सुरज गुरुङ बुघबार,सेप्टेम्बर ,०२,२००९
अगष्ट ३० तारिक आईताबारको दिन गुरुङ भाषा र संस्कृतिमा आधारित गुरुङ जातिको चलचित्र च्हमी कर्मू छोरीको कर्म कोरियामा पहिलो प्रदर्शन भएको छ । तमू धीं लम्जुङ परिवार र अन्नपूर्ण दुध पोखरीको संयूक्त आयोजनामा सो चलचित्र सिओल स्थित दोङ्गगुक यूनिभर्शिटीमा प्रदर्शन गरिएको थियो । तमू धी गणतन्त्र कोरियाको अध्यक्ष रामकाजी गुरुङ ज्यूको सभापतित्वमा महामहिम राजदुत कमलप्रशाद कोइरालाज्यूको प्रमुख अतिथी रहनु भएको थियो भने याक्सासा गुम्बाको पुजुजी देउ सनिम नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको अध्यक्ष चङ कुमार गुरुङ ज्यू लगायत अन्य जातिय क्षेत्रिय संघ संस्थाका प्रतिनिधी ज्यूहरुको पनि उपस्थिति रहेको थियो । सो दिन गुरुङ जाति लगायत अन्य जात जातिहरुको पनि ठूलो उपस्थिति रहेको थियो । दर्शकहरुको भनाई अनुसार सो चलचित्र रोचक भएको र सबैले बुझ्ने भाषामा भैई दिएको भए अझै राम्रो हुने थियो । गुरुङ भाषा नबुझेता पनि चलचित्रको गीत नृत्य साह्रै राम्रो लागेको दर्शकहरुले बताउनु भएको थियो ।

0 comments:
Post a Comment