मंसिर २९, २०६६, दमक, झापा,अरुको पार्टीमा लागेर वाक्क दिक्क भएका तथा सामाजिक संस्थागत कार्यमात्र गरेर नहुँने रहेछ भन्ने कुरा बुझेका लिम्बुवानवासी आदिवासी जनजाति महिलाहरु ''सम्पूर्ण लिम्बुवानवासी महिलाहरु स्वायत्तता र नारी मुक्तिका लागि एक होऔं'' भन्ने नाराका साथ लिम्बुवानको दमक झापामा प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलनका लागि जुटेका छन् ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद/संघीय महिला मञ्चअन्तर्गत् संघीय लिम्बुवान महिला परिषदको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन मंसिर २९ गते दमक, झापा लिम्बुवानमा सम्पन्न भयो । संघीय लिम्बुवान महिला परिषदका संयोजक निर्मला लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलन उद्घाटन सत्रको प्रमुख अतिथि मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक' बाट द्वीप प्रज्वलन गरेर च्याबु्रङ नाचसँगै यो सम्मेलनको समुद्घाटन गरिएको थियो ।लिम्बुवानका नौवटै जिल्ला झापा, मोरङ, सुनसरी, इलाम, पान्थर, ताप्लिजोङ, संखुवासभा, धनकुटा र तेह्रथुमका महिला प्रतिनिधि तथा पर्यवेक्षकहरु उपस्थित् रहेको यस सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्ने क्रममा नेपाल तामाङ घेतुङ संघका कल्पना तामाङले यस सम्मेलनले सम्पूर्ण आदिवासी जनजातिको आवाज बोक्ने नेतृत्वको चयन गर्नसकोस् भन्ने शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । विशिष्ट अतिथि थरुहट महिला परिषदका सदस्य चन्द्रकला चौधरी थारुले आदिवासी जनजाति महिलाहरु राजनीतिक लडाइँ लड्ने क्रममा थरुहटकालाई अभर र समस्या परेको बेलमा लिम्बुवान, खम्बुवान र तामाङसालीङले सर सहयोग गर्नुपर्दछ र लिम्बुवानलाई कुनै समस्या परेको बेलामा थरुहटवासीले सहयोग गर्नुपर्ने आवश्यकता औलाउनु भयो । त्यसैगरी, तमाम् आदिवासी जनजाति महिलाहरु एउटै संगठनको छातामुनि रहनुपर्ने कुरा बताउनु भयो । शुभकामना मन्तव्यको क्रममा विशिष्ट अतिथि खम्बुवान स्वायत्त परिषद -खम्बुवान डेमोक्रेडिक फ्रन्ट)को तर्फाट महिला विभाग प्रमुख पूर्णकुमारी खम्बूले आदिवासी जनजाति महिलाहरु पुरुषभन्दा पनि राज्य सत्तासँग लड्नुपर्ने आवश्यकता भएको औलाउनु भयो । आदिवासी महिलाहरु पनि आदिवासी पुरुषसँगै उनीहरुकै हारा हारीमा अघि बढ्नुपर्ने तथा तेत्तीस प्रतिशत होइन पचास प्रतिशत अधिकारका लागि संघर्ष गर्नुपर्ने बताउनु भयो । विशिष्ट अतिथि मञ्चसम्वद्ध तामाङसालीङ स्वायत्त राज्य पषिदका महिला विभाग प्रमुख बुद्धश्री लामाले यो लिम्बुवानको ऐतिहासिक सम्मेलन सिङगो आदिवासी महिलाहरुकै इतिहास र सवालमा ठूलो उपलब्धी हो भन्नु भयो । वहाँको मानवसमाजको विकासक्रमको प्रसङग जोड्दै आदिवासी महिलाहरु अन्यजस्तो शोषण र उत्पीडनमै त परेका होइनौं । तर, पछि हाम्रो समुदायमा पनि अन्य जातिका प्रभाव र दमनले विभेदित हुन पुगेका छौं । संसारमा महिलाहरु अधिकारका लागि संघर्ष गरिरहेको बेला हामी पनि चुप लागे र बस्नु हुन्न । राज्यले हामी हरेक जाति, वर्ग र क्षेत्रका महिलाहरुलाई एउटै बास्केटमा राखेर हेर्ने गरेको हुनाले पनि हामी आदिवासी जनजाति महिलाहरुको हक अधिकारलाई सम्मान र सम्बोधन गर्न सकेको छैन भन्नुभयो । त्यस्तै, विशिष्ट अतिथि संघीय महिला मञ्चका उपाध्यक्ष अमृता थेबेले जातीय तथा भूमि मुक्ति सो महिला संगठनको प्रमुख उद्देश्य भएको बताउँदै नयाँ किसिमको नेतृत्व र आन्दोलनले मात्र सिङहदरबालाई दबाव दिन सक्दछौं भन्नुभयो । लिम्बुवान महिलाहरु अधिकार खोज्ने क्रममा भएकोले त्यसको लागि सबभन्दा पहिले आफ्नो राजनीतिक अधिकारलाई स्थापित गर्नुपर्ने कुरा औलाउनु भयो । एनेकपा माओवादीका सभासद तथा राज्यको पुनर्संरचना राष्ट्रिय आयोगका सदस्य माननीय सीता थेबेले आदिम साम्यवादको युगमा वास्तवमै महिलाहरुनै परिवार र समाजको नेतृत्व गरेको कुरा बताउनु भयो । माननीय थेबेले राज्य पुनर्संरचनाको विषयमा बोल्दै यो केवल उत्पीडित जातिहरुको आँखा छल्ने विषय मात्रै भएको आरोप लगाउनु भयो । वास्तवमा अहिलेको राज्य सत्ताले देशलाई संघीय गणतन्त्रमा रुपान्तरण गर्न नचाहेको कुरा पनि बताउनु भयो । मञ्चसम्वद्ध संघीय लिम्बुवान परिषदका सचिवालय सदस्य मुक्कुम नेम्बाङले महिलाहरुको मुक्तिको सवालमा बोल्दै महिला मुक्तिको सवाल र महिलाहरुको अवस्था बारे संश्लेषण र विश्लेषण गरेर जानुपर्ने आवश्यकता औलाउनु भयो । के साँच्चै महिलाहरुलाई विभेद पार्ने र माथि उठ्न नदिने पुरुष मात्र हुन त ? के महिला मुक्तिको लागि राज्यसत्तामात्र बाधक छ त ? यस बारेमा पनि गम्भीर भएर समीक्षा गरेर अघि बढेर जानुपर्ने कुरा बताउनु भयो । अहिले हामी यसरी राजनीति गरिरहँदा हामी कुन राजनीतिक दर्शन र दृष्टिकोणबाट मुक्तिको बाटो अवलम्बन गर्दै जान्छौं त्यसबारेमा यस सम्मेलनले मार्गदर्शनको पहिचान गरेर जानुपर्ने बताउनु भयो । संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्य विसेन्द्र चेम्जोङले संघीय मञ्च, मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद र महिला परिषदको सम्बन्ध र संरचना बारेमा सहजीकरण गर्नुभयो । मंसिर २६ गते ए नेकपा माओवादीले लिम्बुवानमा कोचिला राज्य घोषणा गरेकोप्रति आपत्ति जनाउँदै यस बारेमा मुकाबिला गरेर अरुणपूर्व नौ जिल्ला लिम्बुवान प्राप्तिका लागि एक भएर आन्दोलनको आँधी बेहरी ल्याउनु पर्ने आवश्यकता औलाउनु भयो । विशिष्ट अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्षमण्डल सदस्य तथा संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाङफेले उक्त महिलाको सम्मेलन पनि आन्दोलनकै रुपमा गर्नलागेको बताउनु भयो । राज्यसत्ताले कहिल्यै पनि हाम्रो आवाजहरु सुनुवाई गर्न खोजेको छैन । यर्सथ, हामी एकतावद्ध भई आन्दोलित हुनुको विकल्प नभएको कुरा राख्नु भयो । वहाँले संघीय लोकतान्त्रिक मञ्चको इतिहास, आन्दोलन र महत्वबारेमा पनि प्रकाश पार्नुभयो । सम्मेलन उद्घाटन समारोहका प्रमुख अतिथि कुमार लिङदेन 'मिराक' ले माओवादीद्वारा गरिएको कोचिला स्वायत्त राज्यको घोषणालाई त्यही दिनमा नै अवैध बनाइएको, केवल पे्रस विज्ञप्तिमार्फत् मात्र नभएर र्सार्वजनिक रुपमै हजारौ जनमासको सहभागितामा त्यसको विरोध र भर्त्सना गरिएको बताउनु भयो । लिम्बुवानमा भोलि लिम्बुवान स्थापना भएपछि सबैभन्दा पहिले घरेलु हिङ्साको अन्त्य हुनुपर्दछ । हामीले महिलाले पुरुषलाई र आदिवासीले गैर आदिवासीलाई गाली गलौच गर्नेभन्दा पनि हामी आफै कसरी मजवुत र एकतृत हुने भन्ने सम्बन्धमा चिन्तित एकतावद्ध भएर लागिपर्नुपर्दछ भन्नु भयो । परिषदका राष्ट्रिय पार्ष सदस्य शान्ता लोहोरुङले सञ्चालन गर्नुभएको यस कार्यक्रमको अन्तमा, सम्मेलन उद्घाटन सत्रका सभाध्यक्ष तथा संघीय लिम्बुवान महिला परिषदका संयोजक निर्मला लिम्बूले लिम्बुवान प्राप्तिपश्चात मात्र हामी महिलाहरुले चाहेको महिला मुक्ति पनि हुने र यसरी लिम्बुवानी महिलाहरुको राष्ट्रिय सम्मेलन धेरै पहिलै गर्नुपर्ने, तर ढिलो भए पनि यो सम्मेलन हुनसकेकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएर सम्मेलन उद्घाटनसत्रको समापन गर्नुभएको थियो ।
श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
ताजा समाचार
ताजा समाचार
Tuesday, 15 December 2009
चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न
तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो ।
नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो ।
नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् ।
कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।
नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब संघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।
मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।
भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै संसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment