न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास / INLS) केन्द्रिय समिती र न्यू योर्क च्याप्टरद्वारा आयोजना गरिएको प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन न्यू योर्कको अस्टोरियास्थित चियान फेडेरेसन सभा कक्षमा शनिबार सम्पन्न भएको छ।सम्मेलनको सुभारम्भ बिहान १० बजे श्री १०८ स्वामी आत्मानन्द गिरिजी (देबघाट्धाम, नेपाल) द्वारा मंगलाचरण र प्रमुख अतिथी डा. गोबिन्दराज भट्टराईद्वारा पानसमा दीप प्रज्वलित गरी शुरु गरिएको थियो।पाँच भागमा बाँडिएको उक्त सम्मेलनको पहिलो सत्र अर्थात उद्घाटन समारोह पुरस्कार बितरण र पुस्तक बिमोचन कार्यक्रमको सभापतित्व अनेसासका केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत (जापान) ले गर्नु भएको थियो भने स्वागत मन्तब्य अनेसास न्यू योर्क च्याप्टर कि अध्यक्ष गीता खत्रीले गर्नु भयो।अनेसास केन्द्रिय उपाध्यक्ष तथा सम्मेलन संयोजक भारती गौतमले सम्मेलनबारे प्रकाश गर्नु भयो भने होमनाथ सुबेदीले प्रेसित शुभकामना मन्तब्यहरु पढेर सुनाउनु भयो।
यसपालिको 'खेमलाल हरिकला लामिछाने पुरस्कार' डा. गोबिन्दराज भट्टराईलाई नेपाली डायस्पोराका नेपाली भाषाका साहित्यकार र कृतिमा गरिएको अनुसन्धानका लागि प्रदान गरियो। यस पुरस्कारको राशी अमेरिकि ५०० डलर र प्रसंशा पत्र रहेको छ।
त्यसैगरी, एनआरएन (NRN) को 'न्रिपध्वज कार्की नेपाली साहित्य पुरस्कार' मस्कोका नेपाली साहित्यकार कृष्णप्रकाश श्रेष्ठलाई नेपाली डायस्पोरामा गरेको साहित्य श्रीजनाको सर्बोत्तम योगदानका लागि प्रदान गरियो। यस पुरस्कारको राशी अमेरिकि ५०० डलर र प्रसंशा पत्र रहेको छ।
अमेरिकाका नेपाली साहित्यकार होमनाथ सुबेदीलाई अस्विक्रित साहित्य बिचार गुठीको 'अस्विक्रित साहित्य बिचार सम्मान पत्र' प्रदान गरियो।समारोहमा अनेसास गण्डकी अञ्चल उत्क्रिस्ठ पुस्तक पुरस्कार अमेरिकाका नेपाली साहित्यकार नगेन्द्र न्यौपानेलाई 'अन्तिम घुट्को' कथा संग्रहका लागि प्रदान गरियो। यस पुरस्कारको राशी अमेरिकि २०० डलर र प्रसंशा पत्र रहेको छ।
यो सत्रमा शेखर ढुङ्गेलका 'सय कबिता' को बिमोचन प्रमुख अतिथी डा. भट्टराईले गर्नु भएको थियो।
समारोहको अन्तमा केन्द्रिय कोशध्यक्ष कमला प्रसाइले कार्यक्रमको धन्यवाद ग्यापन गर्नु भयो भने शिव प्रकाशले समारोहको सन्चालन गर्नु भएको थियो।यो सत्र डा. गोबिन्दराज भट्टराईको सभापत्वबाट शुरु भयो भने सन्चालन सुमनराज तिमसिनाले गर्नु भयो।
कार्यपत्र प्रस्तोताहरुमा बसन्त श्रेष्ठ (अमेरिका) ले "नेपाल बाहिर नेपाली भाषाको महत्व, आवश्यकता र यसका सम्भाब्य पूर्वधार हरु", प्रा. जयनारायण लुइटेल (भारत) ले "असमको नेपाली जनजीवन निर्माणमा समाज, साहित्य र राजनीतिको भूमिका", कृष्णप्रकाश श्रेष्ठ (मस्को) ले " युरोपिय डायस्पोरामा नेपाली भाषा र साहित्य" र प्रा. घनश्याम कंडेल (नेपाल) ले "नेपाली समालोचनाको बिकास परम्परा" प्रस्तुत गर्नु भयो।यि प्रस्तुतीहरु उपर डा. गोबिन्दराज भट्टराई (नेपाल) ले समग्र समालोचना र अन्तमा तेश्रो सत्रको समापन गर्नु भयो।
डा. शिव गौतमको सभापतित्वमा निलम कार्की 'निहारि'काद्वारा सन्चालन गरिएको यो सत्रको मुख्य अतिथी हुनुहुन्थ्यो- नेपालबाट यसै साहित्य सम्मेलनका लागि आउनु भएका चर्चित साहित्यकार, कबि गोबर्धन पूजा।कथा, निबन्ध लगायत अन्य बिधालाई स्थान नदिइएको यो गोस्ठीमा कबिता, गजल पाठ गर्ने कबिहरुको लस्कर चाँही निक्कै लामो थियो। जस मध्ये हुनुहुन्थ्यो-
Akhil Thapa, Kalpana Satyal, Gobinda Koirala, Binod Roka, Parita Rajabhandari, Bikash Bista, Anant Risal, Punam Paudel, Krishnamurari Dhungel, Rajani Shrestha, Dipak Khadka, Hariprasad Kafle, Dr. Jyoti Acharya, Rabindra Shrestha, Kriti Gyawali, Kalpana Subedi, Kunti Thapa, Sushil Tamrakar, Rajendra Shrestha, Pushpa Sharma, Sarad Niraula, Santosh Thapalia, Sagadev Paudel, Sita Kharel, Prathaa Magar, Mani Bangdel, Uttambabu Shrestha र Gobardhan Puja ।
नेपालबाट आउनु भएकी साहित्यकार इल्या भट्टराईलाई उनको कथा पढ्न नदिएपछि उनले मन्त्बय दिनु परेको धेरै लाई मन परेन।उता कतिपय कबिहरुले कबिता पढ्न भनेर ल्याएको कबिता पढ्न नपाएपछि निक्कै ठुस्सिएका थिए। त्यसो त सन्चालिका निलम आँफैले पनि कबिता पढिनन्।
कबिता र अन्य बिधाका रचना पढ्न नपाउनेहरु झोकिएको थाहा पाएपछि उनले आफ्नो छोरो, बाल कबि हिमांशु कुवरलाई कबिता पढ्न नदिएपछि ठुस्सिएर अर्को कोठामा गएर बसेको कहानी सुनाउँदा भने सबैलाई घत परेको भान हुन्थ्यो।
यो समारोहसम्म आइपुग्दासम्म बेलुकाको साढे पाँच बजी सकेको थियो। अमेरिकाको कोलोराडो निवासी साहित्यकार ज्ञानेन्द्र गदालको सभापतित्वमा सम्पन्न यो सत्रको सन्चालन पुरु सुबेदीले गर्नु भएको थियो।
न्यू योर्क, फोलोरिडा, बोस्टोन, न्यू जर्सी, भर्जिनिया लगायतका शाखाहरुका अध्यक्षहरुले पेश गरेको प्रगती विवरणहरु जानकारी मुलक भएपनि समारोहमा सहभागिहरु चाँही एक आपसमा फोन र ईमेल साटासाट गर्न ब्यस्त देखिन्थे।
अन्तमा अनेसास कि केन्द्रिय उपाध्यक्ष तथा सम्मेलन संयोजक भारती गौतमले धन्यवाद ज्ञापन गर्दै सम्मेलनको बिधिबत समापन गर्नुभएको थियो।
सम्मेलनको अँध्यारो र उज्यालो पक्ष
करिब ८० जना साहित्यकारहरुको जमघट भएको उक्त सम्मेलनमा न्यू योर्कबासी साहित्यानुरागीहरु कै उल्लेख्य उपस्थिती हुन सकेन।सहभागीहरु मध्ये कोहीले 'एक दिने सम्मेलनमा कार्यपत्रहरुको ओइरो लगाउनु हुन्थेन' भने । कोहिले टिप्पणी गरे- 'कबिता मात्र किन पढ्न दिइयो ? के अरु साहित्य बिधा साहित्य होइनन् त? यस्ता सम्मेलनले नसमेटे कस्ले, कहिले समेट्ने?'
एक सहभागिले नाम उल्लेख नगर्ने शर्तमा दुइटा गैर अनेसास पुरस्कार बिना प्रसंग यो समारोहमा पुन: दिइएकोमा दुखेसो गर्दै भने-" मैले पाएको एउटा पुरस्कार पनि यहाँ फेरी मन्चन गर्न ल्याएको भए हुने रहेछ।"
कामको चाँजोपाँजो र फत्ते गर्ने जिम्मा पाएको न्यू योर्क च्याप्टर र बोस्टोनबाट आउनु भएकी सम्मेलन संयोजक बिच तारताम्य नहुँदा संयोजक गौतमले हचुवाको भरमा सहयोगी "सबैलाई" भन्दै धन्यवाद ज्ञापन गरेको सुनियो।
उता र्यापोर्टरको रुपमा कार्यतालिका पत्रमा नाम उल्लेख भएपनि समय मै सुचित नगरेका कारण उत्तमबाबु श्रेष्ठ, प्रदिप थापा, सन्तोष थपलिया, मणी बाङ्देल र सरोज अर्यालले जिमेवारी निभाउने मेसो गरेको देखिएन।
उता प्रबेश शुल्क २५ अमेरिकि डलर अचाक्ली भा' को भन्दै झन्डै डेढ दर्जन मान्छेहरु भित्रै नपसी फर्केको पनि देखियो। एक सहभागिले भने -'अनिबार्य गर्नु भन्दा इच्क्षा माफिकको प्रबेश शुल्क राखेका भए राम्रो हुन्थ्यो।'
"एक जुगमा एक पटक आउने" यस्तो कार्यक्रममा आयोजकहरुले राम्रो समन्बय गर्न सकेका भए सम्मेलन अझ प्रभाबकारी हुन सक्थ्यो।
एक थरी साहित्यकारहरु जानाजान सम्मेलनमा सहभागि नभएको कुरो आयोजकहरुलाई सतप्रतिसत थाहा छ। छातीमा हात राखेर आत्मालोचना गर्न सके आगामी सम्मेलन असन्तुस्ट साहित्यकारहरुको पनि आवाज घन्किने थलो बन्न सक्थ्यो। कठै, होला के?
तर बिभिन्न कमी कम्जोरीका बाबजूद सम्मेलन सुचारु हुनु एक साकारात्मक कदमको रुपमा लिनै पर्ने हुन्छ। बर्गत अनुसारको सम्मेलनको आयोजना गर्न सफल भएकोमा अनेसास बधाईको पात्रो चाँही जरुर भएको छ। जय होस्।

0 comments:
Post a Comment