श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Thursday, 2 July 2009

क्यानाडाको एन आर एन सम्मेलन पछी आनी ए एन ए २००९ मा


क्यानाडा / क्यालगरी / एन आर एन क्यानाडा को रास्ट्रीय सम्मेलन तथा बार्षिक साधारण सभा भव्यता का साथ संपन्न भयो I एन आर एन का केन्द्रीय अध्यक्ष उपेन्द्र महतो को प्रमुख आतिथ्य मा संपन्न सो कार्यक्रम चर्चित गाइका आनी छोइंग डोल्मा को गायत्री मन्त्रोच्चारण बाट सुरु भएको थियो I डा. ईशा शर्मा द्वारा संचालित पहिलो चरण को कार्यक्रम मा डा.बिनोद के.सी. ले सभापतित्व आसन ग्रहण गर्दै कार्यक्रम को बारेमा जानकारी दिनुभएको थियो I नेपाली र क्यानेडियन रास्ट्रीय गीत पश्चात अतिथि तथा उपस्थित सम्पूर्ण महानुभाब लाई स्वागत गर्दै एन आर एन क्यानाडा का अध्यक्ष नबराज गुरुङ ले सानो तर तीब्र गति मा बृद्दि हुदैं गरेको नेपाली समुदाय मा देखा परेका समस्या लाई एन आर एन क्यानाडा ले छाता संगठन को भूमिका निर्बाह गरेको बताउनु भयो I कार्यक्रम मा सभापति डा.बिनोद के.सी.ले सम्माननीय प्रधानमन्त्री स्टीफन हार्पर को शुभकामना पत्र पढेर सुनाउनु भएको थियो I
शुभकामना मन्तब्य दिने हरु मा एन आर एन का केन्द्रीय अध्यक्ष उपेन्द्र महतो, एम पी देविंदर शोरे ,एम एल ए मोए अमेरी , यु एस ए का कार्यबाहक राजदूत काली प्रसाद पोखरेल, हल हमिल्तोन,सगरमाथा आरोहन गर्ने पहिलो क्यानेडियन लौरी स्क्रेस्लेट, अन्द्रेव ब्राश, रे जोन्स लगायत का बक्ता हुनुहुन्थ्यो I एन आर एन क्यानाडा का उपाध्यक्ष चित्र प्रधान ले सबैलाई धन्यवाद दिनु भएको थियो भने डा बिनोद के.सी ले .पहिलो चरण कार्यक्रम समाप्त भएको जानकारी दिनु भयो I जलपान पश्चात शुरु भएको दोस्रो चरण को कार्यक्रम को सभापतित्व एन आर एन क्यानाडा का सल्लाहकार डा.द्रोण रसाली ले गर्नु भएको थियो I योजना अबधारणा मा आधारित यो चरण को कार्यक्रम मा बोल्ने हरु मा बिष्णु सुब्बा ,डा. राजु तुलाधर ,मिचेल तिनेके के.सी.का तर्फ़ बाट प्रेम शर्मा ,चित्र प्रधान ,मदन के.सी. ,केदार भक्त श्रेष्ठ ,डा. प्रमोद ढकाल ,राधा बस्नेत तथा डा. द्रोण रसाली हुनुहुन्थ्यो I
स्मरन रहोस् क्यानाडाको सम्मेलन सकेर जर्मनीका हनररी कन्सुलर राम थापा र गयिका आनी अहिल ए एन ए २००९ को सम्मेलन्मा भागलिन आउनु भएको छ, साथै आनीको सुमधुर स्वर्हरु एन ए २००९ मा पनि सुन्न पाइनेछ ।

लन्च पश्चात शुरु भएको तेस्रो चरण को कार्यक्रम को सभापतित्व डा. बेतमान सिंह भण्डारीले गर्नु भएको थियो I प्यानल छलफल तथा खुल्ला फोरम को यो चरण को कार्यक्रम मा बाह्र जना प्यानेल्लिस्ट हरु ले विभिन्न बिसयमा बोल्नु भएको थियो I बोल्ने हरु मा रामप्रताप थापा डा. अम्बिका अधिकारी ,डा.श्याम कार्की , रतन झा , गोपी कृष्ण काफ्ले,डा. उपेन्द्र महतो , ,नरेश कोइराला ,प्रमोद ढकाल ,मुक्ति गौतम ,सिर्जना पन्त ,डा.राजु तुलाधर र बिल पोरोच्नुक हुनुहुन्थ्यो I मुख्य बक्ता का रूप मा एन आर एन का केन्द्रीय अध्यक्ष उपेन्द्र महतो ले एन आर एन स्थापना गर्नका कारण हरु स्पस्ट पार्नु भएको थियो I जबसम्म देश सम्बृदी हुदैन तब सम्म व्यक्तिगत सफलता को कुनै महत्व हुदैन भन्दै सीमित स्रोत र साधन बाट असिमित आबस्यकता हरू पुरागर्नु परेको छ भन्नुभयो I एन आर एन को स्थापना नै मुख्य रूप मा तीन कुरालाई ध्यान मा राखेर गरिएको हो भन्दै ति तीन कुरामा क्रमश :बिस्वभरी छरिएर रहेका नेपाली हरु को चिनाजानी र आपसी समझादारी बडाउने :बिस्वभरी छरिएर रहेका नेपाली सस्था हरू को छाता संगठन को भूमिका निर्बाह गर्ने तथा बिदेश मा आर्जन गरेका ज्ञान सिप र धन लाई देश विकास मा लगाउने I मेहनत र ईमान्दारिता देखाए भाग्यले पनि साथ दिने छ भन्दै डा.महतो ले बुझ पचाएर बिरोध गर्ने मानिस संग सतर्क हुनु पर्ने कुरा बताउनु भयो I
एन आर एन का केद्रीय उपाध्यक्ष राम प्रताप थापा ले पारस्परिक सहयोग बाट सबै लाई फाइदा हुने हुदा देश बाहिर बस्ने २५ लाख नेपाली लाई फाईदा पुग्ने काम गर्नु पर्ने कुरामा ध्यान दिनु पर्छ भन्नु भयो I यसैगरी छेत्रीय को-अर्डिनेटर नरेश कोइराला ले सामाजिक अर्थ व्यवस्था मा जोड दिनुपर्छ भन्नुभयो I डा . श्याम कार्की ले आबस्यक कुरा मा बढी जोड दिनु पर्छ भन्नु भयो भने रतन झा ले सम्पूर्ण ने[पाली लाई एकीकृत गरि ठोस लगानी गर्नु पर्ने मा जोड दिनु भयो I तेस्तै बिल पोरोच्नुक ले नेपालीहरु ले समयको महत्व बुझन नसके को मा व्यंग्य गर्दै समय संग खेलबाड नगर्न सुझाब दिनु भयो I गोपी कृष्ण काफ्ले ले क्यानडा मा नेपाली भाषा मा देखिएको समस्या र समाधान बिषय मा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो I कार्यक्रम को चौथो चरण मा एन आर एन क्यानडा का अध्यक्ष नबराज गुरुङ को सभापतित्व मा संपन्न भयो I
एन आर एन क्यानडा का सचिब गोपी कृष्ण काफ्ले द्वारा संचालित उक्त कार्यक्रम मा महासचिब सिर्जना पन्त ले एन आर एन क्यानाडा को रिपोर्ट प्रस्तुत गर्नु भएको थियो भने सदस्यता समबन्धी रिपोर्ट को -अर्डिनेटर दुर्गा अधिकारी ले प्रस्तुत गर्नु भएको थियो Iकोषाधयक्ष भरत पौडेल पारिवारिक कारण बाट उपस्थित हुन् नसक्नु भएकोले आर्थिक प्रतिबेदन सचिब गोपी कृष्ण काफ्ले ले प्रस्तुत गर्नु भएको थियोI तेसै गरि चित्र प्रधान ले बिधान ,प्रमोद ढकाल ले एन आर एन ए डेलिगेशन र प्रतिनिधित्व बारे , बिष्णु सुब्बा ले आयोजक कमिटी को रिपोर्ट तथा नबराज गुरुङ ,सिर्जना पन्त ले विभिन्न प्रस्ताब हरु प्रस्तुत गर्नु भएको थियो I साधारण सभा ले प्रस्तुत प्रस्ताब लाई अनुमोदन गरेको थियो I कार्यक्रम मा सोधिएका प्रस्न हरु को जबाफ डा. उपेन्द्र महतो तथा नबराज गुरुङ ले दिनु भएको थियो I
डिनर पश्चात प्रसिद्द गाइका आनी छोयिंग डोल्मा ले एक घण्टा भन्दा बढी आफ्ना गीत गाउनु भएको थियो भने उहालाई एन सी एस सी तथा सी एन सी ए का कलाकार ले साथ दिनु भएको थियोI एन सी एस सी तथा सी एन सी ए को संयुक्त आयोजना मा सम्पन्न उक्त कार्यक्रम निकै सफल भएको थियो Iकार्यक्रम लाई सफल बनाउन अहोरात्र खट्ने डा.बिनोद के .सी. डा. बेतमान सिंह भण्डारी डा .राजु तुलाधर डा. देश सुब्बा , बिस्नु सुब्बा, प्रसन्न मान श्रेष्ठ ,रबिन थान्जु निशा धौबडेल रश्मी धौबडेल रत्न तुलाधर, अन्जु थान्जु,हिक्मत भण्डारी लगायत दुवै सस्था का सम्पूर्ण सहयोगी हरु धन्यवाद का पत्र भएका छन् I

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika