भोजराज भाट, काठमाडौं, कात्तिक २७- माओवादी निकट जनादेश साप्ताहिकले शुक्रबार दिउसो सिंहदरबार परिसर वरिपरि हेलिकप्टर भाडामा उडाउन खोज्दा गृहमन्त्रालयले अन्तिम समयमा रोक लगाएको छ। सिंहदरबार घेराऊ कार्यक्रमको एरियल तस्बिर तथा भिडियो खिच्न जनादेशले फिस्टेल एयरको ५ सिटे हेलिकप्टर बुक गराएको थियो। विहान ८ बजे जनादेश साप्ताहिकले पार्टी उपाध्यक्ष एवम् संयुक्त जनआन्दोलन समितिका संयोजक बाबुराम भट्टराईसँग अनुमति मागी फिस्टेल एयरलाई २० हजार बैना बुझाएको थियो। फिस्टेलले हेलिकप्टर भाडामा दिने तर त्यसका लागि नागरिक उड्यन प्राधिकरणसँग उडान आदेश लिनुपर्ने सर्त राखेको थियो।
हेलिकप्टरको सर्त बमोजिम जनादेशका जनादेशका प्रवन्ध सम्पादक अर्जुन थपलियाले नागरिक उड्यन प्राधिकरणका महानिर्देशक केशव खनाललाई टेलिफोन गरेका थिए। उनी पनि त्यसको अनुमति काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले दिनुपर्ने भन्दै पन्छिए।
त्यसलगत्तै काठमाडौं सीडीओ भोलाप्रसाद सिवाकोटीकहाँ गइ उडान अनुमतिको लागि निवदेनसमेत दिइयो। तर सीडीओले खनालकै भनाइ दोहोर्याउँदै त्यसबारे गृहसचिव गोविन्द कुशुमको निर्देशन दिनुपर्ने राय व्यक्त गरे। हेलिकप्टरकै फलोअपमा जनादेश टीमले गृहसचिव कुशुमलाई समेत टेलिफोन गर्यो।
गृहसचिवले चाहिं त्यसबारे गृहमन्त्रीको आदेश चाहिने भन्दै भीम रावलतिर मुद्दा सोझाएर आफू उम्कन खोजे। त्यसपछि माओवादी उपाध्यक्ष भट्टराईले गृहमन्त्री रावलसँग मोवाइल कुराकानी गरी हेलिकप्टर उडानको अनुमति दिन अनुरोध गरेका थिए। 'उडान अनुमति दिन कुनै गार्हो होइन, तर त्यसले आन्दोलनकर्मी भड्किने हुन् कि भन्ने त्रास मात्र हो', रावलले भट्टराईलाई यस्तो जवाफ फर्काएका थिए।
भट्टराईले सिंहदरबार परिसरमा हेलिकप्टर आउँदा आफ्ना कार्यकर्तालाई कण्ट्रोल गर्ने तर त्यसवेला सुरक्षाकर्मी संयमितका जानकारी गराइदिन रावललाई आग्रह गरेका थिए। भट्टराई-रावलबीच भएको मोवाइल संवादमा आधी घण्टाजति हेलिकप्टर उडाउन दिने सहमति भएको दाबी गर्छन्, जनादेशका कार्यकारी सम्पादक मनऋषि धिताल।दिउसो १२:३० उडान गर्ने मनस्थितिमा जनादेशका कार्यकारी सम्पादक धितालसहित ५ जना सञ्चारकर्मीको टोली विमानस्थल पुगेको थियो। विमानस्थलको गेटमै प्रहरी सहायक निरीक्षक विकास थापाले उनीहरूलाई टिकट नभएको भन्दै १० मिनेट रोकेका थिए। आन्तरिक उडान विमानस्थलमा सञ्चारकर्मीको टोली पुग्दा फिसटेलका सञ्चालकले नागरिक उड्ययन प्राधिकरणले अनुमति नदिएका कारण उडान गर्न नसक्ने जानकारी दिए।
आन्तरिक विमानस्थलमा रहेका थपलियाले प्राधिकरणका महानिर्देशक खनाललाई उनले तुरुन्तै सम्पर्क गर्दा पर्यटन मन्त्री सरदसिंह भण्डारीले सो हेलिकप्टर उड्न रोक लगाएको बताए। जनादेशका धितालले मन्त्री भण्डारीलाई टेलिफोन गरी उडान अनुमति पाउनुपर्ने जिकिर गरेका थिए। 'गृहमन्त्रीले सिंहदरबार परिसरमा उड्ने अनुमति नदिनु भन्नुभएको छ, यसबारे उहाँसँग नै सोध्नूस्', मन्त्री भण्डारीले भने फरक प्रतिक्रिया दिए।
घुमिफिरी टेलिफोन संवाद पुनः गृहमन्त्रीतिर सोझियो। 'पत्रकारले हेलिकप्टरबाट तस्बिर लिनु त राम्रै हो, आन्दोलन विथोलिने हो कि भन्ने मेरो चिन्ता छ।', गृहमन्त्री रावलले धिताललाई भनेछन्, 'तर उडान रोक्न मैले कुनै निर्देशन दिएको छैन।'
करिब एक घण्टा विमानस्थल परिसरमा ढुक्दै जनादेश टीमले अन्तिम अस्त्रका रूपमा पूर्व पर्यटनमन्त्री हिसिला यमिमार्फत् महानिर्देशक खनाललाई भन्न लगाएर सोझै उडान गर्ने प्रयाससमेत गर्यो। तर खनालले अनुमति नदिएपछि सञ्चारकर्मीको एरियल तस्बिर तथा भिडियो लिने सपना तुहिएको थियो। सरकारले अनुमति दिए तीन खेप पत्रकारलाई हेलिकप्टर सवार गराउने उनीहरूको योजना थियो।'द्वन्द्वको समयमा पनि निजी सञ्चारगृहले हेलिकप्टर भाडामा लिएर समाचार संकलन गरेकै हुन् तर शान्तिप्रक्रियाको समयमा हामीले अनुमति माग्दा गृहले रोक लगायो', राज्यप्रति आक्रोष पोख्दै धितालले नागरिकसित भने, 'यस घटनाले राज्य आतंकित भएको पूष्टि गर्छ, प्रेसले सही सूचना आन्दोलनबारे सही सूचना बाहिर नजावोस् भन्ने उसको मनासय हो।'

0 comments:
Post a Comment