Monday, 4 January 2010

वल्लो किरात स्वायत्त प्रदेशको माग

विभिन्न समुदायले विभिन्न प्रदेशहरुको माग गरिरहेका बेला वल्लो किरात स्वायत्त प्रदेशको समेत माग गर्न थालिएको छ ।
पुर्वमा दुधकोसी, दक्षिणमा भोटेकोसी, उत्तरमा हिमालसम्मको पुर्वमा दुधकोसी, दक्षिणमा भोटेकोसी, उत्तरमा हिमालसम्मको भुभागलाई वल्लो किरात स्वायत्त प्रदेश बनाउन माग गर्दै सभासद दालकुमारी सुनुवारको नेत्रित्वमा जाने टोलीले आज सभामुख सुवासचन्द्र नेम्बाङलाई ज्ञापनपत्र बुझाउदै छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा विहान साढे ११ बजे ज्ञापनपत्र बुझाउने सभासद सुनुवारले जानकारी दिनुभयो । वल्लो किरातमा रामेछाप, दोलखा ओखलढुङ्गा, सिन्धुली, उदयपुर लगायतका जिल्लाहरुलाई समावेश गर्न माग गरिएको छ ।

No comments:

Post a Comment