श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्


कमल भट्टराईजुन २९, २००९ ,
चेन्टिलि,अमेरिका सधैंभरिको कार्य ब्यस्तताले थकित डिसीबासी नेपालीले आज फुर्सद निकाली फुटबल खेलको आनन्द लिए। स्थानिय समाजसेवी लक्ष्मी गौडेल ,रामचन्द्र भट्टराई तथा कमल भुसाल लगायतका ब्यक्तिहरुको सकृयातामा सो खेलको आयोजना गरिएको थियो। चेन्टिलिस्थित ब्रुकफिल्ड इलिमेन्ट्री स्कूलको फुटबल ग्राउन्डमा married vs unmarried टिम बिच भएको सो खेल हेरी बाल-बच्चा लगायतका दर्सकहरुले भरिपूर्ण आनन्द लिएका थिए। म्याच रेफ्री दिपक गिरिले फुटबल खेलका सम्पूर्ण रुल र रेगुलेसन उक्त खेलमा लागु गराएका थिए। हाफ टाइम सम्म ४-० पछी परेको married टिमका क्याप्टेन गोपी हमालले पछी खेलमा फर्किने अपेक्षा राखेका थिए तर यूवा बडी स्टामिना भएका unmarried टिमलाई क्याप्टेन अच्युत अधिकारिले कुनै कमी आउनै दिएनन र छ गोल पछी थपे। खेल सिद्धिएपछी मैले यस्तो फुटबल प्रतियोगिता राख्नुको कारणबारे लक्ष्मी गौडेललाई प्रश्न राख्दा उहाले यस्ता खेलले एकातर्फ हामी नेपालीहरुबिच आपसी भाईचारा बड्ने अर्कोतर्फ हाम्रै जीउ स्वथ्य र तन्द्रुस्त पनि हुने भन्दै आगामी दिनहरुमा यस्ता प्रतियोगितालाई अझ शसक्त तरिकाले प्रस्तुत गरिने जानकारी दिनुभयो। सो अबसरमा उपस्थित सम्पूर्ण खेलाडी तथा दर्शकलाई जलपान तथा कुकिको ब्यबस्ता गरिएको थियो।
bhattaraikamal1973@gmail.com
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment