दोहा- विश्वभरिका मुस्लिम सम्प्रदायको महान पर्व ईद उल अधाको अवसरमा कतारमा हरेक वर्ष नेपालीहरुले सांस्कृतिक एवं मनोराजनात्मक कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् ।यस बर्षपनि सोही अवसरमा प्राप्त सार्वजनिक विदालाई नेपालीहरुले सांस्कृतिक एवं मनोराजनात्मक आनन्दकासाथ मनाउन पाउने भएका छन् । कहिले संघसंस्था त कहिले ब्यक्तिगत पहलमा कतारमा नेपाली कलाकारहरुकासाथ रम्न पाइने अवसर जुराउने काममा यसपटक उद्यम ब्यवसायी तेजेन्द्र महत अघि सरेका छन् । नेपाली ब्यवसायी संघका महासचिव महतले ुनेपाली सुपरस्टार नाइट-२००९ु को आयोजना गर्न लागेको राजधानी अन्तरराष्ट्रिय साप्ताहिकसंगको कुराकानीमा बताएका छन् ।नेपालीको जनसंख्या ३ लाख नाघीसकेको उल्लेख गर्दै महतले नेपालीहरुमाझ विगतदेखि नै ुस्टेज प्रोग्रामुमा निकै रुची रहँदै आएकोले सो आयोजनाको निर्णय गरेको बताए ।महतले कतारमा आफुले नेपाली सांस्कृतिक तथा मनोराजनात्मक कार्यक्रम यसअघि ६ पटक आयोजना गरिसकेको उल्लेख गरे । सातौंपटक यस किसिमको कार्यक्रमको आयोजनाका लागि अग्रसर भएका महतले सो कार्यक्रममा फरक फरक प्रतिभा भएका नेपालका ख्यातिप्राप्त १० जना कलाकारहरुको प्रस्तुती रहने बताए । सनैया र दोहामा आयोजना हुने सो कार्यक्रमका लागि १० जना कलाकारको टोली नोभेम्बरको अन्तिम साता कतार आउने र यहाँ १ साता रहने आयोजक महतले बताएका छन् ।
कलाकारहरुको टोलीमा पछिल्लो समयका चर्चित आधुनिक तथा पप गायक शिव परियार र अाजु पन्तका साथमा प्रसिद्व लोकगायक राजु परियार र निशा सुनुवार सो कार्यक्रमको आकर्षण रहेका छन् ।दोहावासी नेपाली दर्शकलाई मनोराजन दिलाउन नायिका रेजिना उप्रेती गायिका तथा उद्घोषिका सुनिता दुलाल हास्य कलाकार कमल गाउँले नृत्य कलाकारहरु रमेश विसी र सम्झना बुढाथोकीको दश सदस्यीय टोलीलाई निम्तो दिएको र दोहा आगमन तय भइसकेको महतले बताए । आयोजकको यसअघिको अनुभवका कारण कतारबासी नेपालीहरुले यसपाली विशिष्ट प्रकारको प्रस्तुती हेर्न पाउने आयोजकसुत्रले बताएको छ ।चर्चित कलाकारहरु तथा यथासम्भव कलाकारिताका धेरै क्षेत्रलाई समेटिएकोले कार्यक्रम रोचक हुने विश्वास महतले ब्यक्त गरे । स्थापित कलाकारहरुले ३ घण्टा लामो स्टेज प्रस्तुतीमा मौलिक गित-संगित नृत्य हास्यब्यंग्य लगायतका विधामा छुट्टाछुट्टै स्वाद पस्कनेछन् । कार्यक्रममा कतारवासी नेपालीले मन पराउने अत्यधिक सुन्ने र भिडियो हेर्ने गरेका लोक दोहोरीहरुलाई विशेष प्राथमिकता दिइने महतले बताए । कार्यक्रमको स्थान र समय तालिका छिट्टै सार्वजनिक गर्ने उनले बताए । सो कार्यक्रमको टिकटपनि केहि दिनभित्रमै उपलब्ध हुने उनले उल्लेख गरे ।

0 comments:
Post a Comment