कोरियाका लागि नेपालको पूर्व अबैतनिक महावाणिज्यदूतको अध्यक्षतामा कोरिया नेपाल मैत्रीसंघको बिधिवत रुपमा स्थापना भएको छ । मैत्रीसंघको स्थापनाको उद्घाटन समारोहको प्रमुख अतिथि कोरियाका पुर्व प्रधानमन्त्री श्रीमती हान म्यन सुक तथा आमन्त्रित अन्य अतिथिहरुमा बिभिन्न देशका राजदूतहरु कूटनैतिक नियोगका पदाधिकारीहरु सरकारी निकायका उच्चपदस्थ अधिकारीहरु प्रतिष्ठित बुद्धिजीवी उद्यमी व्यवसायीहरु पत्रकार लगायत बिभिन्न क्षेत्रसंग सम्बन्धित लगभग २०० को संख्यामा उपस्थिति रहेको थियो ।
यसैगरी केही संख्यामा कोरियास्थित नेपाली संघ सस्थाका प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो । समारोहमा कोरियाका लागि नेपाली राजदूत कमल प्रसाद कोइरालाले कोरियामा पहिलोपटक स्थापित यस मैत्री संघले दूईपक्ष्य हित लगायत आपसी मित्रता र सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिश्वास राख्दै यसको निम्ति दूतावासको सक्दो सहयोग रहने कुरा वताँउनु भयो ।
प्रमुख अतिथि श्रीमती हान म्यन सुकले नेपाल र कोरिया वीचको सम्बन्ध बिस्तार गर्ने प्रसस्त सम्भावना छन् र यो नवगठित संघले त्यस दिशामा महत्वपूर्ण योगदान पुर्याउने कुरामा विश्वास प्रकट गर्नु भयो । कोरियाका संसदका सदस्यहरु प्रख्यात उद्योगपति तथा पर्वतारोहीहरुले समेत शुभकामना सन्देश व्यक्त गरेका थिए । आफ्नो मन्तव्यको क्रममा नवस्थापित मैत्रीसंघका अध्यक्ष डा। ली इन जोंग ले नेपाल र कोरियाको जनस्तरीय सम्बन्धको अभिवृद्धिमा आफू सधैं कटिबद्द रहने प्रतिवद्धता प्रकट गर्नु भएको थियो । डा। लि इन जोंगको अध्यक्षतामा गठित कोरिया नेपाल मैत्री संघमा कोरियाका प्रतिष्ठित बुद्धिजीवी उद्यमी व्यवसायी लगायत बिभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तिहरु तथा कोरियास्थित केही गैरआवासीय नेपालीहरुको समेत उपस्थिती रहेको थियो ।
विधिवत उद्घाटन संगै कोरियन खाना समाविष्ट रात्री भोजको आयोजना गरिएको उक्त उद्घाटन कार्यक्रमलाई नेपाली राजदुतावासको आह्वानमा नेपाली लोक नृत्यलाई कलाकारहरु पुनमाया महर्जन गीता पौडेल तथा रमेश श्रेष्ठले प्रस्तुत गनृ्र भएको नृत्यले कार्यक्रमलाई थप रोमान्चकारी बनाई यसको पुर्णता प्राप्ति भएको महसुस गराएको थियो । समोारहमा प्रदर्शित नेपाली सांस्कृतिक कार्यक्रमबाट उपस्थित कोरियन एवं अन्य अतिथिहरुले मनोरन्जन लिएका मात्र होइनन कि आफै नृत्याम स्वतसफुर्त रुपमा भागलिइ रहेका थिए । नेपाल र कोरियावीच सन् १९७४ मा दौत्य सम्बन्ध स्थापना भएपछि सरकारी एवं गैरसरकारी स्तरमा बिभिन्न समयमा भएको सम्पर्कहरुले दुई देशवीचको आपसी सम्बन्धको बिकास निरन्तर रुपमा अगाडि वढाउन सहयोग पुर्याइ रहेको छ । बिभिन्न सरकारी आदान प्रदान कार्यक्रममा यस्ता संस्थाको अत्यन्त महत्व हुनुको साथै जनता जनता वीचका सम्बन्ध विस्तारमा यो मैत्री संघ अत्यन्त प्रभावकारी हुने कुरामा विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा उपस्थित ब्यक्तिहरुले सन् २००७ मा स्थापित नेपाली राजदुतावासको चासो र समन्वयात्मक भुमिका सहित यो अवस्थामा पुगेको दुइदेश बीचको जनस्तरको सम्वन्धको सुखद इतिहास वन्दै जाओस सम्वन्ध अमर रहोस दुवै तर्फको उन्नति र प्रगतिका लागि यो प्रयास कोसेढुंगो सावित होस भनी शुभकामना समेत ब्यक्त गरेका थिए ।

0 comments:
Post a Comment