भोलि कातिक २८ गते देखि काठमाण्डौमा शुभारम्भ हुन लागेको किरात येले संवत् अन्तर्राष्ट्रिय विचार गोष्ठीको लागि देशविदेशबाट पाहुना आउनेक्रम जारी रहेको कुरा आयोजकले बताएका छन् ।
सम्माननीय सभामुख सुवासचन्द्र नेम्बाङज्यूबाट उद्घाटन हुने उक्त कार्यक्रममा विश्वका विभिन्न आधा दर्जन देशमा रहेका किरातहरु प्रतिनिधित्व हुने कार्यक्रमको लागि सिक्किम र दार्जिलिङबाट १६ जना सहभागिहरु काठमाण्डु आइसक्नु भएको छ भने अन्य देशहरुबाट पनि प्रतिनिधिहरु नेपाल पुगिसकेका छन् । बाकी कार्यक्रमकै दिन आइपुग्नु हुनेछ ।
किरात येले संवत् बारे जानकारी
किरातु शब्द नेपालको इतिहासमा एक सभ्यताको नाम हो । इतिहासमा उल्लेख भएअनुसार प्रथम किरात हाङ यलम्बर हुन् । उनै किरात हाङ यलम्बरको स्मृतिमा किरात येले संवत् चल्दै आएको हो । सन् २००९ मा किरात ये।ले। संवत् ५०६९ भनिदै र लेखिदै आएको छ । यो संवत्लाई किरात याक्खा छुम्मा किरात सुनुवार सेवा समाज किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा गरी चार संस्थाहरुले साझा संवत्का रुपमा मान्दै आएका छन् । राज्यको पुनःसंरचना भइरहेको अवस्थामा किरात ये।ले। संवत्ले राष्ट्रिय मान्यता पाउनुपर्छ भन्ने निर्णयसहित चार किरात संस्थाले माग गर्दैआएका छन् ।
कुनै पनि संवत्को लागि ऐतिहासिक प्रमाण सांस्कृतिक आधार लोकस्वीकृति ज्योतिषविज्ञानका आधार महत्वपूर्ण रहन्छ । अहिले किरात ये।ले। संवत् ५०६९ मानिरहेको अवस्थामा विना प्रमाण प्रचलनमा ल्याउन सान्दर्भिक नहुने भएकाले ऐतिहासिक वैज्ञानिक लोकसांस्कृतिक आधारलाई प्रमाणित गर्न किरात ये।ले। संवत् अन्तर्राष्ट्रिय विचार गोष्ठी-५०६९ २००९ु को आयोजना गरिएको हो ।
यो संवत्लाई किराती समुदायमा आ-आफ्नै मातृभाषामा विभिन्न नामले पुकार्ने गर्दछन् । जस्तो- ये।ले। तङ्बे येले। थोचेँ येले दोङ यो संवत्ले किरात सभ्यताको पहिचान र अहिलेसम्म अस्तित्वमा रहेका किरात जातिको समेत प्रतिनिधित्व गर्दछ । यो संवत् नेपाल देशभित्रमात्र नभई अन्तर्राष्ट्रिय रुपमा पहिचान पाउँदैआएको छ । यसको बृहत् रुप दिने काममा भारतको दार्जीलिङ सिक्किम कालिम्पोङ डुबस्रलगायतमा प्रचलित छ । यसैगरी हङकङ बेलायत िसंगापुर अस्ट्रेलिया अरब मुलुकहरुमा रहेका किरात जातिहरुले किरात ये।ले। संवत् प्रचलनमा ल्याएका छन् ।
स्वर्णिम युगु मानिने नेपालको लिच्छविकालको पूर्वाधार निर्माण कार्य किरातकामा भएको हो । लिच्छविकालीन शिलालेखहरुमा प्राप्त आर्थिक वास्तुकला आदिसँग सम्बन्धित शब्दहरु नै यसको प्रमाणहरु हुन् । त्यसको प्रवर्तक किरात हाङ यलम्बर हुन् ।
वर्तमान सन्दर्भमा उनै किरात हाङ यलम्बरको स्मृतिमा चलिआएको संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिनु पर्ने माग भइरहेको छ । त्यसै प्ररिपे्रक्षमा किरात यलम्बर हाङलाई राज्यले “राष्ट्रिय विभूति” घोषणा गर्नुपर्ने माग पनि सँगसँगै अघि बढाइएको छ ।
0 comments:
Post a Comment