पनि बरिष्ठ साहित्यकार ध्रुवचन्द गौतमको जिज्ञासा शान्त भएन। बोरिस र मधुको सहायताले एक युगल जोडीलाई प्रश्न गरियो, प्रेमवृक्षमाथिको विश्वासका विषयमा। उनीहरुले सहज उत्तर दिए, यो फलामे चावी र वृक्ष मात्र होइन हाम्रो माया र प्रेमको प्रतिक हो। यहां हाम्रो विश्वास अडेको छ। उनीहरुले आफ्नो प्रेम सफल भएपछि चावी निकालेर लाने बताए।
यो प्रेम टुसाउँदाको कुरा भो। अब फक्रदा के होला - ममा जिज्ञासा यही थियो। नभन्दै हामी ६ जुनका दिन मस्कोबाट झण्डै तीन घण्टाको दुरीमा रहेको विश्वविख्यात साहित्यकार लियो टोल्टोयको जन्मघर यास्नाया पोल्यानातर्फलाग्यो। यात्रामा रुसका लागि नेपाली राजदूत सूर्यकिरण गुरुङ सपरिवार हुनुहुन्थ्यो। केही साना सवारी र एउटा बडेमानको बस यास्नाया पोल्यानातर्फ रवाना भयो। यात्रा एनआरएन-आइसीसी सदस्य जीवा लामिछाने र दामोदर बस्यालका जोक, डा. मधुका कविता, र कृष्णप्रकाश श्रेष्ठको परिचयात्मक विवरणसहित अघि बढिरहेको थियो।
परेवा प्रेमटोल्सटोयको निवास पुग्नै लाग्दा पुलमा केही युवा सेताम्मे कपडामा सजिएकी युवतीलाई बोकेर पुल तारिरहेका थिए। भित्र चोकको हासो रोकिएको थिएन। मलाई भने फोटो खिचिहालौ लाग्यो। जुन सम्भव थिएन। तर त्यस्ता जोनी टोल्सटोयको संग्रहालय रहेको क्षेत्रमा बग्रेल्ती थिए। बुझ्दा थाहा भो त्यो विवाहको क्षेण रहेछ।यसबारे बुझ्न सकिएन। केही तस्वीर भने अवस्य लियौ यास्नाया पोल्याना यात्रा टुंगियो।
यस्तैमा डा. भट्टराई, डा. गौतम, कृष्णप्रकाश दाइ र मसहितको टोली ९ जुनका दिन रसियाको साँस्कृतिक राजधानी सेन्ट पिटर्र्सवर्गतिरको यात्रामा निस्क्यौ। ९ जुन राति ११ बजेतिर डा. मणिराज पोखरेलले हामीलाई रेलमा विदा गर्नुभयो। १० र ११ जुन दुज्ञ दिन हामी भ्याएसम्म सिंगो पिटर्र्सवर्ग आँखामा कैद गर्ने तयारीका साथ गन्तव्य पुग्यौ। जति हेर्‍यो हेरौ लाग्ने पिटर्र्सवर्ग हेर्दै हामी नेभा नदी तटमा ११ जुन अपरान्हतिर पुग्यौ। त्यहाँ भने यास्नाया पोल्यानामा देखिएजस्ता जोडी दर्जन बढी थिए। हामी पनि नेपाली पाराले रमिते बन्यौ। हाम्रा लागि मस्कोमा देखिएको खस्रुका बुटाझै भोटेताल्चाका जुत्ता र अलि अश्लील मानिन सक्ने दृष्य रमिताका लागि पर्याप्त थियो।उनीहरु शान्तिका प्रतिक एक जोडी सेतो परेवा उडाउन खोज्दै थिए। सैतै परिहन, सेतै परेवा रमितेहरुको भिड। क्यामेराको क्लिक क्लिक। नेभा तटमा वातावरण रमाइलो थियो। मैले पनि केही क्लिक मात्र के गरेको थिए। दुलहीले समातेको परेवाले विस्ट्याएछ। तुलही परेवा छाडौलाझै हाँस्न थालिन्। हाँसो सबैतिर छायो। परेवा भने उडाएरै छाडे।
परेवा के उडेको थियो। प्रेम प्रकट भयो। आपसमा अंकमाल र दोहोरो चुम्बनको त्यो दृष्य सायह मस्कोमा बन्द गरेको ताला खोल्ने अवसर थियो। झण्डै पाँच मिनेटपछि उनीहरु अलग भए। यो देख्नासाथ कृष्णप्रकाश दाईले दुलाह र दुलहीसँग वार्तालाप नै सुरु गर्नुभयो। कुराकानीमा उनीहरुले दुलहीको नाम ल्युभा र दुलाहको नाम आन्द्रेइ रहेछ। उनीहरुसँग बसेर केही क्लिक तस्वीर लिन हामीलाई पिटर्र्सवर्ग घुमाउने जिम्मा पाएका पेसाले इन्जिनियर चालक निकोलाईले भ्याए। उनीलाई नेपालबारे त जानकारी थिएन। तैपनि हाम्रो सगरमाथा उनीहरु चोमोलोङ्माका नामले चिन्दा रहेछन्। उनीहरुले इमेल ठेगाना दिए। हामीले सुखद दाम्पत्य जीवनको लागि शुभकामना दियौ। तर, मस्कोमा उनीहरुले चावी झुण्ड्याए झुण्ड्याएनन् र सफल दाम्पत्य जीवन सुरु गर्दा चावी खोल्छन् खोल्दैनन् सोध्नै बिर्से।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika