श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
पुर्वि नेपालको हिमाली जिल्लाहरुलाई समेटेर शेर्पा जातीहरुको बाहुल्य रहेको सोलुखुम्बु जिल्लाको सल्लेरी सदरमुकाममा भोलि एकिक्रित ने. क. पा. माओबादीको अध्यक्ष कमरेड प्रचण्डद्वारा शेर्पा स्वायत्त प्रदेशको घोषण गर्ने कार्यक्रमको तैयारी अन्तिम चरण पुगेको आयोजकहरुले बताएका छन्।
उक्त कार्यक्रम लाई सफल पार्न बिभिन्न जिल्लाहरुबाट शेर्पा प्रतिनिधिहरु सोलु सल्लेरी आउने क्रम जारी छ। यसै गरि काठमाण्डौबाट नेपाल शेर्पा संघको अध्यक्ष पेमा छिरि शेर्पा, सभासद श्रीमती आङ् दावा शेर्पा लगायत शेर्पा राष्ट्रियमुक्ति मोर्चाको प्रतिनिधिहरु शेर्पा पत्रकारहरुको एक टोली सोलु सल्लेरी पुगि सकेको छ भने कार्यक्रम स्थलको निरिक्षण समेत भै सकेको छ। (छिरिङ तेन्जिङ शेर्पा)
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment