काठमाडौँ, ११ मङ्सिर । नेकपा एमालेको जारी पोलिट्व्युरो बैठक आजबाट फेरि सुरु हुदैछ । पार्टीको आठौ महाधिवेन पछि गत ८ गते पहिलो पटक बसेको बैठकमा अध्यक्ष झलनाथ खनालले सरकार परिवर्तन गर्ने संकेत सहितको राजनैतिक प्रतिवेदन पेश गरेपछि आजबाट त्यसमाथी छलफल सुरु हुदैछ । अध्यक्ष खनालको प्रतिवेदनमाथी असन्तुष्टि जाहेर गर्दै नेता केपी ओलीले छुट्टै प्रस्ताव पेश गरेका छन् ।
खनालको प्रतिवेनमाथी हुने आजको छलफलमा संस्थापन पक्ष र केपी ओली पक्षका नेताहरुबीच कुटाकुट नै सम्भावना बढेको छ । सरकारको दरो समर्थन गर्दै आएको केपीओली पक्षका नेताहरुलाई अध्यक्ष खनालको प्रतिवेदनले सरकार ढाल्ने षड्यन्त्र गरेको भान परेको छ भने खनाल पक्षका नेताहरुले देशलाई दुर्घटनाबाट बचाउन राष्ट्रिय सरकार निर्माणको लागि आफ्नो पार्टीले मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिनेछन् ।
यता केन्द्रमा संस्थापन पक्ष र केपी ओली पक्षबीच देखिएको विवादले नयाँ रुप लिदै गएको छ । काठमाण्डौ जिल्लावाट समानान्तर जिल्ला संगठन वनाउन सुरु गरेको केपी ओली पक्षले पुर्वाञ्चल, मधेश तथा पश्चिमाञ्चलमा समेत जिल्ला संगठनहरु वनाएपछि विवादले चर्को रुप लिदै गएको हो । यसै सन्दर्भमा नेकपा एमाले केपि ओली पक्षले पुस ३ र ४ गते काठमाडौँ जिल्ला अधिवेशन गर्ने भएको छ । ओली पक्षका काठमाण्डौ जिल्ला नेताहरुको हिजो वसेको वैठकले यस्तो निर्णय गरेको रामेश्वर फुयाल द्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति पनि गठन गरेको छ । जसमा प्रतिवेदन उप समितिका संयोजक रामेश्वर फुयाल रहनु भएको छ भने प्रतिनिधि व्यवस्थापन संयोजक निर्मल कुइकेल, आर्थिक व्यवस्थापनमा विदुर मैनाली लगायत रहेका छन् । फुयालको नेतृत्वमा रहेको पुरानो समिति भग गरी सस्थापन पक्षले नया जिल्ला समिति वनाएपछि ओली समुहले अलग सगठन निमार्ण शुरु गरेको हो । काठमाण्डौमा यस अघि दुवै पक्षले अलग अलग चियापानको आयोजना गरेका थिए ।

0 comments:
Post a Comment