एम.बि.साँवालिम्बु दोहा कतार
किरात याक्थुङ चुम्लुङ कतार, लिम्बु साँस्कृतिक परिषद कतार र नेपाल प्रवासी सरगम संगीत कतारको आयोजनामा ०८ अगष्ट २००९ सनिबारको दिन सनैया स्थित १७ नं.मा एक औपचारिक समारोह बिच बिदाई कार्यव्रुम सम्पन्न भएको छ । कि.या.चु. कतारको केन्द्रिय समितीका सदस्य श्री राम प्रसाद आङबोहाङ्ग लिम्बु ज्यु कतार नफर्किने गरि स्वदेश अथवा नेपाल जान लाग्नु भएको हो । केहि समय देखि रोजगारीको व्रुममा कतारमा हुनुहुन्थ्यो । दोहा कतारको बसाईको अन्तरालमा वहाँले कि.या.चु. कतार संग आवध्द रहेर समाज सेवामा एकदमै सकृय रुपमा कार्य गर्नु भएको थियो । समाज सेवाको अलावा वहाँ एक राम्रो कलाकार पनि हुनु हुनुन्थ्यो । किरात याक्थुङ चुम्लुङ कतारको संरक्षकत्वमा स्थापना भएको साँस्कृतिक समुह लिम्बु साँस्कृतिक परिषद कतारका सदस्य र सांगितिक समुह नेपाल प्रवासी सरगम संगीत कतारको उपाध्यक्ष हुनुहुन्थ्यो । यसरी बिभिन्न संघ संस्थाहरु संग आवध्द रहेर समाज सेवा र लिम्बु जातीहरुको भाषा लिपी भेषभुषा धर्म कला संस्कृति र परम्पराको संरक्षण सम्बर्धन गर्ने कार्यमा ठुलो योगदान पुर् याउदै आउनु भएको थियो । यसरी नै बिभिन्न समयमा दोहा कतारमा गरिदै आईएको नेपालीहरुको जातिय चाडपर्व र साँस्कृतिक कार्यव्रुमहरुमा वहाँले आफ्नो सहभागिता जनाई उत्कृष्ट प्रदर्शन गर्दै आउनु भएको थियो । यस अघि नेपाल पर्यटन महोत्सवको अवसरमा दोहाको रमादा होटलमा आयोजना गरिएको नेपाली साँस्कृतिक झाँकी नेपाल प्रवासी आदिबासी जनजाती महासंघ दोहा कतारले आयोजना गरेको चौधौ बिश्व आदिबासी दिवसको कार्यव्रुम र कि.या.चु. कतारको आयोजनामा मनाईएको लिम्बुहरुको महान चाड चासोक तङनाम लगायत बिभिन्न कार्यक्रमहरुमा नेपाली मौलिकता झल्कने च्याब्रुङ नाच धान नाच पालाम र हाक्पारे प्रस्तुत गरिसक्नु भएको छ । र पन्ध्रौ बिश्व आदिबासीको तयारी जुटि रहनु भएको अवस्थामा एक्कासी घर फर्कने स्थिती सृजना भएकोले उक्त कार्यक्रममा वहाँले प्रस्तुति दिन सक्नु भएन साथै धेरै कार्यक्रमहरुमा वहाँले स्वयम सेवकको भुमिका निर्बाह गरेर कार्यक्रम सफल पार्न सहयोग गर्नु भएको कुरा कसै बाट लुकेको छैन उक्त बिदाई कार्यक्रममा संस्थाका प्रमुख श्री ललित माबोहाङ्ग ज्यू ले सभापतित्व गर्नु भएको थियो भने अतिथीहरुमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सदस्य एल.बि.बेघालिम्बु लिम्बु साँस्कृतिक परिषद कतार (स्मरण रहोस यो भन्दा अघि लिम्बु साँस्कृतिक परिषद कतार किरात याक्थुङ साक्थिम लक्चुम रहेको थियो) का अध्यक्ष युवराज बेघा लिम्बु ''आश्रय'' र नेपाल प्रवासी सरगम संगीत कतारका अध्यक्ष श्री श्रवण योङ्या लिम्बु लगायत सम्पूर्ण लिम्बु सहकर्मी र कला तथा संस्कृति प्रेमीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमका सभापति ललित माबोहाङ्गले नेपालीहरुले बिश्वको कुनै पनि कुनामा पुगे पनि आफ्नो नेपाली मौलिकतालाई र संस्कृतिलाई बिर्सन नहुने बिचार ब्यक्त गरेका थिए । वहाँको समाजसेवा प्रतिको योगदानको उच्च कदर गर्दै आउदा दिनहरुमा पनि नेपाल मै बसेर वा अन्यत्र कुनै मुलुकमा पुगे पनि समाज सेवाको कार्यलाई निरन्तर दिई रहनु पर्ने सल्लाह दिदै संस्थाको तर्फबाट सम्मान पत्र दिनु भएको थियो । त्यसै गरि लिम्बु साँस्कृतिक परिषद कतारका अध्यक्ष युवराज बेघा लिम्बु ''आश्रय'' र नेपाल प्रवासी सरगम संगीत कतारका अध्यक्ष श्री श्रवण योङ्या लिम्बुले पनि आ-आफ्नो संस्थाको तर्फबाट सम्मान पत्र प्रदान गरेका थिए भने राम प्रसाद आङबोहाङ्गले आफू अन्तरात्मा देखि नै यस क्षेत्रमा समर्पित भएकोले यसलाई अझ जिवन्तता दिने प्रतिबध्दता जाहेर गर्नु भएको थियो र उक्त कार्यक्रममा अतिथी लगायत संस्थाका अन्य बक्ताहरुले पनि बोल्नु भएको थियॊ । कार्यव्रुम कि.या.चु. कतारका सचिव श्री जय कमार थेबेले सन्चालन गर्नु भएको थियो ।
एम.बि.साँवालिम्बु दोहा कतार
No comments:
Post a Comment