Sunday, 16 August 2009

गजल सुस्मीता शर्मा ढुंगाना (आँशु)


लजाउदै उनी सामु मन्दमुस्कान हाँसि दिए

एक टकले हेरिरहे परी जस्तै नाची दिए
बिछोडको पिडा अनेक आशु बनी झरे पनि

मनमनै प्रेममाला लाली गालामा चढि दिए
सँगालिएको मनको माया नयन भरी भरिएछ

नसालु यो यौबन उनको मात बनी माती दिए

स्पर्शका लहरहरु तन भरी साचेको म्

उनी जिउँछन मेरालागी प्राण बनी बाँची दिए



गीतानगर-०७, चितवन, नारायणी, नेपाल ।

No comments:

Post a Comment