रामकुमार श्रेष्ठ
आज समय यसो निकालेर फेसबुक सर्सर्ती यात्रा गरें कपिलबस्तु दिबसको हालखबर बुझ्न । केही साथीहरु खुब भिडेको देखें, मेरा केही बिदेशी मित्रहरु नेपाली मित्रहरुभन्दा बढी लागेको देखेर खुशी र दु:ख एकै साथ लाग्यो । खुशी यस अर्थमा कि केही बिदेशी साथीहरु हाम्रो कार्यक्रममा कसरी सहयोग गर्न सकिन्छ भनेर सोधी सोधी आ-आफ्ना साथीहरुलाई समेत यस कार्यक्रममा सहभागी बनाउन तल्लिन छन अनि दु:ख यस अर्थमा कि कतिपय नेपाली मित्रहरु यस किसिमको कार्यक्रमलाई महत्वहीन ठानी रहेछन । यत्ति गर्दैमा के लछारपाटो लगाउन सकिन्छ र भन्ने मानसिकतामा होलान शायद अथबा फेसबुकको आफ्नो दैनिक दिनचर्या जसरी चलिरहेछ त्यस्मा ब्यबधान किन ल्याउने भन्ने सोंचमा होलान । जे होस समुद्रको अस्तित्वको आधार भनेकै पानीको थोपा थोपा हो भन्ने कुरालाई राम्ररी सबैले बुझिदिए समस्या समस्याको रुपमा रहन सक्तैन थियो ।कपिलबस्तु दिबसको लागि सोचिएभन्दा धेरै कार्यक्रम आयोजना हुँदै छन बिभिन्न देशहरुमा । सिडनीमा अस्ती २७ तारिखका दिन एउटा कार्यक्रम संपन्न पनि भैसक्यो । अन लाइन समग्र कपिलबस्तु दिबस कार्यक्रमको एउटा अंश हो र प्रभाबकारी पनि । ट्विटरमा नेपालीहरुको तुलनात्मक रुपमा धेरै नै न्यून सहभागिता देखिन्छ अर्को सामाजिक सन्जाल फेसबुकको तुलनामा । कतिपय कारणले गर्दा यस्तो कार्यक्रमको लागि फेसबुक नै बढी उपयुक्त देखिन्छ । त्यसैले यस्मा सशक्त सहभागिता गराएर बुद्धका शान्तिका सन्देशहरुको प्रचार प्रसार गर्नु, नेपाललाई विश्व सामू अरु बढी परिचित गराउनु, भारतले नक्कली कपिलबस्तु बनाएर कपिलबस्तु भारतमा पर्छ भन्ने जुन भ्रम सिर्जना गरेको छ सो भ्रमबाट बिस्वलाई मुक्त गर्न प्रयास गर्नु, बिस्व शान्ति अभियानमा हातेमालो गर्नु यस कार्यक्रमका मुलभूत उद्धेस्यहरु हुन ।उद्धेस्यहरु हुन ।
-------------------
-------------------
0 comments:
Post a Comment