श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Sunday 3 January 2010

कतारमा भब्यताका साथ तमू तो ल्होछार सम्पन्न


बुधबल तमू/दोहा, जनवरी - १,
कतारवासी तमू -गुरुङ) हरुलेे तमूहरुको महान पर्व ल्होछार -नया" बर्ष यस बर्षो तो ल्होछार जनवरी १ तारिखका दिन दोहा सिटी प्लाजा होटलमा "तो ल्होछार मिलन समारोह २०६६" लाई "तान तमू घ्री तले, थेवा च्योंवा आविले, हृोसैं पे छ्या आपिले अर्थात सबै तमूहरु एक हौं, ठूलो सानो नभनौं, आप\mनो शास्त्र संस्कृति नछाडौं" भन्ने मूल नाराका साथ भब्य रुपले मनाए । कतारवासी तमुहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारको आयोजनामा
सो कार्यक्रम सम्पन्न भएको हो ।
समितिका अध्यक्ष जगन तमूको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथी नेपाली राजदुतावासका महामहिम राजदुत डा. र्सर्ूयनाथ मिश्र हुनुहुन्थ्यो । विशेष अतिथीमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष अमृत तमू र गैर आवासिय नेपाली संघ -एनआरएनए), अन्ताराष्ट्रिय समन्वय परिषद -आईसीसी) का उपाध्यक्ष सागर नेपाल हुनुहुन्थ्यो । हेमराज तमू र कल्पना तमूस्योले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा बिलबहादुर तमूको सहयोग रहेको थियो ।
ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनट मौन धारणबाट सुरु गरिएको कार्यक्रममा राष्ट्रिय गीत प्रस्तुत गर्दै मातृभूमि प्रति सम्मान प्रकट गरिएको थियो । उक्त कार्यक्रमका अतिथीहरुमा एनआरएनए-आईसीसीका मध्य पर्ूव संयोजक बद्रिप्रसाद पाण्डे, सदस्यद्वय प्रज्ञान उदास र आशिष शेरचन, एनआरएनए-एनसीसीका अध्यक्ष नरेद्र भाट, महासचिव बिलबहादुर तमू, कोषाध्यक्ष पर्ूण्ाबहादुर के.सी., एनआरएनए-आईसीसीका पर्ूव सदस्य टी.बी. कार्की, उद्योग/व्यवसायी अमृत घले तमू, नेपाल पत्रकार महासंघ कतारका सभापति कुमार कार्की, प्रवासी नेपाली सर्म्पर्क मञ्चका सचिव रामहरी गैरे, नेपाली जनसर्म्पर्क समितिका महामन्त्री बिमल सुवेदी, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष होमनाथ शर्मा, सेप\mटी अवेयरनेस सेन्टरका अध्यक्षर् इ. राधाकृष्ण देव, राजधानी अन्तर्रर्ााट्रय साप्ताहिकका कतार संयोजक दिपक पौडेल, कान्तीपुर प्रवास प्रकाशनका अरव व्यूरो सम्वाददाता दिनेश रेग्मी, किरात याक्थुङ्ग चुम्लुङका का.वा. अध्यक्ष ज्ञानेन्द्र सुब्बा, नेपाल प्रवासी मगर संघका का.वा अध्यक्ष प्रकाश आले मगर, थारु कल्याण कारीणी सभाका कोषाध्यक्ष सियाराम चौधरी, नेपाल प्रवासी दर्राई समाजका सल्लाहकार देवनारायण दर्राई, अर्न्तर्राष्ट्रिय कलाकार संघका अध्यक्ष डि.एन.मगर, बुद्धिजिवी दिलमान सिंह चन्द, आदि हुनुहुन्थ्यो ।
प्रमुख अतिथीले ब्यानर अनावरण गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । साथै विशेष अतिथीद्वारा दिप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथी तथा सहभागिहरुलाई समितिका प्रथम उपाध्यक्ष लक्ष्मी कुमार तमूले स्वागत मन्तब्यद्वारा स्वागत गर्नु भएको थियो भने पश्चिमाञ्चल सर्म्पर्क सदस्य यम तमूले राष्ट्रिय पर्व तमू ल्होछार वारे प्रकाश पार्नु भएको थियो ।
विविध समस्याहरु र बाधा अवरोधका बाबजुद अन्तिम अवस्थामा मात्र कार्यक्रम हलको टुङ्गो लागेको भए तापनि करीब ४०० जना तमु तथा तमूस्योहरुको उक्त कार्यक्रममा उपस्थिती थियो । समितिको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारका कलाकारहरुले आकर्ष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । राजन तमू, अरमान तमू, टौंमाया तमूस्यो, कल्पना तमूस्यो, अरुणा तमूस्यो, भीमप्रसाद तमू, सिर्जना लामा, र्सर्ूय तमू, बिमल तमू, टकप्रसाद तमू, तोकबहादुर तमू, हेमराज तमू, आशबहादुर तमू, दयाराम तमू, बिकास तमू, इन्दो लावर, आ"शु तमू, नरेन खड्का, आदि कलाकारहरुको सांस्कृतिक प्रस्तुतीले उपस्थित सहभागिहरुलाई ना"च्न बाध्य बनाएको थियो । विच विचमा कार्यक्रम संचालिका कल्पना तमूस्योले प्रस्तुत गर्नु भएको मुक्तक, गजल, गाउ" खाने कथाले वाहा वाहाको ताली बटुल्दै कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाएको थियो । कलाकारहरुको प्रस्तुति कुनै पनि व्यवसायीक कलाकारहरुको भन्दा कम छैन भन्ने टिप्पणी दर्शक दिर्घर्ााट आएको थियो ।
सोही अवसरमा समितिका निर्देशक सल्लाहकार बुधबल तमूद्वारा समितिको गत डिसेम्बर १८ मा सम्पन्न छैटौं साधारण सभा तथा चौथो महाधिवेशबाट जगन तमूको अध्यक्षतामा निर्वाचित नया" कार्यसमिति र बिमल तमू र बुद्ध तमूको अध्यक्षतामा समितिको संरक्षकत्वमा स्थापित क्रमशः तमू सांस्कृतिक परिवार र तमू खेलकुद समितिको नया" निर्वाचित कार्य समितिलाई शपथ ग्रहण गर्राईएको थियो ।
कार्यक्रममा तमू समुदायमा पुर्‍याएको योगदानको कदर गर्दे समितिका सदस्यद्वय भेषबहादुर तमू र चेतु तमूलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै तमू चेलीहरु टौमाया तमूस्यो र अरुणा तमूस्योलाई तमू ड्रेस उपहार प्रदान गरिएको थियो । तमू खेलकुद समितिका खेलाडीहरुलाई प्रशंसा पत्रका साथ उपहार प्रदान गरिएको थियो । तमू बौद्ध सेवा समिति, दोहा, कतार अङ्िकत ट्रयाकसुट उपहारको रुपमा खेलाडीहरुलाई प्रदान गरिएको थियो । खेलाडीहरुको उपहारको प्रायोजन उद्योग/यवसायी अमृत घले तमूले गर्नु भएको थियो ।
ल्होछार पर्व तमूहरुको नया" वर्षपनि भएकोले उक्त कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य समेत व्यक्त गर्नु भएको थियो । मन्तव्य व्यक्त गर्ने क्रममा प्रमुख अतिथि महामहिम राजदुत डा.र्सर्ुयनाथ मिश्रले कतारवासी तमूहरुले आप\mनो चार्डपर्वलाई प्रवासमा पनि विगतका वर्षरुदेखि मनाउदै आईरहेको पर्रि्रेक्षमा केहि वर्षेखि नेपाल सरकारले यसलाई राष्ट्रिय पर्वको मान्यता दिएकोले झनै यसको महत्व बढेको विचार व्यक्त गर्नु भयो । कतारमा अलपत्र परेका पिडितहरुको सहयोग गर्दै आएको यस समितिबाट आउने दिनमा पनि निरन्तर सहयोग पाउने अपेक्षा समेत व्यक्त गर्नु भयो । साथै भर्खर बनेको नया" कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा सफलताको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा अतिथीहरुले तमू बौद्ध सेवा समिति कतारको खुलेरै प्रशंसा गरे । समितिले प्रवासमा पनि प्रतिभाहरु पहिचानको लागि एकल नृत्य प्रतियोगिता, खेल प्रेमीहरुको लागि खेलकुद मेला जस्ता उदाहरणीय र विविध सेवामुलक कार्यक्रमहरु सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरे । नेपाली कला र संस्कृतिका धनि तमू समुदाय प्रवासमा रहेर पनि यसको संरक्षण र सर्म्बर्धनमा त्यतिकै दत्त चित्त भएर लागेकोमा वक्ताहरुले प्रशंसा गरेका थिए । यसरी मन्तव्य व्यक्त गर्नु हुने वक्ताहरुमा विशेष अतिथि द्वय अमृत तमू र सागर नेपाल साथै अतिथिहरुमा आशिष शेरचन, टि.बि.कार्की, रामहरि गैरे, बिमल सुवेदी, होमनाथ शर्मा, कुमार कार्की, सियाराम चौधरी, आदि हुनु हुन्थ्यो ।
कार्यक्रमका सभापति तथा समितिका अध्यक्ष जगन तमुले कार्यक्रममा उपस्थित अतिथीहरु, कार्यक्रम तथा समितिलाई सहयोग पुर्‍याउनु हुने समाजसेवीहरु, कलाकारहरु, स्वयंसेवकहरु एवं तमू दाजुभाई तथा दिदी बहिनीहरुलाई धन्यवाद दिनु भएको थियो । विशेषतः कार्यक्रम अवधिभर हामीसंगै रहेर यस पर्व र कार्यक्रमको गरिमालाई अझ उचो बनाई दिनु हुने महामहिम राजदुत डा.र्सर्ुयनाथ मिश्र, गाडिको व्यवस्था गरि दिनु हुने एनआरएनए-एनसीसी कतारका अध्यक्ष नरेन्द्र भाट र खेलाडीहरुको उपहार प्रयोजन गरि दिनु हुने उद्योग/व्यवसायी अमृत घले तमू प्रति कृतज्ञता व्यक्त गर्नु भयो । तो ल्होछारको उपलक्ष्यमा शुभकामना दिनु हुदैं सभापति जगन तमूले कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रमको अन्तमा स्योंकैको पनि व्यवस्था गरिएको थियो ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika