काठमाडौं, साउन २ 'यहाँका मान्छेहरु धुर्त रहेछन् काम दिने बाहानामा उल्टै पैसा असुल्न खोजे'- २० वर्षीया श्रृष्टि श्रेष्ठ गुनासो पोख्छिन्। 'मोडल बन्न आफै पैसा तिर्नु ? उता यस्तो कहिल्यै भएन'- बेलायतमा मोडलिङ गर्ने श्रृष्टिले भनिन्। आफन्तको विहेमा नेपाल आएकी उनलाई यता सजिलै काम पाइएला भन्ने लागेको थियो, जुन अनुमान गलत साबित भयो ।
'आफैंले पैसा तिरेर मोडलिङ गर्ने रहर छैन। मेरो उद्देश्य त पैसा कमाउनु हो'- उनले सुनाइन्। खासमा उनीसँग यसको कारण पनि छ। अनाथ बालबालिकाका लागि पैसा जुटाउनु।
मोडलिङबाट छिटो र धेरै पैसा कमाउन सकिन्छ भन्ने उनलाई लाग्छ। यसैले तीन साता लामो नेपाल बसाइमा उनी अनाथ बालबालिकाका लागि पैसा जुटाउने तयारीमा छिन्। ६ वर्ष अघि परिवारका साथ बेलायतको कर्नवेल पुगेकी सृष्टिको कथा बेलायतकै चर्चित मोडल केट मसको झैं लाग्छ।
केही समयअघि दक्षिण अफ्रिकाका ल्युकेमिया पिडितको सहयोगार्थ 'स्ट्रिट इन दि ग्याप' फेसन शो मा उनले क्याटवाक गरेकी थिइन्। लन्डनको किङ्स कलेजमा नर्सिङ पढिरहेकी सृष्टि पढाइ सकेर गरिब देशका जनताको सेवा गर्ने चाहन्छिन्। नेपाल फर्केर स्वास्थ्यसम्बन्धी जनचेतना बढाउने काम गर्ने उनको योजना छ।
भेटमा उनी साधारण कुर्तासलवारमा झुल्किइन्। पाँच फिट नौ इन्च अग्ली यी सुन्दरी म्युजिक भिडियोबाट मोडलिङमा उदाएकी हुन्। कुरा अघिल्लो सालको हो। सृष्टी आफ्नै बुबाको रेष्टुँरामा ग्राहकलाई खाना सर्भ गर्दै थिइन् । अर्डर लिन नपाउँदै एक ग्राहकले सोधे 'तिमी मोडलिङ गर्न इच्छुक छौ ?' यो प्रस्ताव बेलायती फेसन फोटोग्राफर बिज्रोन थम्सनको थियो जसले सृष्टिको भाग्य फेरियो। 'ब्राइड इन कर्नवेल'जस्ता म्यागजिन र र् याम्पमा छाउन थालेकी उनी फुर्सदको समयमा मात्र फोटोसुट र फेसन शो गर्छिन्।

0 comments:
Post a Comment