श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Wednesday, 16 September 2009

सालको सर्वाधिक लोकप्रिय खेलाडी पोखरेली मञ्जु गुरुङ




२०६५ सालको सर्वाधिक लोकप्रिय खेलाडी पोखरेली मञ्जु गुरुङ२०६६ साल भदौ २५ गते दिन काठमाण्डौं जमलस्थित राष्ट्रिय नाचघर चहलपहल र सजिसजाउ थियो । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर वर्षो र्सवाधिक लोकप्रिय खेलाडी २०६५ सहित सात विधामा उत्कृष्ठको घोषणा कार्यक्रम थियो । कार्यक्रम आयोजक खेलकुदसँग सम्वन्धीत खेलकुद पत्रकार मञ्च, र्‍याम्पमा पनि खेलाडीहरु, नृत्यमा पनि खेलाडीहरु, अधिकाशं उपस्थिति पनि खेलसँग सम्बन्धित विशिष्ट व्यक्तित्वहरुको साथमा हास्यव्यङ्ग, गीत संगीतको मनोरञ्जन ।मञ्चले खेलक्षेत्रका विभिन्न सात विधामा वर्षो उत्कृष्ठ घोषणा गर्‍यो । वर्ष सर्वाधिक लोकप्रिय खेलाडी राष्ट्रिय भलिवल खेलाडी पोखरेली मञ्जु गुरुङ बनिन । मञ्जुले लोकप्रिय खेलाडीको मनोनयनमा परेका फुटवलका राष्ट्रिय टीमका कप्तान राकेश श्रेष्ठ र गोलकिपर विकास मल्ल, क्रिकेटका राष्ट्रिय कप्तान विनोद दास, बुद्धिचालका फिडे मास्टर मनिष हमाल, पौडीमा राष्ट्रिय खेलकुद प्रतियोगितमा बाह्र स्वर्णधारी करिश्मा कार्की र एथलेटिक्सकी प्रमिला रिजाललाई लोकप्रिय एसएमएस भोटिङमा पछाडि पारिन् ।
यसैगरी वर्ष उत्कृष्ठ पुरुष खेलाडीमा फुटवलका जुमानु राई, उत्कृष्ठ महिला खेलाडीमा पौडीकी करिश्मा कार्की घोषित भईन । वर्ष युवा खेलाडीमा एथलेटिक्स/क्रिकेटकी केशरी चौधरी, बर्ष उत्कृष्ट प्रशिक्षकमा एथ्लेटिक्सका सुसिलनरसिंह राणाले, क्रिकेटका महवुव आलमले स्पेशल खेलाडीको उपाधि हात पार्न सफल भए भने भारत्तोलनका पार्थर्सिङ गुप्ताले पल्सर लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउन सफल भए । वर्ष लोकप्रिय खेलाडीका लागि कुल १ लाख ९७ हजार ९६१ मध्ये मञ्जुलाई १ लाख १२ हजार २३० एसएमएस भोटिङ भएको खेलकुद पत्रकार मञ्चले घोषणा गर्‍यो । यो भोट कुल मतको करिव ५७ प्रतिशत हुन आउँछ । मञ्जुले दोश्रो भएकी पौडीकी करिश्मालाई ६९ हजार ५५२ भोटले पछाडि पारिन ।मञ्जुलाई भोटिङका लागि पोखरामा कास्की भलिवल संघको पहलमा गठित मञ्जु सहयोग समितिको अभियान, पोखरेलीको साथ, मञ्जुको जन्मभुमि माछापुच्छ्रे गाविस, सार्दीखोला गाविस, घाचोक गाविसको होस्टेमा हैसे, सञ्चार माध्यमहरुको भुमिका, विभिन्न संघ संस्था र महानुभावहरुको सहयोगले नै मञ्जु वर्ष र्सवाधिक लोकप्रिय खेलाडी २०६५ को उपाधिबाट सम्मानित भइन् । पोखराबाट प्रसारित हुने रेडियो अन्नपूर्णले मञ्जुलाइ दिएको साथ उदाहरणीय मान्नु पर्दछ, हरेक समाचार देखि कार्यक्रमसम्म करिव एक महिना मञ्जुलाई केन्द्र राखेर चर्चा गरेको थियो, प्रचार अभियानमा जुटेको थियो । त्यतिमात्र होइन रेडियो अन्नपूर्णमा कार्यरत सम्पूर्णतर्फ बाट तीस हजार रुपैया संकलन गरी एसएमएस भोटका लागि मञ्जुलाइ रिचार्जकार्ड हस्तान्तरण गरेको थियो । मञ्जुलाई लोकप्रिय खेलाडीको भोटिङका लागि स्वदेश मात्र होइन बैदशिक रोजगारीमा कोरिया, हङकङ, बेलायत लगायतबाट सहयोग प्राप्त भएको थियो । यसै गरी मञ्जुले एक कक्षा देखि अध्ययनरत ज्ञानुवावा उच्चमावि पोखराको दौडधुप, नेपाल भलिवल संघको पहल, ढोरपाटन स्पोर्टस क्लव काठमाण्डौंको अभियान, बाँके, म्याग्दी लगायत देशैभरबाट पाएको साथले अत्याधिक मतका कारण मञ्जु वर्ष लोकप्रिय खेलाडी बनेकी हुन ।
मञ्जु अत्याधिक भोटले लोकप्रिय खेलाडी किन बनिन त - यो चासोको विषय हो । मञ्जुलाई लोकप्रिय खेलाडी बनाउन पोखरामा गठित मञ्जु सहयोग समिति सचिवालयले मञ्जुको पक्षमा एसएमएस भोट अझै कम भएको दावी गरेको छ । गत साल पोखराकै फुटबलर अनिल गुरुङलाई लोकप्रिय खेलाडी बनाउन चुकाएका पोखरेली यसवर्षजुरुक्कै उठे, मञ्जुलाई भोटिङ गरे, भोटका लागि आर्थिक भौतिक सहयोग गरे । मञ्जुका नाममा खेल प्रतिभाको सम्मानको खातिर पोखरेली एकताबद्ध भए । अभियानमा पाँच वर्षीया बालिका देखि नब्बे वर्षीया बजै सम्मले दुइ रुपैया देखि कोरियाबाट एकमुष्ठ एकलाख रुपैयासम्म सहयोग प्राप्त भयो मञ्जुलाई भोटका लागि ।
मञ्जुलाई पोखरेली लगायत स्वदेश तथा विदेशमा रहेकाहरुले त्यतिकै साथ दिएका थिएनन, खेल कौशलकै कारण सबैको साथ पाएकी हुन । मञ्जु भलिवलका उत्कृष्ठ खेलाडी हुन । वास्केटबल र एथलेटिक्समा पनि राम्रो दख्खल छ । कक्षा ४ मा अध्ययन गर्दा -२०५७ सालदेखि ज्ञानुवावा उच्च मावि पोखराबाट भलिवल कोर्टमा उत्रेकी मञ्जु दर्जनौं उत्कृष्ठता हासिल गरेकी छिन । उनले बाह्रौं राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०५९ दोश्रो, पश्चिमाञ्चलस्तरीय महिला भलिवल प्रतियोगिता २०६० प्रथम, तेश्रो विद्यालय स्तरिय राष्ट्रिय भलिवल प्रतियोगिता २०६० प्रथम, चौंथो विद्यालय महिला राष्ट्रिय भलिवल प्रतियोगिता २०६१ प्रथम, ढोरपाटन कप २०६१मा प्रथम, तेह्रौं महिला राष्ट्रिय भलिवल प्रतियोगिता २०६२ मा प्रथम, तेह्रौं महिला राष्ट्रिय भलिवल प्रतियोगिता २०६२ मा सर्वोत्कृष्ठ खेलाडी र बेष्ट स्पाइकर घोषित, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडि संघ २०६३ मा भलिवल तर्फवर्षो उत्कृष्ठ खेलाडीबाट सम्मान, दोश्रो छन्त्याल कप २०६४ मा प्रथम, चौधौं महिला राष्ट्रिय भलिवल प्रतियोगिता २०६४ मा प्रथम, दशौं दक्षिण एशियाली खेल कोलम्बो सन २००६ मा कास्य पदक दिलाउन सफल, कास्की जिल्ला खेलकुद विकास समितिबाट कास्की जिल्ला उत्कृष्ठ महिला खेलाडी २०६४ बाट सम्मान, दोश्रो ढोरपाटन ब्लुस्काई कप २०६५ मा प्रथम, दोश्रो ढोरपाटन ब्लुस्काई कप २०६५ मा सर्वोत्कृष्ठ खेलाडी घोषणा, पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०६५ भलिवल प्रतियोगितामा प्रथम प्राप्त गरेकी छिन । भलिवल कोर्टमा प्रमुख खेलाडीको रुपमा उत्रन्छिन । भलिवल समुहगत खेल भएकाले कहिले काही प्राविधिक कारण बाहेक मञ्जुको टीमले पराजित हुनु परेको छैन । पल्सर वर्षो र्सवाधिक लोकप्रिय खेलाडी २०६५ घोषित भएपछि उनले आफुलाई भोट गर्ने, आर्थिक भौतिक नैतिक रहयोग गर्ने सवैलाई धन्यवाद दिदै खुशीले धरधरती आँसु झारिन । मञ्चबाटै उनले आफ्नो यो खुशी आमा भिमशोभा प्रति समर्पित गरेकी थिइन । कार्यक्रममा सहभागी आमा र दाइ विक्रम गुरुङ लगायत सबै हर्षे आँसु झारेका थिए । छोरी लोकप्रिय खेलाडी घोषणा भएपछि जीवनको सबै भन्दा खुशीको क्षणको रुपमा आमा भिमशोभाको प्रतिक्रिया थियो । अझै बाबा भईदिएको भए कत्ति खुशी हुनुहुन्थ्यो होला भन्ने भनाई थियो आमाको । यो खुशी आमाको लागि सबैभन्दा ठुलो उपहार हो, दाइ विक्रमको भनाइ थियो । पल्सर वर्षो सर्वोष्कृष्ठ एवं लोकप्रिय खेलाडी २०६५ बन्न सफल मञ्जु गुरुङ विस वर्षअघि कास्की जिल्लाको माछापुच्छे्र गाविस वडा नं. १ खैरेटोलमा आमा भिमशोभा गुरुङ र बावा बोलबहादुर गुरुङको दोश्रो सन्तानको रुपमा जन्मेकी हुन । मञ्जु स्वभावले भावुक, लजालु, इमान्दार र परिश्रमी छिन । बाबाको माया ममता र अभिभावकत्वबाट पाँच वर्षो उमेरदेखी बञ्चित भएकी मञ्जु आमाको लाडप्यारमा हुर्केकी हुन । गुरुङ समाजको लाहुरे सँस्कृति विच शिक्षालाई प्रमुखता दिनु पर्दछ भनि गाँउ कै शारदा माध्यमिक विद्यालयमा अध्यापन गराउदा गराउदै २०५१ सालमा मञ्जुको बुवा बोलबहादुर गुरुङको असामयिक निधनले दुइ सन्तानको सम्पूर्ण जिम्मेवारी आमा भिमशोभा गुरुङको काँधमा आयो । आमा भिमशोभा गाँउ मै स्वास्थ्य स्वंय सेविका बनिन सुख दुख छोरा विक्रम र छोरी मञ्जुलाई बाटो देखाइन । छोरा विक्रम र छोरी मञ्जुलाई शिक्षा दिक्षा दिइन, संस्कार र सँस्कृतिले सिगारिन । अहिले दुवै सन्तानले पढाइ र खेलमा उत्कृष्ठता प्रदर्शन गर्दै आइरकेका छन । उसो त विक्रम गुरुङ चलचित्र तिनागा-आज भोलिका नायक पनि हुन । दाइ विक्रम विविएस पढीरहेका छन भने बहिनी मञ्जुले भरखर ज्ञानुवावा उच्च माविबाट प्लस टु उतिर्ण गरेकी छिन । त्यसो त मञ्जुको पढाइ र खेलक्षेत्रमा ज्ञानुवावा उच्च माविको महत्वपूर्ण हात छ, साथ छ भन्नुहुन्छ आमा भिमशोभा । वुवाको निधन पछि कक्षा १ मा ज्ञानुवावामा पढ्न पोखरा झरेकी मञ्जु चार कक्षा पढ्दादेखि नै भलिवल खेल्न थालेकी हुन । भलिवल खेलमा दाइ विक्रम, अनिता गुरुङ, एकिना गुरुङ, विन्दु शर्मा बाटै खेलमा प्रभावित भएको मञ्जु बताउछिन । उनले थपिन ज्ञानुवावाको पढाइको साथसाथै भलिवल खेलको वातावरणले आफुलाई यो स्थानमा आएको हो । प्रशिक्षकहरु जीवन चौधरी, बलराम केसी, कौशिला खत्री, वावुराम चौधरी, विद्यालयका संस्थापक कृष्णबहादुर गुरुङ र शुमकन्या गुरुङ प्रति कृतज्ञ छु भन्छिन वर्षो लोकप्रिय खेलाडी मञ्जु गुरुङ । उनले खेलमा राजनितिकरण र नेपालको खेल नितिले राम्रा खेलाडीहरु पनि पलायन भएको दुखेसो समेत गरिन । खेल राष्ट्रको निम्ती हो भावना राख्ने मञ्जु राष्ट्रले पनि खेल र खेलाडीलाई लगानी गर्नुपर्दछ सम्मान गर्नुपर्ने बताउछिन । खेल बाहेक एअर होस्टेजमा रुचि राख्ने मञ्जुले दुख बुझेकी छिन । औसत नेपाली महिलाको उचाई भन्दा केही अग्ली मञ्जु सरल स्वभावकी छिन, मन कोमल छ, उनमा लप्पनछप्पन पाइदैन । गुरुङ समाज अझै भनौ लाहुरे वस्तीकी मञ्जु विद्यालयका शिक्षक र गाँउकी स्वास्थ्य स्वंय सेविका एवं सामाजिक कार्यकर्ताकी सन्तान भएर होला सुसंस्कृत छिन । लाहुरेको सन्तान भएको भए सायद यतिका मेहनेती हुदैनथिन होला । आशा गरौं, मञ्जुले खेलक्षेत्रबाट धेरै प्रगति गर्नेछिन, उनलाई साथ दिने धेरै छन, खेलवाट पलायन होइन यसैमा भविष्य खोज्न, संर्घष गर्न सक्नु पर्दछ । अवश्य पनि वर्षो र्सवाधिक लोकप्रिय खेलाडी २०६५ को पदवीले यही सन्देश दिएको छ ।हुमबहादुर तमु, पोखरा
तस्बिर : राम गुरुङ ( पोखरासिटि डट कम)

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika