श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Sunday, 15 November 2009

अबुधावीमा घन्के जनताका गीत

गाउँगाउँबाट उठ बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ ……….।



सर्वदा वाङ्मय प्रतिष्ठानको युएईशाखाले लक्ष्मीप्रसाद देवकोटाको एक सयौं जन्म जयन्तीको अवसर पारेर अबुधावीमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा लोकपि्रय जनवादी गायक मञ्जुलको गीतसँगै दर्शकहरु ताली बजाएर नाचे । तिख्खर स्वरका धनी कवि तथा साहित्यकार मञ्जुल आफैंपनि नाचे र भर्खरै युएइमा आएकी श्रम सहचारी पार्वता अर्याललाईपनि नचाए । ठट्यौला, र रमाइला यी कलाकारको स्वरलाई दर्शकले खुब मन पराए, रमाए र ‘वन्स मोर’ का आवाजले हौस्याइरहे ।यता युएइका कलाकारलेपनि आफ्ना अग्रजको अगाडि जमेर नाचे र गीतका भाका हाले …….
देख्दिन म फूलेको पालुवा, जता देख्यो बालुवै बालुवा



तातो हावा चल्छ सरर, हावा सरर


गाउँघरलाई संझेर, पोल्छ छाती रुन्छु धरर………।


प्रवासी व्यथालाई समेटेर गिती एल्बम मार्फत युएइमा नाम कमाएका असीम महतको यो गीतको यो भाकालाई विमलाले जवाफ फर्काइन् ….


तिमी भयौ अरबको भूमिमा, रातो दिन संझेर रुनेम


तातो हावा चल्छ सरर, हावा सरर


जे हुने भैहाल्छ, गाउँघर संझी नरोउ धरर……।


कार्यक्रमका प्रमुख अतिथि युएइका राजदूत अर्जुनबहादुर थापाले कलाकार तथा साहित्यकार मञ्जुललाई युएइमा स्वागत र शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमका अध्यक्ष तथा सो प्रतिष्ठानका उपसभापति लक्ष्मण सापकोटाले उनको व्यक्तित्वको चर्चा गरेका थिए । एनआरएन, युएइका अध्यक्ष चुडामणी ढकालले अन्यायको विरुद्धमा आवाज उठाउने मंजुललाई अब ५५ देशका छरिएर रहेका नेपालीहरुको संदेश वाहक भैदिन आग्रह गरे । त्यसै गरी नेपाली समाज तथा जनजाती महासंघका अध्यक्षद्वय क्रमशः यमप्रसाद तमु र भुवन राईले उनको कृति र व्यक्तित्ववारे चर्चा गरेका थिए ।


सोही कार्यक्रममा भर्खरै एनआरएनको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित हुन सफल भएकोमा रामेश्वर शाहलाई एनआरएन एनसीसी, सर्वदा वाङ्मय प्रतिष्ठान, प्रवासी नेपाली संघ, जनजाती महासंघ लगायतका विभिन्न संघ संस्थाले फूलमाला र अविरले स्वागत गरेका थिए । त्यसै गरी युएइकोलागि नवनियुक्त श्रमसहचारीका पार्वती अर्याल तथा प्रवासी पत्रकार सञ्जायलका संयोजक जाकीर हुसैनलाई पनि फूलमाला तथा अबिरले स्वागत गरिएको थियो । स्वागतगाह्री शाहले सामूहिक लगानीको अवधारणा मार्फत् अनुत्पादक क्षेत्रमा खर्चिदै आएको रकमलाई एकीकृत गर्दै लाने एनआरएको कार्यक्रममा सहयोग गर्न आग्रह गरे । कवि, साहित्यकार तथा गायक मंजुलले प्रवासीले दुख वा सुखले सिकेको सीपले नेपाल बनिन्छ भन्दै सिकेको सीपलाई नेपाली भूमिमा खर्चिन आग्रह गरे ।असीम महत, शिशिर थापा, सूर्य केसी, विमला श्रेष्ठ, पूजा लामा, आशिष राई, मेघ थापा, दिपिका, पूजन, निखिल आदि युएइमा स्थानीय कलाकारका गीत र नृत्यले सिंगारिएको सो कार्यक्रम सो प्रतिष्ठानका उपसभापति अर्जुन सापकोटाको स्वागत तथा संचालनमा कृष्ण देवकोटा तथा सांस्कृतिक पक्ष असीम महत र सूर्य केसीले संहालेका थिए ।कार्यक्रममा प्रतिष्ठानले प्रकाशन गरेको कविता संग्रह ‘कविता सर्वदा’ को राजदूत थापा तथा विशेष अतिथि मञ्जुद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो ।












0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika