श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Thursday, 3 September 2009

कतार नेपाली एकता समाजको संगठन बिस्तारमा तिब्रता समितीको भेला सम्पन्न

संघीयताका विषयमा सचेत गराउने उद्घेश्यले देश बचाउ अभियानमा सहभागी हुन, सबै कतारवासी नेपालीलाई आव्हान गर्दै कतार नेपाली एकता समाजले आफ्नो संगठन विस्तारलाई अघिबढाएको छ। यसै क्रममा आज मिति २८।०८।२००९ कतार नेपाली एकता समाज अनतर्गतको सनैया ए एरियाको भेला सम्पन्न भयो। संघीयताको नाममा सार्वभौम सत्ता मुलुक नेपाललाई विखण्डनको दिशातर्फ धकेल्न खोजिएको भन्दै भेलाले चिन्ता प्रकट गरेको थियो। साथै देशमा विभिन्न बहानामा भारतीय विस्तारवादलाई बढावा दिइएकोमा, यसप्रति सचेत रहनुपर्ने निष्कर्ष निकालिएको थियो।
देश बचाउ यो अभियानमा सक्रिय रहन सम्पुर्ण कतारवासी नेपालीले एकापसमा आत्मसाथ गर्दै, काँधमा काँध मिलाउँदै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भेलाको ठहर छ। भारतीय बिस्तारबादको उद्देस्य अनुरुप सरकार र सात दलले जनता इच्छा बिपरित अन्तरिम सम्बिधानमा देशलाई बिखण्डन गर्ने उद्देस्यले तेस्रो संशोधन गरी संघीयता समाबेश गराए देखि कतार नेपाली एकता समाजले संघीयताको बिरुद्ध कतार स्थित नेपालीहरुलाई सचेत गराउदै राष्ट्रयताको सवालमा संघीयता चाहिदैन, देश टुक्राउन पाइदैन भन्ने मुल नारा सहित आफ्नो संगठन बिस्तारलाई अघिबढाएको छ। यसै क्रममा उक्त भेला कतारको औधोगिक क्षेत्र भित्रका चार एरिया समितीमध्येको ए एरिया समितीको औधोगिक क्षेत्रकै एक बिशाल भवन प्राङ्गढमा भव्य एबं शानदार रूपमा सम्पन्न गर्दै धन बहादुर परियारको सभापतित्वमा १५ सदस्यीय एरिया समिती पनि निर्वाचित गरिएको छ । कतार नेपाली एकता समाज यहाँको सबैभन्दा पुरानो, सशक्त र जनप्रिय संगठन हो । पछिल्लो समय कतार नेपाली एकता समाजको संगठन बिस्तारले कतारमा निकै नै तिब्रता पाएको छ।
भेलामा ४ अलग अलग ईकाई समिती बाट प्रतिनीधि, प्रवेक्षक र दर्शकशरुको सहभागिता रहेको थियो। प्रत्यक ईकाई समितीहरुबाट एक-एक जनाले आ-आफ्नो समितीको रिपोटिङ गर्नुभएको थियो। यसैक्रममा स्टेट नं. ४१ ईकाई समिती बाट डिलाराम खरेलले कतारमा लामो समय सम्म नोकरी गर्दा पनि कतार नेपाली एकता समाज जस्तो विश्व विधालयमा भर्ना हुन डिलो भयको महशुस गर्दै डिलै भर्ना भएपनि यसबाट धेरै कुरा सिक्न पाउने विश्वाश राख्दै प्रशिक्षणको लागी समय मिलाउन एरिया र केन्द्र सँग आग्रह गर्नुभयो। यसैगरी ४८ नं. ईकाई समितीका प्रतिनीधि खुम बहादुर थापाले आफ्नो ईकाई को रिपोर्टिङ पेश गर्दै कतार नेपाली एकता समाज कतारका मजदुरहरुका बिच विश्व विधालय नै साबित भएको र यो विधालयबाट धेरै कुराहरु सिक्नुपर्ने भएकाले प्रशिक्षणको व्यवस्था मिलाउन एरिया र केन्द्रसँग आग्रह गर्नुभयो। यसैगरी सफापानी ईकाई समितीबाट शालिकराम बञ्जाडे र सिम-सिमा ईकाई समिती बाट चिन्नुलाल चौधरी पनि आ-आफ्नो समितीको रिपोर्टिङ गर्नुभएको थियो। भने धन बहादुर परियारले सांगठनिक प्रतिवेदन, टेक बहादुर बि.