श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Sunday 11 October 2009

धार्मिक स्थल लारुम्बा र किरात जाती




बिक्रम सम्बत २०३५ सालदेखी माङ्हिमको रुपमा रहेको लारुम्बा किरात जातिको लागि मात्र नभएर राष्ट्रको लागिनाइ महत्वपूर्ण धार्मिक र पर्यटकिय क्षेत्र हो।किरात धर्म गुरु आत्मनन्द लिङ्देन र गुरुमा पवित्रहाङ्मा सावा लिङ्देनको आश्रय रहेको छ।सो स्थलमा हरेक बर्ष कार्तिक २५ मङ्सिर १८ र माघ ५ गतेका दिनहरुमा बिशेष गरेर नेपाल,भुटान,भारत,बर्मा,लगायतका मिलुकहरुबाट लाखौको सख्यामा किरात धर्मलम्बिहरु आउने गर्दछन। ति दिनहरुमा किरात परम्परा अनुसार धार्मिक प्रबचन्,अनुस्ठान,लगायत बिभिन्न धार्मिक कार्यक्रमहरुको आयोजना गरिन्छ ।धार्मिक स्थल लारुम्बा पुग्ने धर्मलम्बिहरु त्यहा रहेको माङहिममा तन मन बचनले भक्ती गर्दछ्न। बिहान उठेर स्नान गरी पवित्र भएर सेतो बस्त्र लगाइ पूजा आजा गरिन्छ। फलार मात्रा खाएर दिनभर पूजा आजा गरी १०८ दिप प्रज्वलन गर्नाले चिताएको पुग्ने जनबिश्वास रहिआएको छ । पवित्र सो स्थलमा मधपान,धुम्रपान,काटमार,अस्लील, शब्दहरुको प्रयोग जस्ता कुरालाई पूर्णरुपमा निशेध गरिएको छ। त्यहा पूजाआजा गर्ने भक्तजनहरुले फुल, नैबेध,बस्त्र,भेटी , आदिको मात्रा प्रयोग गर्दछन । त्यहा रहेको माङ्हिममा भगवान शिव र पार्वती बिराजमान भएको छन । वारीपरी पहाडले घेरिएको र तलतिर तराइका हरियालिफाटहरु द्रिश्यालोकन गर्न सकिने लारुम्बा धार्मिक दृष्‍टिकोणले जती महत्वको छ पर्यटकिय स्थलको रुपमापनी उतिकै महत्वपूर्ण छ। ईलामका पर्यटकियस्थलहरु मान्मालुङ्,मिक्लाजुङ, रबिबजार,चालचुली जस्ता पर्यटकिय स्थलहरुको साथमा रहेको लारुम्बा पर्यटकको लागि पनि महत्वपूर्ण स्थल बनेको छ।लारुम्बा क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउनको लागि त्यहा हर प्रयास जारी रहेको छ फलस्वरुप सो स्थलमा ५ किलोमिटर मङ्सेबुङ रिङ्गरोडसमेत निर्माण गरिएको छ । किरात हाङसामा मुजोलुङ माङ्हिम अन्तर्गत रहेको धार्मिकस्थल आजभोलि आस्रयस्थलको रुपमा रहेको छ। देशमा चलेको सशस्त्र द्रन्दका समयमा माओवादी पीडितका रुपमा लारुम्बा प्रबेस गरेका माओवादी पीडित किरातिहरुको बसोबासले गर्दा यस स्थलको जन सख्यामा र बस्तिमा समेत परिणत भएको छ । पूर्वाञ्चलाका बिभिन्न जिल्लाहरुबाट बिस्थापित भइ गुरु आश्रमा आएपुगेका बिस्थापित हरुलाई माङ्हिमले अस्थायीरुपमा निसुल्क घर जग्गा उपलब्द गराएको थियो । सो धार्मिकस्थलमा किरातिहरुको धर्म,लिपी, जजमान, जस्ता बिषयमा पढाईसमेत हुने भएकोले कर्मकाण्ड पढ्ने विद्यार्थीहरुसमेतयहाँ रहेका छन । लारुम्बा बिकासको पुर्वाधार तयार गर्न दमक्-रबी, फाल्गुनन्दमार्ग ब्यबस्थित गरी स्थानिय रतुवाखोलामा पक्किपुल निर्माण गर्न राष्ट्रका हरेक पल्टका राष्ट्र प्रमुख देखी सभासद समेत हरुको उपस्थितिलाई हरेक पल्ट बिन्तिपत्र चडाएको फाल्गुनान्द प्रतिस्ठानका अध्यक्ष केयर शिङ लिम्बु बताउनु हुन्छ। किरात धर्म दर्शनअनुसार,विश्व शान्ती र मानव एकताका प्रतिक तथा महान समाज सुधारक फाल्गुनान्द लिङ्देनको पहलमा स्थापना गरिएको एक दर्जन माङ्हिमहरुमध्यको लारुम्बापनी एक हो। सो क्षेत्र किरात धर्मगुरु आत्मनन्द लिन्देन आश्रय स्थलको रुपमा रहेकोले बडी चर्चामा रहेको छ। सो क्षेत्रलाई धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न आवश्यक पूर्वधार निर्माणगर्न अती आवश्यक छ । पूर्वधार अभाबमा सकटमा परेको लारुम्बा क्षेत्रलाई पर्यटकिय स्थलको रुपमा बिकास गर्न राष्ट्रका अग्रज महानुभावहरुले पटक-पटकआश्वासनहरु दिएपनी आश्वासनका कोसेलिको पोको लिएर नफर्केको गुनासो स्थानिय बासिन्दाहरुको रहेको छ । सो क्षेत्रको सही पहिचान गरी सरक्षण र बिकास गर्न सके सो क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न सकिने छ।
ऐत राज तुम्रोक

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika