हङकङ, डिसेम्बर ६, आइतबारका दिन मङकिहिल स्थित बिबिक्यु स्पोटमा विविध कार्यक्रमकासाथ किरात याक्थुङ चुम्लुङ हङकङले नेपालीहरुको रास्ट्रिय चाँड चासोक तङ्नाम मनाएको छ ।
वर्तमानमा हङकङमा बस्दै आइरहेका नेपाल पल्लो किरातका स्थाई आदिबासी किरात लिम्बुहरुले सृष्टिकर्ता तागेरानिमाफुङ र भूमिको पूजासंगै यले तङबे (सम्वत) ५०६९ को शुभकामना आदानप्रदान गर्दै अत्यन्त सोहार्द तथा भब्यताकासाथ यो सालको चासोक तङ्नाम सम्पन्न गरेको छ ।
आयोजक संस्थाका अध्यक्ष निरप्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न पहिलो चरणको औपचारि कार्यक्रममा महासंघका अध्यक्ष हेम लिम्बुलाई प्रमुख आतिथि, जनजाति महासंघ हङकङका उपाध्यक्ष बिष्णु तामाङ र एनआरएनका एसीया प्यासीफिक कोअर्डिनेटर गणेश इजमलाई विशेष अतिथिका रुपमा आतिथ्य प्रदान गरिएको थियो । किरात राई यायोक्खा हङकङका अध्यक्ष नरहाङ राई लगायत विभिन्न संघसंस्थाका पदाधिकारिहरु अतिथि रहेको उक्त कार्यक्रममा आफ्नो विधि विधान अनुरुप कुलपित्र, देवदेवी तथा भूमिको सामुहिक पूजाआजासंगै अतिथिहरुले आफ्नो शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
संस्थाका सचिव नन्द चंसुको संचालन रहेको पहिलो चरणको कार्यक्रमको समापन लगतै याक्थुङ चुम्लुङका कलाकारहरुबाट च्याब्रुङ नृत्य प्रदर्शन गरिएको थियो । यस्का साथै आमन्त्रित किरात राई यायोक्खा हङकङका कलाकारहरुले आफ्नो साकेला सिली पनि प्रदर्शन गरेका थिए ।
आफ्नो भेषभुषामा सजिसजाउ भएर पालम गाउँदै धान नाचमा रमेका उपस्थित किराति लिम्बुहरु सांझ अबेरसम्म कार्यक्रम स्थलमा जमेका थिए । उक्त कार्यक्रमको अन्तमा आयोजकहरुबाट यो वर्षको उत्कृष्ठ भेषभूषा पहिरणमा महिला तर्फ कल्पना तुम्रोक र पूरुष तर्फ सुरेस इस्पो रहेको घोषणा गरिएको थियो ।

1 comments:
very nice news
Post a Comment