क.ले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो भने माथि उल्लेखित दुबै प्रतिवेदन हाउसले तालीको गढगडातले पारित गरेको थियो। जस पश्चात केन्द्रिय सभापति नर बहादुर थापाले नयाँ प्यनल प्रस्तुत गर्नुभएको थियो। उक्त प्यनलमाथि ब्यपक छलफल गरि पास नयाँ कार्यसमिती निर्वाचित गरिएको थियो। यसरी निर्वाचित हुने पदाधिकारीहरुको पूर्ण विवरण यस प्रकार रहेको छ।
१, सभापति धन बहादुर परियार तनहुँ
२, उपभापति चेतन बञ्जाडे अर्घाखाची
३, सचिब खुम बहादुर ख्रागीमगर तनहुँ
४, सह-सचिब चिन्नुलाल चौधरि मोरङ
५, कोषाध्यक्ष टेक बहादुर बि.क. रुपन्देही
६, सदस्य चुडामणी पौडेल कैलाली
७, सदस्य तोयनाथ पौडेल तनहुँ
८, सदस्य राम सिंह श्रीष बाग्लुङ
९, सदस्य डिलाराम खरेल गुल्मी
१०, सदस्य धनसिंह महारा बैतडी
११, सदस्य लिमलाल खड्का बाग्लुङ
१२, सदस्य खुम बहादुर थापा रुपन्देही
१३, सदस्य उत्तम भण्डारी दाङ
१४, सदस्य शालिकराम बञ्जाडे अर्घाखाची
१५, सदस्य डिलाराज पौडेल प्यूठान
कार्यक्रमको उद्घाटन प्रमुख अतिथी अन्तराष्ट्रिय एकता उप-सभापति तथा कतार नेपाली एकता समाज केन्द्रिय सल्लाहारकार राजेन्द्र श्रेष्ठ्रले गर्नु भएको थियो। अन्य अतिथीहरुमा कतार नेपाली एकता समाजका केन्द्रिय सभापति नर बहादुर थापा, उपसभापति हेमन्त वाइवा, केन्द्रिय सचिपालय सदस्य अर्जुन थापा, चन्द्र बहादुर नेपाली के.स. बिष्णु थापा रक्तिम सास्कृतिक अभियान दोहा कतार बाट ताराश्वर शर्मा उपस्थित हुनु हुन्थ्यो भने अन्य एरिया बाट प्रतिनिधित्व गर्नेहरुमा दोहा बाट सभापति खिम बहादुर बुढामगर, सनैया सी बाट नर बहादुर बि.क., सनैया डी बाट सचिब पशुपति शर्मा, सनैया बी बाट सभापति पूर्णसिंह बि.क. हुनुहुन्थ्यो। अतिथिको आशन ग्रहण पछि विभिन्न समयमा देश र जनताको मूक्तिको लागी आफ्नो ज्यानको आहुति दिने ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रममा अपस्थित अतिथि, प्रतिनीधि, प्रवेक्षक तथा दर्शकलाई शब्द द्वारा स्वगत उपाध्यक्ष चेतन बञ्जाडेले गर्नुभएको थियो भने कार्यक्रमलाई सञ्चालन उत्तम भण्डारीले गर्नुभएको थियो। रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले जनबादी संगीत शिर्षक रहेको जनबादी गीत र संगीत द्वारा स्वागत गरेका थिए।
प्रमुख अतिथीको आशनबाट भेलाको सफलताको शुभकामना दिनुहुदै राजेन्द्र श्रेष्ठले कतार नेपाली एकता समाज अहिले सम्म राजदुताबासमा दर्ता भएका १०७ संघ सस्था मध्ये सबै भन्दा अग्र पङतिमा रहेको संगठन हो भन्दै यसले अहिले जताततै एरिया सम्मेलन गरिरहेको छ भन्नुभयो। उहाँले यी भेलाहरु संगठनलाई एउटा उर्जा थप्ने प्रकृया हो भन्नुभयो। कतार नेपाली एकता समाज भित्र केन्द्र, एरिया, ईकाई र एकल समितीहरु छन्। विश्वका २२/२३ देशमा नेपाली एकता समाज छ। कतार नेपाली एकता समाजले यसको स्थापना काल देखि नै नेपाली मजदुरहरुका पक्षमा जोडदार रुपमा आवाज उठाउदै आएकाले पनि यो यति पपुलर हुन सकेको हो भन्नुहुदै नेपालका २३ वटा दलहरु संघीयताको पक्षमा छन् भने कतार नेपाली एकता समाज त्यसको बिपक्षमा छ। यहाँ कतारमा रहेका अन्य संघ सस्थाका व्यक्तिहरुले यो संघीयताको आँधीवेरीलाई कसैले रोक्न सक्दैन भन्दै भ्रम फिजाउदै छन् तर संभीयतामा गए पछि देशले के पाउँछ? नेपाली के पाउँछन्? कस्तो किसिमको संघीयताको मोडल बनाउने? त्यो महङ्गो व्यस्थाको खर्च कसरी धान्ने? यी प्रश्नको उत्तर छैन उनीहरु सँग भन्नुभयो। १०० जना मध्ये ९९ जनाले सूर्य पश्चिमबाट उदाउँछ भन्दैमा सूर्य कहिल्यै पश्चिमबाट उदाउन सक्दैन ठीक त्यसै गरेर धेरैले भन्दैमा संघीयता नेपालमा लागु हुन नसक्ने भन्दै त्यो संघीयता नेपाल र नेपालीको संमुन्नतिको लागी नभई बिसतारबादका दलालहरुले आफ्नो मालिकलाई खुसी बनाउनले उद्देस्यले नेपनलमा संघीयता भित्राइएको भन्दै त्यसमा अरुहरुले पनि जान अन्जानमा त्यसलाई प्रतक्ष अप्रतक्ष रुपमा सहयोग गरिहेका छन् भन्नुभएको थियो।
नेपालमा मात्र नभई कतारमा पनि माओबादी प्रकाष्टा सिमा नाग्दै गरेको उदाहरण दिदै भन्नुभो मिकरानी, जन प्रगतिशील मञ्च (माओबादी भात्रृ संगठन) का सल्लाहाकार र अर्को एक जना अजिज फोरम समर्थकको मिलेमतोमा १८ जना नेपाली मजदुरहरुलाई ५/६ महिना सम्म तलब नदिने, तलब माग्न गयो भने भोलिपल्ट देखि खाना समेत खान नदिने गरेको र मजदुरहरु राजदुताबासको ढोका घच्घचाउन पुगे पछि राजदुताबासले एक्सन लिन खोज्दा ती बदमासहरुले राजदुताबासका कर्मचारीलाई उनीहरुको नोकरी खुस्काइदिने धम्कि दिदै नेपालमा नेपालका विभिन्न दलहरुका केन्द्रिय कार्यलयमा नक्कली कागत बनाई पठाएको र नेपालबाट राजदुताबास सँग स्पष्टीकरण मागेपछि नेपाली राजदुताबासले कतार नेपाली एकता समाज सँग पनि राय सल्लाहा मागेपछि यी सबै कुरा प्रकाशमा आएको र कतार सरकारबाट सञ्चालित अंग्रेजी दैनिक GULF TIME मा समेत यो न्यूज प्रकाशीत भएको र न्यूज पब्लिस गर्नुभन्दा पहिला गल्फ टाइम्सका प्रतिनीधिहरु पिडीतहरु सँग प्रत्यक्ष रुपमा भेटी सत्य तथ्य बुझेर न्यूज पब्लिस भएको कुरा पनि जानाकारी गराउनुहुदै, यदि कहि कतै त्यस्ता घटना भेटेमा तुरुन्तै एकता समाजको केन्द्रिय समितीमा सम्पर्क गर्न र आफू सक्दो पिडितहरुलाई सहयोग गर्न हलमा उपस्थित कार्यकर्ताहरु माझ आग्रह गर्नुभयो।
अतिथिको आशनबाट भेलालाई शुभकामना दिनु हुदै कतार नेपाली एकता समाजका केन्द्रिय सभापति नर बहादुर थापाले कतार नेपाली एकता समाजको बिगत र वर्तवानको अबस्थाको बारेमा संक्षिप्त जानाकारी गराउदै कतार नेपाली एकता समाजको पहिलो एरिया समिती सनैया रहेको र त्यतिबेला त्यसको नेतृत्व आफै स्वमले गरेको स्मरण गर्दै अहिले यहाँ ४ एरिया समिती र दर्जनौ ईकाई समितीहरु भएको कुरा जनाउदै खुसी व्यक्त गर्नुभयो। कतार नेपाली एकता समाले यसको स्थापनाकाल देखि नै दलालहरु मार्फत नभई सरकारी माध्यम बाटै नेपालीहरुलाई रोजगारीको लागी बिदेश पठाउनु पर्छ भन्ने माग अघि सार्दै, गिरीजा प्रसाद कोइराला प्रधान मन्त्री हुदा नेपालीलाई १०० अमेरिकन डलर भए काफी हुन्छ भनी गरेको सम्झौता सशक्त बिरोध गरेको तर सरकारले यसको सुनुवाई अहिले सम्म नगरेकोले नेपालीहरु बिदेशमा यसरी बिचल्लीमा पर्नु परेको कुरा प्रष्ट्याउनुभएको थियो। माथि उल्लेख गरिएका दुइ जना बदमासहरु (मिकरानी र अजिज) लाई भेटी बीर बहादुर थापा (एमाले निकट सस्थाबाट) र आफू स्वयम ले राम्रो सँग हपारेको तर त्यसपछि उनीहरु सच्चिन छोडेर हामी माओबादी हो हाम्रो बिरोध गर्नेलाई कतारमै सडाइदिन्छौं भन्दै पिडित मजदुरहरुलाई आतंकित पार्ने गरेको र नेपालबाट आफ्नो पार्टीको फोर्स समेत लगाउने गरेको कुराको जानाकारी गराउदै ती बदमासहरुलाई चिन्न, चिनाउन र तिनीहरुको बिरुद्धमा उत्रिन कार्यकर्तालाई निर्देशन दिनुभयो। कतार नेपाली एकता समाजले विभिन्न राजनैतिक मुद्धाहरुपनि उठाउने गरेको, संघीयताको त झनै खुलेरै बिरोध गर्ने गरेता पनि कतार नेपनली एकता समाज कुनै राजनैतिक पार्टीको भात्रृ संगठन नभएको कुरा स्पष्ट पार्नुभयो। कतार नेपाली एकता समाजले राष्ट्रिय जनमोर्चालाई नैतिक समर्थन दिने गरेको र यही नैतिक समर्थनलाई आधार मानी “कतारमा रा.ज.मो मा दुई चिरा” भनि केही पत्रकारले उटपट्याङ समचार बनाउने गरेको पाइएको छ, त्यो भ्रममा कोही पनि नपर्न सबैलाई आग्रह गर्नुभयो। कतार नेपाली एकता समाजले संघीयताको बिरोध गर्दै गर्दा केही साथीहरुले यथास्थितिबादी समेत भन्ने गरेका छन् तर कुरा त्यसो नभइ हामी सँग संघीयताको बिकल्प भएकाले संघीयताको बिरोध गरेका छौं। यदि कसैलाई कतार नेपाली एकता समाज सँग भएको बिकल्प भन्दा संघीयता ठीक लाग्छ भने आउनुस टेवल टकमा, हामी छलफल गर्न तयार छौं। तर तपाईहरु त्यसरी वार्तामा आउदा कपोकल्पित भ्रमहरुका साथ नभइ स्पष्ट खाका सहित आई तुलनात्मक रुपमा हामी सँग भएको बिकल्प भन्दा संघीयता ठीक भएको प्रमाणित गर्न सक्नुपर्छ यदि त्यसो गर्नसक्नुभयो भने हामी त्यसै बेला देखि संघीयता स्वीकार गर्न तयार छौं होइन भने यो कपोकल्पित तथा बिस्ताबादी भ्रामक जालमा कसैलाई नपार्न र त्यसबाट आफू पनि बच्न सबैलाई आग्रह गर्नुभयो।
अहिले त केही जनजाती साथीहरुले संघीयतालाई अधिकारको बाहक भनि बुझेकाछन्, जातीय राज्यले नै हाम्रो अधिकारको सुनिश्चित गर्छ भन्ने भ्रम परेको छ। त्यसो होइन साथीहरु हो, म पनि जनजातीको छोरा हुँ। मैले जातीय संघीयताको बिरोध मलाई आफ्नो अधिकार नचाहिएकोले गरेको होइन बरु जातीय संघीयताले जाती जाती बिचको दुरी बढाउने, जातीय सदभाव खलबलाउने, हाम्रो भन्नुपर्ने ठाउँमा तेरो र मेरो भन्नुपर्ने अवस्था आउने, नेपाल भन्नु पर्ने ठाउँमा आ-आफ्नो संघको नाम ल्याउनुपर्ने अवसरबादी मिचाहा छिमेकी सँग अलग अलग भएर लड्न गाह्रो हुने, एयटा फूलको मालालाई थुङगा थुङ्गामा टुक्रउनु पर्ने, जातीय संघीयतामा गैसकेपछि पनि तिनै समान्त फटाहाहरुले नै रजाईँ गर्ने भएकाले अनि हाम्रो मुक्ति जातीय आन्दोदनबाट नभइ बर्गिय आन्दोलनमा मात्र हुने हुँदा यो जातीय संघीयताको बिरोध गर्ने गरेको हुँ। कतार नेपाली एकता समाजले अधिकार दिलाउनेको बिरोध गरेको छैन, बरु अधिकार स्थानिय तहसम्म, सर्वसाधारणको पउँच सम्म पुग्ने सम्म हुनुपर्छ भनी लडीरहेको छ। कतार नेपाली एकता समाजले संघीयताको बिरोध त्यसै गरेको छैन, कतार नेपाली एकता समाज संघीयताको बिरोध सार्वभौम सत्ता विभाजन हुन नदिनका लागी, आफू-आफूमा हुनसक्ने बितृष्णा कलह बाट जोगाउनको लागी, राष्ट्रिय भावनालाई बचाउनको लागी गरेको हो। सर्वसाधारणलाई अधिकार सम्मन्न गर्नको लागी समानुपतिक रुपमा स्थानिय स्तरमा अधिकारको बाँडफाँड गर्नको लागी पूर्ण बिकेन्द्रिकरणमा आधारित स्थानिय स्वशासन हुनु पर्छ त्यहाँ संघीयताको कुनै अर्थ हुदैन भन्दै संघीयता एउटा सिङ्गै नेपाललाई बिस्तारबादीले हिलाउन नसकेकोले टुक्रा-टुक्रा पारेर आफ्नो पकडमा लिनको लागी आफ्ना दलाल मार्फत चालिएको चाल हो सबैको चेतना खुलोस् भन्दै अव बन्ने नयाँ समिती संघीयताको बारेमा सबैलाई सचेत गराउन, कतारबासी नेपालीहरुका हरतरहका समस्याहरु सँग जुध्न सक्ने बनोस भन्ने शुभकामना लिनुभयो।
कतार नेपाली एकता समाजका केन्द्रिय उपाध्यक्ष हेमन्त वाइवाले अतिथिको आशनबाट भेलाको सफलताको शुभकामना दिनु हुदै कतार नेपाली एकता समाजले शुरुमा एरिया समितीहरु निर्माण गर्दाको अवस्था र अहिलेको अवस्थाको तुलना गर्दै, कतार नेपाली एकता समाजमा बिगतमा पनि कैयौं पटक विभिन्न बाहानामा यसको बदनाम गर्ने प्रयास गरिए र अहिले ती एकहुलेहरु पनि त्यस्तै गर्ने दुष्प्रयास गरेका थिए भन्दै कतार नेपाली एकता समाजलाई एउटा आलुले एक बोरा आलुलाई बिगार्ने भए जस्तै बिगार्न उनीहरु तम्सेका थिए तर कतार नेपाली एकता समाजले कुहेका आलुहरुको पहिचान तुरुन्तै गर्न सकेकाले ती कुएका आलुले केही असर पार्न सकेनन् भन्दै एकहुलेलाई गरिएको कार्वाही कुहेका आलु फ्याकिएको मात्र हो भन्नुभयो। अहिले केही जनजातीहरुले जातीय आत्मनिर्णयको अधिकार सहितको संघीयताको कुरा गरेका छन्। यो एक तर्फी बुझाई मात्र हो, संयूक्त राष्ट्रसंघको बढापत्रमा लेखिएको जनजातीको अधिकार उल्टो बुझ्ने काम भएको छ। त्यहाँ भएको Nation को अर्थ जाती हो भनेका छन् तर त्यहाँ राज्यको लागी नेशन भन्ने शब्द प्रयोग गरिएको छ। त्यो बढापत्रले जनजातीलाई देश टुक्रउने अधिकार दिएको छैन, त्यसले त जनजातीलाई अधिकार दिने कुरा गरेको छ। जनजातीलाई अधिकार सम्पन्न गराउन संघीयताको जरुरत पर्दैन, त्यसको लागी समानुपातिक अधिकार दिइनुपर्छ। कसरी के अर्थ लगाउन पुगे ती हाम्रा जनजाती साथीहरु अनि के बुझे माओबादीहरुले मलाई थाहा छैन भन्नु भयो।
सम्मेलन सफलताको शुभकामना दिनुहुदै केन्द्रिय सचिपालय सदस्य अर्जुन थापाले मानव जीवनको सटिक ब्याख्या गर्दै भन्नुभो, हामी ७०।८० बर्ष बाँचे पनि हामीले काम गरेर खाने समय भनेको २५/३० मात्र हो। यो २५/३० बर्षको अबधी भनेको २० देखी ५० बर्ष सम्मको अबधी हो, त्यस भन्दा अघी हामी बच्चा नै हुन्छौ भने पछि बुढो हुन्छौ। यही अबधीमा नै हामी के बन्ने हो, के काम गर्न सक्छौं यसै समयमा नै गर्नुपर्छ भन्दै कतार नेपाली एकता समाज भनेको एउटा व्याक्तिगत अनि सामुहिक संस्था पनि हो भन्नुभयो। कतार नेपाली एकता समाज व्याक्तिगत यस मानेमा हो की यसले व्याक्तिगत जीवनमा आईलाग्ने समस्याहरु सँग लड्न सिकाउँछ, बिलकुल पारिवारिक समस्याहरु कसरी समाधान गर्ने भन्ने कुरा पनि यसले सिकाउछ। त्यस्तै सामुहिक यस अर्थमा हो की कतार नेपाली एकता समाजले यदि मजदुरहरु माथी कतारमा मात्र नभइ अमेरिका भारतमा पनि दमन हुन्छ भने त्यसको सामूहिक बिरोध गर्छ र मजदुरहरुको पक्षमा आवाज उठाउछ भन्नुभयो। कतार नेपाली एकता समाजबाट एकहुले भइ गएका मध्ये सी.सी. सुबेदी र रामलाल खनालको कतार नेपाली एकता समाजमा केही योगदान नभएको अनि किषन के.सी. सन २००४ तिर कतार नेपाली एकता समाजमा केही सामान्य योगदान रहे पनि आफूले गरेको गल्ति स्वीकार गर्न नसक्दा पटके कार्वाहीमा पर्ने गरेका हुन भन्नुभयो। त्यसैले तिनीहरु यहाँबाट निस्किदैनमा कतार नेपाली एकता समाजमा त्यसको कुनै असर परेको छैन भन्नुभयो। जसलाई कार्वाही गरिएको छ तिनीहरुलाई कार्वाही गर्नै पर्ने भएपछि मात्र कार्वाही गरिएको स्पष्ट पार्नुभयो। त्यस्तै रक्तिम सास्कृतिक अभियानबाट गएका दुइ जना, बलदेव राना र हुमाकान्त आचार्य एकहुलेहरुको पिछलग्गु भएकाले केही समयको लागी पदबाट हटाइएको हो भने तिलबिक्रम थेवेहरु त बच्चा हुन बच्चा तिनीहरुलाई सस्थाको बारेमा केही जानाकारी नभएको अवगत गराउदै, कलम चलाउन इच्छुक भएकोले पत्रकारीताको लागी हामीले नै निवेदन दिएका थियौ तर दःखको कुरा उनलाई त्यो पाच्य भएन भन्नुभयो। एकहुलेका माहासचिब बनाइएका हिमाल बिक्रम सिंह कतारमा ५ बर्ष सम्म रहँदा सम्म एकदिन पनि संगठनको लागी कुनै पनि काम नगरेको स्पष्ट पार्दै अन्य जिम्मा दिएकाहरुको पनि अबस्था त्यस्तै छ भन्नुभयो। कतार नेपाली एकता समाजले निकट भविश्यमा नै देशको वर्तमान अवस्था, कतारमा नेपालीहरुका समस्था र कतार नेपाली एकता समाजले खेल्नुपर्ने भुमिकाको बारेमा कार्यकर्ता हरुलाई सचेत गराउन केनद्रिय समितिको आयोजनामा पर्शिक्षण कार्यक्रमहरु सञ्चालन गरिने कुराको पनि जानाकारी गराउनु भयो।
कतार नेपाली एकता समाजका पूव सभापति तथा केन्द्रय सचिपालय सदस्य चन्द्र बहादुर नेपालीले अतिथिको आशनबाट सम्मेलन सफलताको शुभकामना दिनुहुदै कतार नेपाली एकता समाजले आफ्ना सफलताका खुट्किला पार गर्ने क्रममा अहिले कतार भरी नै सम्मेलन र भेला सम्मपन्न भैरहेकाछन् र त्यसैक्रममा आज यहाँ यो भेला सम्पन्न हुन गैरहेको छ भन्नुहुदै कतार नेपाली एकता समाज फुटेको भनी जुन हल्ला फिजिएको छ त्यसमा कुनै तुक नभएको स्पष्ट पार्नुभयो। कतार नेपाली एकता समाजको ३५ जनाको बोडीबाट ३ जनाले संगठनमा गद्धारी गरेकाले कार्वाही गरी फ्याँकिएका मात्र हुन त्यहाँ फुटेको भन्ने शब्द नै राख्न मिल्दैन भन्नुभयो। को हुन सी.सी. सुबेदी? सी.सी. सुबेदी मिडीयामा फिजाइएको हल्ला जस्तै वामपन्थी बुद्ढीजिवी नभइ लागु पदार्थ ओसार पसार गर्ने अन्तराष्ट्रिय तस्करहरु सँग सम्पर्क भएका मान्छे हुन र १० बर्ष सम्म त्यही कार्वाहीमा परेका मान्छे हुन। उनले कतार नेपाली एकता समाजलाई म बिगतको गल्तीलाई सच्चाउन चाहन्छु संगठनमा काम गर्न चाहन्छु भन्ने बेहोराको लिखित निवेदन पछिमात्र सस्थामा प्रवेश गराइएको थियो तर उनी सच्चिन चाहेनन् तर उल्टै एकता समाजको बदनाम गर्न थालेकाले पूनः कार्वाहीमा परेका हुन। त्यस्तै किषन के.सी. ले ३ बर्ष पहिला यही कतारमा भिसाको कारोबार गरी सर्वसाधारणलाई बिचल्लीमा पारेकाले कार्वाही गरी फ्याँकिएको थियो, उनी पनि सुध्रिन चाहेकोले प्रवेश गाराइएको थियो। तर उनी आफ्नो बानी सुधारेनन्, पद पाए काम गर्ने नत्र काम नगर्ने रे! ब्यक्तिगत फाइदा भए काम गर्ने नत्र नगर्ने रे! यसै कारणले उनी कार्वाही पर्नु परेको थियो भन्नुभयो। रामलाल खनाल ले त झन बिगतमा पनि यस्तै गतिविधी गर्ने गरेको पछि मात्र थाहा हुन आएको छ र अहिले पनि उनले सर्वसाधारणबाट मासिक रुपमा पैसा उठाउने, उठेको पैसाबाट मासिक १००० रियल आफ्नो तलब स्वरुप राख्ने र बाँकी रहेको पैसाबाट आफैले बैंक सञ्चालन गरी तिनै सर्वसाधारणलाई ब्याजमा पैसा लगाउने जस्तो दलाली कार्य गरिरहेकोले कार्वाहीमा परेको खुलस्त पार्नुभयो। भने अन्य १/२ जना यिनै ३ जनाको भ्रममा रुमल्लिएकोले सुध्रिने मौका दिनको लागी केही समयको लागी कार्वाही गरिएको स्पष्ट पार्नुभयो। देशको तात्कालिन अवस्था माथी प्रकाश पार्दै बिस्तारबादका जल्लादहरुले नेपाली सिमाभित्र पसी मनपरी गरी रहदाँ प्रराष्ट्रमन्त्रीले केही पनि भएको छैन मिडियाले चलाएको हल्लामात्र हो भनेको कुरा प्रति खेद ब्यक्त गर्नु भयो। जहाँ की त्यसबेला दाङ जिल्लामा भारतीयहरुले आतंक फैलाएका थिए भने स्थानीय बासिन्दामा भागा भाग मच्चिएको थियो, उनीहरु लुटिएका थिए, कुटीएका थिए जंगलमा बास बस्नु परेको थियो तर प्रराष्ट्रमन्त्रीको त्यस्तो अभिब्यक्ति के देशको हितमा थियो? त्यस्तै माओबादीले ल्याएको जातीय संघीयताको पनि कटाक्ष गर्नुहुदै संविधानमा जातीय भेदभाव को अन्त्य गर्ने रे अनि फेरी त्यही जाती जातीमा कलह ल्याउने जातीय संघीयतामा देश टुक्राउने रे यो कस्तो साम्यबादी नियम हो भनि प्रह्न गर्नुभयो। बिदेशमा भएका नेपालीहरुलाई संविधान सभाको चुनाब मा सहभागी नगराउने सरकार र सात दलको रबैयाको पनि खुलेर बिरोध गर्नुभएको थियो।
कार्यक्रममा अन्य एरियाबाट प्रतिनीधीहरुले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो। यसै क्रममा सनैया बी का प्रतिनीधी पूर्णसिंह बि.क.ले भेलाको सफलताको शुभकामना दिनु हुदै कतारमा कार्यरत धेरै नेपाली मजदुरहरुले ५५ डिग्रीको घाममा गैंची बेल्चा सँग खेल्नुपरेको छ। ५/६ महिना सम्म तलब मिलेको छैन, विभिन्न बाहनामा घर पठाउँदा समेत मजदुरहरुले पाउनु पर्ने सुविधा नदिने गरेका छन् सबै मजदुरहरुलाई आफूहरुलाई मिल्नुपर्ने तलब सुबिधा बारेमा अब बन्ने नयाँ समितीले सचेत गराउन सकोस भनी शुभकामना दिनुभयो। त्यस्तै डी एरिया प्रतिनीधि पशुपति शर्माले कतार नेपाली एकता समाज बाट कार्वाही गरि फ्याकिएकाहरुले अहिले कतार नेपाली एकता समाजको बदनाम गरिरहेकाले तिनीहरुको भण्डाफोर गर्न र कतार स्थिति नेपालीहरुलाई सचेत गराउँन कतार नेपाली एकता समाज झनै सशक्त, झनै जुझारु हुनुपर्ने आवश्यकता छ र नयाँ बन्ने समिती त्यस्तै सशक्त बनोस् भनी शुभकामना दिनुभयो। दोहा एरियाबाट आउनुभएको एरिया प्रतिनीधि खिम बहादुर बुढामगर ले सनैया ए ले शुरु देखि नै सबै कुराहरुमा सक्रिय सहभागीता दिदै आएको र अब भन्ने नयाँ समिती अझ उच्च रुपमा सहभागीता जनाउन सकोस् भनी शुभकामना दिनुभयो। त्यसैगरी सनैया सी एरियाबाट आउनुभएको एरिया प्रतिनीधि नर बहादुर बि.क.ले कतार स्थित मजदुरहरुको चेतना स्तर उठाई देशको अग्रगामी र आमुल परिवर्तनको लागी देश फर्किन सक्ने वातावरण बनाउने जिम्मा पनि कतार नेपाली एकता समाजको काँधमा रहेकाले अब बन्ने नया समिती यस कुरामा पनि सचेत रहन सकोश भनि शुभकाना दिनुभएको थियो। त्यस्तै अलसलाल पेट्रोल पम्प एरिया का प्रतिनीधि टुकबहादुर थापाले पनि भेलाको सफलताको शुभकामना दिनुभएको थियो।
यो समचार सम्पदक ज्यू सँग पुगेमा पत्र पत्रिकामा र अनलाइनहरुमा प्रकाशीत गरीदिनुहोला। लेखकः ताराश्वर शर्मा, दोहा कतार

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika