श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Thursday 13 August 2009

प्रधानमन्त्रीसँगै भारत जान जम्बो टोली तयार


साउन २९- प्रधानमन्त्री माधवकुमार नेपाल छ दर्जनभन्दा बढी सरकारी अधिकारी, व्यवसायी, सञ्चारकर्मी लगायतको जम्बो टोलीको नेतृत्व गरी आगामी साता भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री कार्यालयले भने भ्रमण टोली अहिलेसम्मकै सानोमध्ये एक हुने दाबी गरेको छ।स्रोतहरूका अनुसार प्रधानमन्त्रीले नेतृत्व गर्ने सरकारी टोलीमा ६ मन्त्रीसहित झण्डै दुई दर्जन उच्चसरकारी अधिकारी, आधी दर्जन उद्योगी-व्यवसायी, डेढ दर्जन सञ्चारकर्मी, अंगरक्षकसहित ७० जना नाघ्नेछ। यस अतिरिक्त निजी खर्चमा झण्डै दुई दर्जन उद्योगी व्यवसायी प्रधानमन्त्रीसँगै भ्रमणमा सहभागी हुनेछन्।सरकारी खर्चमा जानेहरूको सूचिमा बुधबारसम्म ६५ जना पुगिसकेका छन्। स्रोतहरूले सरकारी समाचार संस्था राससका प्रतिनिधिलगायत केहीको नाम प्राप्त नभएकाले यो संख्या ७० नाघ्ने बताए। '६५ अन्तिम संख्या होइन' स्रोतले भन्यो, 'यसमा अझै नाम थपिने क्रम जारी छ।'नेपालले भारतीय समकक्षी मनमोहन सिंहको निमन्त्रणामा भदौ २ देखि पाँच दिने भ्रमण गर्दैछन्। प्रधानमन्त्रीका हैसियतमा पहिलो चोटी हुन लागेको भारत भ्रमणमा नेपालसँगै परराष्ट्रमन्त्री सुजाता कोइराला, अर्थमन्त्री सुरेन्द्र पाण्डे, उर्जामन्त्री प्रकाशसरण महत, वाणिज्यमन्त्री राजेन्द्र महतो, पर्यटनमन्त्री शरदसिंह भण्डारी र उद्योगमन्त्री महेन्द्र राय यादव सहभागी हुनेछन्। उनीहरूले नेतृत्व गरेका मन्त्रालयका सचिव र अन्य वरिष्ठ कर्मचारी पनि जानेछन्।प्रधानमन्त्रीपत्नी गायत्री नेपाल, प्रमुख राजनीतिक सल्लाहकार रघु पन्त, परराष्ट्र सल्लाहकार राजन भट्टराई, सञ्चार सल्लाहकार विष्णु रिजाल, दुई अङ्गरक्षकलगायत भ्रमण दलमा छन्।प्रधानमन्त्रीको भ्रमणमा मुख्य सचिव जाने प्रचलन विरलै भएपनि माधव घिमिरे भ्रमणमा सँगै हुनेछन्। विशेषगरी पूर्वमुख्य सचिव भोजराज घिमिरेको पालादेखि मुलुकको प्रशासन प्रमुख पनि प्रधानमन्त्री विदेश जाँदा सँगै जाने प्रचलनै बनेको छ। पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालका अधिकांश विदेश भ्रमणमा घिमिरे सँगै थिए। गत महिना असंलग्न शिखर सम्मेलनमा भाग लिन इजिप्ट जाँदासमेत उनी प्रधानमन्त्री नेपालसँगै थिए।सरकारी खर्चमा प्रधानमन्त्रीसँगै जाने व्यवसायीहरूमा उद्योग-वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी, नेपाल उद्योग परिसंघका अध्यक्ष तथा सभासद् विनोद चौधरीसहित ६ जना हुनेछन्।मुख्य-मुख्य समाचारपत्र तथा पत्रिकाका सम्पादक, सरकारी सञ्चारमाध्यमका प्रतिनिधिहरू, पत्रकार महासंघ, साप्ताहिक पाक्षिक सञ्जालका प्रतिनिधि गरी डेढ दर्जन सञ्चारकर्मीको नाम सूचिमा छ।प्रधानमन्त्रीका सञ्चार सल्लाहकार विष्णु रिजालले सञ्चारकर्मी र उद्योगी व्यवसायीलाई सरकारी टोलीमा समावेस गर्न नमिल्ने बताउँदै भ्रमण दल सबैभन्दा सानोमध्ये एक हुने दाबी गरे। सरकारी खर्चमा गए पनि सञ्चारकर्मीलाई सरकारी टोलीमा नगनिने उनले बताए।गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सञ्चारकर्मी र निजी खर्चमा गएका उद्योगी-व्यवसायीबाहेक ४३ जनाको टोलीको नेतृत्व गरी भारत भ्रमणमा गएका थिए। 'यो पटक संभवतः त्यो संख्या नाघ्दैन' भ्रमणमा जानेहरूको नाम एकिन भइनसकेको उल्लेख गर्दै उनले थपे, 'बिहीबार सम्ममा टुङ्गो लाग्न सक्छ।'प्रधानमन्त्री नेपालले आफ्नो आसन्न भारत भ्रमणबारे मन्त्रीहरूसँग बुधबार साँझ छलफल गरेका छन्। भ्रमणका एजेण्डा र समन्वय चुस्त होस् भन्ने उद्धेश्यले उनले भ्रमणमा सहभागी हुने मन्त्रीहरू, सचिवहरूलगायतसँग छलफल गरेका हुन्।भ्रमणमा नेपालसँगै परराष्ट्रमन्त्री सुजाता कोइराला, अर्थमन्त्री सुरेन्द्र पाण्डे, उर्जामन्त्री प्रकाशसरण महत, वाणिज्यमन्त्री राजेन्द्र महतो, पर्यटनमन्त्री शरदसिंह भण्डारी र उद्योगमन्त्री महेन्द्र राय यादव सहभागी हुनेछन्। उनीहरूले नेतृत्व गरेका मन्त्रालयका सचिव र वरिष्ठ कर्मचारी पनि सँगै जानेछन्।बुधबारै साँझ प्रधानमन्त्री नेपालले उद्योगी व्यवसायीसँग पनि भ्रमणलाई दुई देशबीचको व्यापार घाटा न्यून गराउनमा कसरी उपलब्धीमूलक बनाउन सकिन्छ भनेर छलफल गरेका छन्।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika