श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्

अर्जुन दाहाल२२ जुलाई २००९
दुबईयूएइमा रहेका साहित्यीक संस्थाहरु एक हुनु पर्ने जोड दिदै १९६औं भानु जयन्ती मनाइयो यहि १७ जुलाई २००९ का दिन बरदुबईको एभरेष्ट इन्टरनेशनल होटलमा अन्तराष्ट्रिय साहित्यिक समाज यूएइ च्याप्टरले १९६ औं भानु जयन्ती मनाएको छ ।यूएइमा नेपाली साहित्यको विकास गर्ने हेतुले यूएइमा रहेका नेपाली कविहरुविच भाइचाराको सम्बन्धलाई प्रगाढ पार्दै विभिन्न व्यक्तिहरुले कविता गजल गीत आदि वाचन गरेका थिए । कार्यक्रममा यूएइमा अस्तित्वमा रहेका विभिन्न संघसस्थाका प्रतिनिधि पत्रकार वुद्धिजीवि व्यवसायीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि यूएइकालागि नेपाली दूतावासका प्रथम सचिव लोकबहादुर पौडेल क्षेत्रीले साहित्यकालागि कुनै योग्यता तथा पेशा संग संलग्न नभएको र यो सवै तह तप्का र वर्गका व्यक्तिको साझा फुलवारी रहेको बताउदै शिक्षण पेशामा कार्यरत व्यक्ति महाकवि भएको उदाहरण दिनुभएको थियो ।
कार्यक्रमका अतिथी एवं नेपाल पत्रकार महासंघ सम्पर्क शाखा यूएइका अध्यक्ष जाकिर हुसैनले यूएइमा रहेका विभिन्न ४ साहित्यिक सस्थाहरु एक ढिक्का भइ विश्वलाई एउटा नमूना प्रस्तुत गर्न गरिएको आग्रहलाई स्विकार्दै सभापति पोख्रेलले यसको लागि विभिन्न पक्ष संग छलफल गर्ने र अनेसासमा समावेश हुन आग्रह गर्दै उपस्थित साहित्य प्रेमीहरुलाई शुभकामना तथा धन्यवाद दिनु भएको थियो ।
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment