प्रवासमा रही नेपाली पत्रकारीता गरीरहेका विभिन्न देशका नेपाली पत्रकारहरु नेपाल पत्रकार महासंघको समन्वय र पहलमा संगठीत भएका छन् ।यही कार्तिक १७ गते पत्रकार महासंघको हलमा पत्रकार सम्मेलन गरी ुप्रवासी नेपाली पत्रकार साजालु को स्थापना भएको जानकारी औपचारीक रुपमा प्रेस विज्ञप्तीद्धारा सार्वजनिक गरीएको छ । प्रवासी पत्रकारहरुलाई संगठित गर्ने हेतु भर्खरै मात्र सम्पन्न प्रवासी पत्रकारहरुको विश्व सम्मेलनमा जारी गरीएको घोषणा पत्र पनि ुप्रवासी नेपाली पत्रकार साजालु का संयोजक जाकिर हुसैनले पढेर सुनाउनु भएको थियो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष धर्मेन्द्र झाले देश विदेशमा रहेका पत्रकारहरुलाई संगठीत र सूसुचित गर्न पत्रकार महासंघले पहिले नै ६ वटा देशमा सम्पर्क शाखा र २ वटा प्रस्तावित शाखा गरी संगठन विस्तार गरीरहेको जानकारी दिदै ुप्रवासी नेपाली पत्रकार साजालु को भूमिका देश विदेशमा रहेका पत्रकारहरुका भावना एक आपसमा वाडचुड गरी देश विदेशको जानकारी दिदै देशको परिस्थितीलाई सहज बनाउन पनि महत्वपूर्ण हुने वताउनु भयो । पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य उजिर मगरको संचालन रहेको उक्त कार्यक्रममा पत्रकार महासंघका कोषाध्यक्ष रमेश विष्ट केन्द्रिय सदस्य सितल शाहर ुप्रवासी नेपाली पत्रकार साजालु संजालका सदस्यहरु दामोदर नेपाल सन्तोष दाहाल सपना वस्यालको पनि उपस्थिती रहेको थियो ।
सो पत्रकार सम्मेलनमा वाडिएको प्रेस विज्ञप्तीलाई यहाँ जस्ताको तस्तै राखिएको छ । प्रेस विज्ञप्तीमितिः १७÷०७ ÷२०६६ संसारका विभिन्न कुनामा छरिएर रहेका नेपाली पत्रकारहरुको हक हीत संरक्षित गर्न र उनीहरुको आवाजलाई बुलन्द गर्न सम्पूर्ण पत्रकारहरु एकजुट हुनु आवश्यक ठानी नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको संयोजनमा विश्वभरका प्रवासी नेपाली पत्रकारहरुको विश्व सम्मेलन गत अक्टोबर ११ र १२ मा काठमाडौंमा सफलतापूर्वक सम्पन्न भयो । उक्त सम्मेलनले १४ बुँदे घोषणा पत्र जारी गर्दै प्रवासी नेपाली पत्रकारहरुलाई संगठित गर्न एक साजालको आवश्यकता महशुस गरी नेपाल पत्रकार महासंघ यूएई सम्पर्क समितिका अध्यक्ष मोहम्मद जाकिर हुसैनको संयोजकत्वमा नेपाल पत्रकार महासंघमा आवद्ध प्रवासी नेपाली पत्रकारहरुको साझा माचका रुपमा नौ सदस्यीय ूप्रवासी नेपाली पत्रकार साजालू ९भ्हउबतचष्बतभ ल्भउब_िष् व्यगचलबष्कितक ल्भतधयचप भ्ल्व्ल्० नामक माच गठन गरेको छ ।उक्त साजालका अन्य सदस्यहरुमा कुमार कार्की -कतार भुषण घिमिरे - जापान पुरु जोशी - कोरिया सुन्दर आले - मलेशिया भरतराज पौडेल - अष्ट्रेलिया सन्तोष दाहाल - बहराईन सपना बस्याल - मलेशिया महिला सदस्य र दामोदर नेपाल रहेका छन् ।उक्त साजालले प्रवासी नेपाली पत्रकारहरुको पेशागत हक हित संरक्षण गर्दै उनीहरुलाई संगठित गर्ने तथा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र प्रवासी नेपाली पत्रकारहरुका बीचमा पुलको काम गर्दै पत्रकारहरुको वृहत्तर हितमा साजाललाई समर्पित गर्ने जनाएको छ ।उक्त सम्मेलनले पारित गरेका प्रस्तावहरुलाई सबै सामु उजागर गर्नु सान्दर्भिक हुने ठानी प्रवासी नेपाली पत्रकारहरुको प्रथम विश्व सम्मेलनले निम्न अनुसारको काठमाडौं घोषणा पत्र जारी गरेको व्यहोरा सबैमा जानकारी गराउंदछौं । प्रवासी नेपाली पत्रकारहरुको काठमाण्डौ घोषणापत्र २०६६ प्रवासी नेपाली पत्रकारहरुको ११ र १२ अक्टुवर २००९ २०६६ असोज २५ र २६ गते काठमाँडौंमा सम्पन्न प्रथम विश्व सम्मेलनले विश्वभरी छरिएका पत्रकारहरुको हकहित र नेपाली पत्रकारहरुको मागप्रति ऐक्यबद्धता जनाउँर्दै यो ॥प्रवासी नेपाली पत्रकारहरुको काठमाण्डौ घोषणापत्र २०६६॥ जारी गर्दछ ८ यो सम्मेलन नेपाल पत्रकार महासंघमा आवद्ध प्रवासी नेपाली पत्रकारहरुको साझा माचका रुपमा ूप्रवासी नेपाली पत्रकार साजालू ९भ्हउबतचष्बतभ ल्भउब_िष् व्यगचलबष्कितक ल्भतधयचप भ्ल्व्ल्० नामक माच गठन गर्ने प्रस्ताव पारित गर्दछ ८ विश्वभरिका प्रवासी पत्रकारहरुको समस्या र प्रवासमा रहेका नेपाली पत्रकार तथा साचार माध्यमलाई प्रवासमा संगठित गर्न नेपाल पत्रकार महासंघको मातहतमा रही कार्य गर्न क्षेत्रीय समिति बराबरको अधिकार प्रत्यायोजन गर्ने गरी सोही स्तरको प्रवासी समिति निर्माण गर्न नेपाल पत्रकार महासंघलाई सुझावसहित यो सम्मेलन माग गर्दछ८ प्रवासी नेपाली पत्रकारहरुको हकहितका लागि विश्वव्यापी नेपाली पत्रकार कल्याणकोषको स्थापना गर्न पहल गरिने छ८ नेपाल पत्रकार महासंघको विधानमा प्रवासी नेपाली पत्रकारहरु तथा विदेश स्थित शाखाहरुको स्पष्ट उल्लेख गराउनका लागि विधान संशोधन गर्न यो सम्मेलन माग गर्दछ८ विभिन्न देशबाट संचालित वेभ पत्रिका छापा पत्रिका एफएम तथा टेलिभिजनहरुलाई व्यवस्थित गर्ने तथा गुणस्तर वृद्धि र पत्रकारिताको मूल्य र मान्यता अनुरुप नै साचालित गर्न यो सम्मेलन आग्रह गर्दछ८ प्रवासी नेपाली पत्रकारहरुको पहिचान गरी तिनीहरुको हकहित तथा अधिकार संरक्षण गर्ने दिशामा एकजुट हुन नेपाल पत्रकार महासंघलाई सकृय वनाउने र नेपाल सरकारसँग पहल गरिने छ८ नेपाली पत्रकारहरुद्धारा संचालित अनलाईन मिडियाहरुको दर्ता गर्ने प्रकृया तथा अनलाईन पत्रकारहरुलाई पे्रस पासका लागि पहल गर्न महासंघ र नेपाल सरकारलाई यो सम्मेलन माग गर्दछ८ नेपाल पत्रकार महासंघको विधानमा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत निर्वाचित हुने व्यवस्था गरी प्रवासी नेपाली पत्रकारहरुलाई मताधिकार र केन्द्रीय समितिमा समावेश गर्ने व्यवस्था गर्नुपर्ने यो सम्मेलन माग गर्दछ८ हालसम्म संचालनमा आएका अनलाइनलाई महासंघले नियमित नियमन र अनुगमन गर्न यो सम्मेलन माग गर्दछ८ श्रमजीवी नेपाली पत्रकारहरुको हकमा सबै संचार गृहमा श्रमजीवी पत्रकार ऐन तत्काल कार्यन्वयन गर्न यो सम्मेलन माग गर्दै महासंघले गरिहेको पहलमा ऐक्यबद्धता जाहेर गर्दछ८ पेशागत मर्यादा कायम राख्दै पत्रकार आचारसंहिता कार्यन्वयन गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ८ मुलुकमा बढ्दै गएको राजनीति गतिरोध तत्काल अन्त गरी दलहरु मिलेर समयमै नयाँ संविधान लेखेर विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न यो सम्मेलन दलहरुलाई आग्रह गर्दछ८ नेपाल भ्रमण वर्ष सन् २०११ सफल पार्न प्रवासी पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ८ गैह्र आवसीय नेपाली संघ एनआरएनको अभियनलाई संचारमाध्यमबाट रचनात्मक प्रचारप्रसार गर्न यो सम्मेलन प्रतिबद्धता जाहेर गर्दछमोहम्मद जाकिर हुसैनसंयोजकप्रवासी नेपाली पत्रकार साजाल
श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
ताजा समाचार
ताजा समाचार
Wednesday, 4 November 2009
विश्वभरका नेपाली पत्रकार एक भए
चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न
तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो ।
नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो ।
नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् ।
कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।
नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब संघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।
मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।
भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै संसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment