काठमाडौं, ११ मंसिर
संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको निर्णयमा बढी चासो लिएको निगमका कार्याकारी अध्यक्ष सुगतरत्न कंसाकारले बताएका छन् । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष कंसाकारले सो कुरा बताएका हुन् ।
निगमले करिब १० अर्ब रुपैयाँमा दुई एयरबस विमान किन्ने निर्णय गरेको छ । लेखा समितिले अन्य संस्थानमा त्योभन्दा बढी पुँजीको कारोबार गर्दा चासो व्यक्त नगरे पनि निगममा बढी चासो देखाएको कंसाकारको भनाइ थियो ।
‘मैले चार वर्ष टेलिकमको कार्यकारी प्रमुख हुँदा सातवटा जहाज किन्ने पैसाको सामान किनेँ, तर लेखा समितिले एकपटक पनि सोधेन । विद्युत् प्राधिकरणले ३५ अर्बको तामाकोसी बनाउन लागेको छ, तर समितिले चासो दिएको छैन,’ उनले भने, ‘निगममा किन यति धेरै चासो दिएको होला ?’
लेखा समितिले जहाज किन्नुअघि नाफा स्पष्ट हुने व्यापार योजना प्रस्तुत गर्न र व्यवस्थापन सुधार्न निर्देशन दिएको छ । निगमले व्यापार योजना प्रस्तुत गरिसकेको छ । निगममा पनि अन्य संस्थान र सरकारी कर्मचारीजस्तै कर्मचारी रहेको उनले स्पष्ट पारे । ‘व्यवस्थापन सुधार नगरी काम गर्न नदिए विद्युत् प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई केही काम गर्न दिनु हुन्न ।’
कार्यक्रममा पर्यटन व्यवसायीले छानबिनका नाममा जहाज किन्ने प्रक्रियामा असर नपार्न आग्रह गरे । भ्रष्टाचार गरेको दोषमा पछि पनि कारबाही गर्न सकिने भएकाले छानबिन प्रक्रिया अघि बढाउँदा जहाज किन्ने समयलाई असर नपार्न उनीहरूको आग्रह थियो ।
नाटा अध्यक्ष वसन्तराज मिश्रले भने, ‘पहिले जहाज किन्न दिनुस् । गडबढी भएको रहेछ भने पछि कारबाही गरे हुन्छ ।’
अर्का पर्यटन व्यवसायी सुगम पाण्डेले लेखा समितिको अनियमिततासम्बन्धमा छानबिन गर्नेभन्दा पनि सम्झौता भंग गराएर अर्का कम्पनीसँग सम्झौता गराउने नियत देखिएको बताए । टानका महासचिव राजेन्द्र बजगाईंले निगमले दुईटा जहाज थप्नसके ट्राभल एजेन्सीले अहिले गर्दै आएको वाषिर्क चार अर्बको कारोबार दोब्बर हुने दाबी गरे ।
टानका पूर्वअध्यक्ष दीपक महतले लेखा समितिले निगमको व्यवस्थापन साँच्चै सुधार गर्न चाहेको भए जहाज किन्ने बेला नभई पहिल्यैदेखि चासो राख्नुपर्ने बताए ।
क्लब हिमालयनका अध्यक्ष योगेन्द्र शाक्यले निगममा कार्यकारी प्रमुख नियुक्त गरेपछि सांसदलेे काममा हस्तक्षेप गर्न नहुने बताए ।
नाटाका सचिव शम्भु पथिकले निगममा जहाज थपिएमा युरोपमा सीधा उडान हुने र भाडा सस्तो भई पर्यटक वृद्धि हुने बताए ।
लेखा समिति अध्यक्ष रामकृष्ण यादवले निगमले कार्ययोजना, परामर्शदाताको सुझाब र व्यवस्थापन विवादबारे स्पष्ट जवाफ नपठाई आप\mनो हैसियतभन्दा बढी पुँजीको काम गर्न लागेकाले छानबिन गरिएको जानकारी दिए ।
निगमले बुधबार र बिहीबार समितिमा जहाज किन्ने निर्णयबारेका कागजात पेस गरिसकेको छ । समिति अध्यक्ष यादवले निगमलाई १० गतेभित्र बुझाउन माग गरेकामा ढिलाइ भएको बताए । समितिले शुक्रबारको बैठकले निगमको निर्णयबारे ठोस निर्णय गर्ने जनाएको छ ।
यसैबीच निगममा कार्यरत नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष राजेन्द्र रेग्मी, नेवानि कर्मचारी संघका महासचिव राजुनाथ नकर्मी, नेवानि कर्मचारी युनियनका अध्यक्ष राजनप्रसाद उप्रेती र नेपाल पाइटल एयरलाइन्स एसोसिएसन (नेवानि) का अध्यक्ष क्या. वाइके भट्टराईले जहाज खरिद-प्रक्रिया अवरुद्ध नपार्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।

0 comments:
Post a Comment