भुपेन्द्र महत, कोलोराडो - तमु धि समाज कोलोराडोद्वारा आयोजित आठौ ल्होछार कार्यक्रम 01/01/10 का दिन भब्यताका साथ सु-सम्पन्न भएको छ । गुरुङ समुदाय भित्र मनाइने यो नयाँ बर्षको पर्ब सबै कोलोराडोका नेपालीहरुले हर्ष उल्लासका साथ मनाउदै आएका छन । धर्म, सँस्क्रिती ,भाषा ,भेषका लागि हामी नेपाली धनी छौ भन्ने कुराको पहिचान दिने यस्ता बिसुद्ध कला र संस्कृतिको झलक बोकेको यसकार्यक्रमले बिदेशिहरुको पनि ध्यान खिच्न सफल भएको थियो।पूजा आरधना बाट सुरु भएको तोल्हो ल्होछार (बाघ बर्ग )मनाउन कोलोराडोका तमु तथा गैर तमुको बिशाल उपस्थिती थियो। उदघोषक द्वय भजन तमु र पुनम तमुस्योले ल्होछारमा लगाउने पुरुष र महिलाको भेष भुषाको परिचयको साथै सम्पूर्ण उपस्थित पहुनाको स्वागत गरेका थिए। मुर्बै मासुरा बोलको तमु गीतमा बिजय तमु ,भजन तमु ,रिमा तमुस्यो र सोना श्रेष्ठबाट भएको न्रित्य पछि कहाँ बज्यो मुरली धुन भन्ने गीतमा निरज तमु ,धीरज तमु ,कल्पना तमुस्यो र प्रिया तमुस्यो को अर्को न्रित्य प्रस्सुत भएको थियो ।बिकास ,बजुल ,सुलभ ,प्रिया, बिन्दु र सोनाको आकर्षक न्रित्यलेले रोधिको झल्को दिएको थियो ।
बाल कलाकार आयुश तमाङले गीतार बजाउदै अग्रेजी गीत गएका थिए भने अर्की सानी बहिनी प्रेरणा पछाइले रमाइलो न्रित्य प्रस्तुत गरेकी थिन । तेस्तै धीरज तमु ,शिशिर कार्की अजुल तमाङ र सनीज गौलीको समुहले पप नेपाली गीत तथा निरज तमुले एकल गीतमा आफ्नो स्वोर दिएका थिए।कार्यक्रमलाई बिन्दु ,प्रिया र सोनाको नेपाली रिमिक्स फ्युजन तथा बिन्दु ,प्रिया, भाबिना र सोनाको गुँरास फुल्दा भन्ने न्रित्यले चरम उत्कर्षमा पुर्याएको थियो। अन्तमा तमु धि समाज कोलोराडोका अधक्ष्य अरुण गुरुङले आफ्नो मन्तब्य भाषणबाट कार्यक्रमको बिधिबत समापन भएको घोषणा गर्नु भएको थियो

0 comments:
Post a Comment