श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Monday 30 November 2009

कतार नेपाली एकता समाजको वनभोज कार्यक्रम सम्पन्न


ताराश्वर शर्मा, दोहा-कतार

यही २७।११।२००९ का दिन कतारको चर्चित गार्डेन अल्खोर पव्लिक गार्डेनमा पूर्व मेची देखि पश्चिम माहाकाली सम्मका ५०० जना मजदुरहरुको उपस्थितिमा कतार नेपाली एकता समाजको वनभोज कार्यक्रम भव्य एवं शानदार रुपमा सम्पन्न गरेको छ। यति धेरै जना सम्मित वनभोज कतारको इतिहासमा नेपालीहरुले आयोजना गरेको पहिलो भएको कुरा वनभोजमा उपस्थित सबै बाट सुन्न सकिन्थ्यो। कतार नेपाली एकता समाजले अन्तरिम संविधानमा तेस्रो पटक संशोधन गरि भारतिय दलालहरुको गुरु योजना मुताबिक नेपालमा संघीयता लागु गर्ने जुन अभ्यास भैरहेको छ, जुन खेल खेलिदै छ, त्यसको सशक्त बिरोध गर्दै आएको छ। कतारमा भएका मजदुरहरुको सम्स्या समाधान गर्ने राहत संकलन गर्ने, क्षेतिपूर्ति दिलाउने काममा पनि कतार नेपाली एकता समाज अग्र स्थानमा छ। यिनै बिभिध कारणले गर्दा कतार नेपाली एकता समाज यहाँको सबै भन्दा सशक्त संस्था भएको हुन सकेको हो।वनभोज कार्यक्रको शुरुमा यस कार्यक्रमा सहभागी सबैलाई खाजाको व्यबस्था गरिएको थियो भने त्यसको लगत्तै रक्तिम सास्कृति कलाकारहरुले पूर्व बग्ने सुनकोशी पश्चिम बग्ने भेरी नामको जनबादी संगीत द्वारा मनोरञ्न गराएका थिए भने अन्तराष्ट्रिय एकता समाजका माहासचिप राजेन्द्र श्रेष्ठ ले चुट्किला बाचन गरि सबैलाई हँसाउन सफल हुनुभएको थियो। यही हाँसो सँगै कार्यक्रममा सहभागी अतिथीहरुको आसन ग्रहण गराइएको थियो। कतार नेपाली एकता समाजका केन्द्रिय सभापतिको अध्यक्षता, केन्द्रिय सचिपालय सदस्य टोपलाल भुषालको सञ्चालन अघि बढेको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथी तथा सहभागी सबैलाई आजोजकको तर्फ बाट सचिपालय चन्द्र बहादुर नेपालीले स्वागत गर्नुभएको थियो स्वागतकै क्रममा उहाँले पनि रनजनैतिक ब्याङ्यात्मक चु६किला सुनाउनु भएको थियो र दाङ देउखुरी बेला गा.वि.स. वाड नं २ का कमल बहादुरको आफन्तले आफू सँग कमल बहादुर ओलिको उपचार खर्च जुटाइदिन आग्रह गरेको कुरा पनि जानाकारी गराउनु भएको थियो। पिडीत ओली २४ मे २००९ मा कार दुर्घटनामा पर्नुभएको र उहाँको पिसाब थैली नै बाहिर निस्केको, कम्पनीबाट यस अघी नै राम्रो काम र शुविधाको खोजीमा भागी सक्नुभएको र आर्थिक स्थिति कमजोर भइ उपचार खर्च जुटाउन नसकैको भनि निवेदन भर्खरै आफू सँग आएको जानाकारी गराउनु भएको थियो। त्यसपछि रक्तिम कलाकारहरुले स्वगत छ हाम्रा पाउनालाई भन्ने बोलको गीत र संगीत द्वारा स्वगत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी अन्तराष्ट्रिय एकता समाजका माहासचिप राजेन्द्र श्रेष्ठले यस कायक्रमा सहभागीहरु ७५ वटै जिल्ला, केही जाती जनजातीलाई छोडेर सम्पूर्ण जाती र धर्मालम्वी एक ठाउँमा छौ र नेपाली एकाता समाजले संघीयताको बिरोध गर्नुको कारण पनि यही हो हामी सधै एक हुनुपर्छ र हामी जातीको नाममा क्षेत्रको नाममा विभाजित हुनु हुँदैन। अधिकार विहिनलाई अधिकार दिनुपर्छ केन्द्रमा केन्द्रित सम्पूर्ण अधिकारलाई स्थानिय तह सम्म पुर्याउनु पर्छ यसको लागी संघीयताको आवश्यक छैन। यो सबै काम पूर्ण बिकेन्द्रीकरणमा आधारित तथा स्थानिय स्वशासन सहितको एकात्मक राज्य प्रणाली बाट नै गर्न सकिन्छ र नेपाल र नेपालीको लागी संघीयता आवस्यक छैन। अहिले नेपनललाई संघीयतामा लैजानु भनेको पृथ्वीनारायण शाहले एकिकरण गर्नु पूर्वको २२/२४ राज्यमा विभाजन गर्नु मात्र हो भन्नु भयो। कतारमा कतार नेपाली एकता समाजले गर्ने गरेका समाजिक, राजनैतिक कार्यको प्रशंशा गर्दै यति अझै पुगेको छैन कतार नेपाली एकता समाज अझ सशक्त बन्नुपर्छ र कतारमा रहेका सम्पूर्ण नेपालीहरुको अभिभावक बन्न पर्छ भन्नु भयो।
नेपाली प्रवासी सम्पर्क मञ्च दोहा कतारका छविलाल बिश्वकर्माले कतार नेपाली एकता समाले कतारमा रहेका सम्पूर्ण नेपाली हरुमाथि परेका समस्थालाई मात्र होइन नेपाको फोहोरी राजनीति प्रति पनि कतार बासी नेपालीलाई सचेत बनाउदै लगेको छ र आज पूर्व मेची देखि पश्चिम माहाकाली सम्मका यति धेरै नेपालीको बिचमा पहिलो पटक उभिने अवसर दिएकोमा कतार नेपाली एकता समाजलाई हार्दिक धन्यबाद दिनुभएको थियो। साथै नेपालको राजनैतिक खेलका कारणले समयमा नै संविधान नबन्ने त होइन भन्ने प्रश्न उब्जिन थालेकोले हामीले प्रवास बाटै भएपनि आ-आफ्नो समयमा नै संविधान बनाउनको लागी दबाद दिनु आवस्यक छ भन्नुभयो। भाषण भन्दा पनि मनोरञ्जनलाई प्राथमिकता दिइएको उक्त कार्यक्रममा रक्तिम कलाकारहरुले सुर्खेतैको बुलबुले ताल, घमाइलो भैयो भेट साह्रै नै रमाइलो, प्रदेशी नेपाली, र देश जान थाल्यो टुक्रा- टुक्रा परेर उठ देश भक्त हातेमालो गरेर जस्ता जनबादी गीत संगीत द्वारा मनोरञ्जन गराउदा दर्शकहरु बिच बिच बाट उठेर नाचेका थिए। वनभोज कार्यक्रम साच्चिकै मनोरञ्जन पूर्ण बताबरणमा सम्पन्न भएको र यस्तो वनभोज जिवनकै पहिलो भएको प्रतिक्रया सहभागीहरुले दिनुभएको थियो।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika