श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Thursday 8 October 2009

बेचिएकी युवती ग्राहकको सहयोगमा वेश्यालयबाट फर्किन्


ध्रुव दंगालसिन्धुपाल्चोक, २० असोज
आफ्नै सानाबा-सानीआमाद्वारा बेचिएर भारतको वेश्यालय पुगेकी सिन्धुपाल्चोककी एक युवती ग्राहकको सहयोगमा घर र्फकन सफल भएकी छिन् । भारतको वेश्यालयमा एक वर्ष नारकीय जीवन बिताएर फर्केकी ती युवती अहिले आफूलाई बेच्ने दलालाई कानुनी कारबाही गर्न कम्मर कसेर लागेकी छिन् ।२० महिनाअघि वैदेशिक रोजगारीका लागि लेबलान लैजाने भन्दै दलालले १७ वर्ष उमेर नकटेका पाँच दलित किशोरी गाउँबाट हिँडाए । राम्रो कमाउने र नेपाल फर्केपछि घरजम गरेर सुखको जीवन बाँच्ने सपना देखेका उनीहरू विदेश त पुर्‍याइए, तर उनीहरू पुगेको देश लेबलान थिएन । पाँचैजना एकैसाथ भारतको वेश्यालयमा बेचिए र आफ्नो अस्मिता अर्कैलाई सुम्पन बाध्य भए ।
बेचिएकामध्ये आफ्नै सानीआमाको विश्वासमा पर्दा नरकमा फसेकी ज्यामिरे- ३ की भगवती विक (नाम परिवर्तन) ग्राहकको सहयोगमा गाउँ र्फकन सफल भएकी हुन् । उनीसहितका पाँच किशोरीलाई ०६४ माघमा गाउँकै दलालले भारतको आग्रा सहरको कोठीमा बेचेका थिए । नौ महिनासम्म उद्धार गर्ने ग्राहककै घरमा लुकेर ७ असोजमा उनी घर आइपुगेकी हुन् ।
‘मलाई बर्बाद पार्नेहरूलाई कुनै हालतमा छोड्दिनँ,’ घर फर्केपछि दोषीलाई कारबाही गराउन न्यायालयको आँगन घच्घचाउँदै सदरमुकाम चौतारा आइपुगेकी १९ वर्षीया भगवतीले वेश्यालयको नारकीय जीवन सम्झँदै प्रण गरिन्, ‘मानव तस्करलाई कुनै हालमा उम्कन दिन्न ।’
आफूलाई बेच्नेविरुद्ध कडा कारबाहीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएर उनी कानुनी लडाइँको मैदानमा उत्रेकी छिन् । उनले सातजनालाई विपक्षी बनाएर मानव बेचविखन तथा ओसारपसारको अपराधअन्तर्गत कारबाही गर्न माग गरेकी छिन् ।
ज्यामिरे- ८ घर भई हाल नवलपुर- ८ बस्ने काइँला विक, उनकी श्रीमती काइँली विक, नवलपुर घर भई काठमाडौं कपन बस्ने बच्चु विक, उनकी श्रीमती सीता विक, शिखरपुर घर भई भारतको सहिदनगर बस्ने बजिर भनिने प्रेम लामा तथा नवलपुरका दावा तामाङ र उनकी श्रीमती माइली तामाङलाई मुद्दाको विपक्षी बनाएकी छिन् । काइँला र काइँली नाताले भगवतीका सानाबा-सानीआमा हुन् ।
१२ महिनासम्म कोठीमा थुनिएर देह व्यापार गर्न बाध्य पारिएकी भगवतीले गाउँबाट गएका आफूसहित पाँचजना एकै ठाउँमा बेचिएको बताइन् । उनका अनुसार भारतीय प्रहरीले कोठीमा छापा मारेर लगेपछि आफूसँगै बेचिएका ज्यामिरे- ३ की रिना विक, संगीता विक, ज्यमिरे- ७ की मनु विक र नवलपुर- ८ की सरिता विक सम्पर्कविहीन छन् ।
‘त्यो कोठीमा हामी २३ जना नेपाली युवती थियौँ । २२ पुस ०६५ मा प्रहरीले छापा मारेर मेरा साथीहरूसहित १४ नेपाली चेली पक्रेर लगेको थियो । त्यसपछि उनीहरू फर्केर आएनन्,’ उनले सुनाइन् । सरिता काइँला-काइँली दम्पतीका छोरी भएको उनले जानकारी दिइन् । भगवतीसँगै बेचिएर पक्राउ परेका अन्य चारजना अझै परिवारको सम्पर्कमा आएका छैनन् ।
छापा मारेको १५ दिनपछि भारतीय ग्राहक भगवतीको कोठीमा छिरे । उनी रोइन्, कराइन्, उनको पाउमा परिन् । ‘मैले बिन्ती गरेर सबै कुरा भनेपछि उनैले भगाए,’ उनले देह-व्यापारबाट मुक्ति पाएको क्षण सुनाइन्, ‘आग्रा सहरकै आरपी मुसलमान नाम गरेका व्यक्तिले भगाएर उनकै घरमा लुकाए ।’ नौ महिना उनको घरमा लुकेपछि ५ असोजमा नेपालका लागि हिँडिन् । गलत मानसिकताले छिरे पनि आफूले ‘भगवान्’ ले भेटेको जस्तो अनुभूति भएको बताउँदै उनले थपिन्, ‘उनैले दिएको एक हजार भारतीय रुपैयाँले घर र्फकन सफल भएकी हुँ ।’
सानीआमा काइँलीले घरमै आएर भगवतीलाई फकाएकी थिइन् । गाउँका अन्य पनि जाने भनेपछि परिवारले स्वीकृति दिएको थियो । पाँचै किशोरीलाई दलालले चौतारा ल्याएर एकै दिन राहदानी बनाइदिएका थिए । उनले सानीआमाले फकाएको क्षण सम्भिmन्, ‘राहदानी बनाएको पैसा पनि उनीहरूले नै तिरिदिए । विदेश जान लाग्ने रकम काम गरेर तिर्ने सहमति भएकाले परिवारले अनुमति दिएको थियो ।’
भगवतीको जाहेरीपछि प्रहरीले अनुसन्धान कार्यअघि बढाएको छ । उनी गाउँ फर्केको जानकारी पाएपछि घरमै रहेका काइँला दम्पती फरार भएका छन् । प्रहरी निरीक्षक हरिकृष्ण खत्रीले जाहेरीका विपक्षीलाई मानव बेचविखनविरुद्ध मुद्दा चलाएर उनीहरूको खोजी थालिएको बताए ।

एकै दिन ३०/३५ जनाको चित्त बुझाउनुपर्थ्यो’
हामी दलित परिवार । आठजनाको ठूलो परिवार छ । खेतबारीको उब्जनीले खान पुग्दैन । लेबलानमा जागिर लगाइदिने भन्दै ३० पुस ०६४ मा सानीआमा काइँली घरमै आइन् । गाउँका अरू पनि जाने, पासपोर्ट बनाएको पैसा नलाग्ने, विदेश जान लाग्ने पैसा कमाएर तिर्ने बताएपछि परिवार राजी भयो । २ माघमा काइँला, काइँली र दावाले साथै लगाएर म, रिना, संगीता, मनु र सरितालाई राहदानी बनाउन चौतारा ल्याए । पासपोर्ट बनाएको पैसा पनि उनीहरूले नै तिरिदिए ।
काइँला, काइँली, दावा र माइलीको साथ लागेर विदेश जान भनी हामी सबै ४ माघमा काठमाडौं हिड्यौँ । त्यो रात हामीलाई बच्चुको कपनस्थित घरमा राखियो । भारत पुगेर प्लेन चढी लेबनाल पठाउने कुरा उनीहरूले गरेका थिए । ५ माघ बेलुका भारत जान वीरगन्जको बस चढाइयो । हामीलाई पुर्‍याउन दावा र काइँला सँगै गएका थिए । उनीहरूले सिकाएको कुरा बताउँदै बोर्डर पार गरी भारतको सहिदनगर पुगियो । त्यहाँ बजिरको घर रहेछ । पाँच दिनसम्म उनैको घरमा बस्यौँ । अब हवाईटिकट मिल्यो, दुई दिनमा लेबलान पुगिन्छ, ल राम्रोसँग जानू भनेर बजिरको जिम्मा लगाई दावा र साइँला नेपाल फर्के । सरिता काइँला-काइँलीका छोरी हुन् । छोरीलाई त नछोड्नेले अरूलाई के बाँकी राख्थे र ?
१५ माघ बिहान पाँच बजे अब प्लेन चढ्नुपर्छ भनेर हिँडाइयो । करिब २० मिनेट जति बस चढेपछि ओरालेर आग्रा सहरको कस्मिरी बजारस्थित एउटा ठूलो घरमा पुर्‍याइयो । छुट्टाछुट्टै कोठामा राखेर हामीलाई बाहिर निस्कन दिइएन । त्यसै रात म बसेको कोठामा एकजना नचिनेको पुरुष आएर जबर्जस्ती गर्न खोजे । म रोएँ, कराएँ, चिच्चाएँ । घरवाली (कोठी मालिक्नी) आएर तँलाई एक लाख तिरेर किनेको भन्दै कुटपिट गरिन् । त्यसपछि मात्र आफूहरू बेचिएको थाहा भयो । म छाँगाबाट खसेकोजस्तै भएँ । हरेक दिन ३०/३५ जनासँग यौनसम्पर्क राख्नुपथ्र्यो । म यौनसम्पर्कका क्रममा धेरैपटक बेहोस भएकी थिएँ । म रुन्थेँ, चिच्चाउँथे तर कसले सुन्ने ? यौनसम्पर्क राख्न नमान्दा घरवाली र ग्राहकले यातना दिन्थे । साथीहरूसँग भेट भए पनि सँगै बस्न दिइँदैनथ्यो ।
कोठीमा एक वर्ष नारकीय जीवन बिताएपछि २२ माघ ०६५ मा प्रहरीले छापा मार्‍यो । त्यो कोठीमा २३ जना नेपाली महिला थियौँ । मेरा चार साथीसहित १४ जनालाई प्रहरीले पक्रेर लग्यो । मलाई लुक्न लगाइएकाले पक्राउ परिन । छापा मारेपछिको १५ दिनपछिसम्म म त्यहाँ बस्दा उनीहरू फर्केर आएका थिएनन् । घरमा आउँदा पनि साथीहरू अझै सम्पर्कमा नआएको थाहा पाएँ ।
छापा मारेको १५ दिनपछि मेरो कोठीमा एक पुरुष ग्राहक यौनसम्पर्कका लागि आए । म रोएँ, बिन्ती गरेँ अनि सबै कुरा उनलाई बताएँ । मेरो कुरा सुनेपछि उनले नेपाल पठाइदिने भन्दै त्यहाँबाट भगाए । उनको घर आग्रा सहरमै रहेछ । नौ महिनासम्म उनकै घरमा लुकेर बसेँ । घरमा उनलाई आरिपी मुसलमान नामले बोलाइन्थ्यो । घरमा बस्दा उनले त्यस्तो नराम्रो गरेनन् । आफ्नै घर जा भनेर उनैले एक हजार आइसी भाडा दिएपछि म ५ असोजमा नेपालका लागि बस चढेँ । ७ गते काठमाडौं आइपुगेर आफन्तको सम्पर्कमा गएँ र घर आइपुगेँ ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika