श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
गणेश बानियाँ, दोहा-कतार नोभेम्वर ३० २००९ -
मुस्लीमहरुको महान् पर्व इद अल आधा बक्र इदको पावन अबसरमा केम्को मैत्री शान्ति क्लवले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगितामा बाग्लुङ्ग सामाजिक सेवाको टिमलाई हराउदै नेपाली जन प्रगतिशील माच कतारका खेलाडीहरु बिजय भएका छन् । तिन दिन सम्म चलेको उक्त प्रतियोगितामा ३० टिमले भाग लिएका थिए भने हजारौ नेपाली तथा बिदेशी दर्शकहरुले खेललाई अबलोकन गरेका थिए । उक्त खेलमा नेपाली जन प्रगतिशील माचका रिम पुन मगर बेस्ट प्लेयर भएका थिए । नेपाली जन प्रगतिशील माचका खेलाडीहरु याम घर्तिमगर पहल मगर रिम पुन मगर बृहस्पति राना डिम्फल मगर प्रेम बहादुर मगर दिपक क्षेत्री खिम गुरुङ्ग आदी कतारमा चर्चित तथा इमान्दार र अनुशासित खेलाडी भएकोले नै बिजय भएको सो टिमका म्यानेजर राजु डुम्रेले बताउनु भयो । आगामी दिनहरुमा अझ टिमलाई व्यबस्थीत बनाउदै लैजाने सो टिमका अर्का म्यानेजर रहिम बक्स मियाँले बताउनु भयो ।
उक्त प्रतियोगितामा बाग्लुङ्ग सामाजिक सेवा द्धितिय तमु बौद्ध सेवा समिति तृतीय भएका थिए भने बिजयी टिमहरुलाई आर्कषक नगद तथा शिल्डहरु प्रदान गरिएको थियो ।
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment