Thursday, 13 August 2009
अस्वीकृत पुरस्कार र कविताराम बाल साहित्य प्रवर्द्धन सम्मान सम्पन्न
श्रावण १८, ०६६ काठमाडौँ । अस्वीकृत बिचार साहित्य पुरस्कार गुठी र कविताराम वालसाहित्य प्रवर्द्धन अनुष्ठान वालमंच नेपालको संयुक्त तत्वावधानमा अस्वीकृत बिचार साहित्य पुरस्कार र कविताराम बाल साहित्य पुरस्कार वितरण गर्ने कार्यक्रम, अनामनगर, काठमाडौँमा आज एक समारोहबीच सम्पन्न भयो । अस्वीकृत विचार साहित्य पुरस्कार झपाबासी साहित्यकार श्री भवानी क्षेत्रीलाई नगद राशी रु. १३००० र कविताराम बाल साहित्य प्रवर्द्धन सम्मान साहित्यकार श्री प्रमोद प्रधानलाई नगद राशी रु. ५००० साथ प्रदान गरियो । यसै कार्यक्रममा केटाकेटी न्यूज डटकमलाई कविताराम बालसाहित्य प्रवर्द्धन कदरपत्र र वाल प्रतीभा ओस्कर कुमार सापकोटालाई कविताराम बालसाहित्य प्रतीभा पुरस्कार प्रदान गरियो । यी पुरस्कार तथा सम्मान डा. कविताराम श्रेष्ठले आफ्ना लेखकश्वको रकमसाथ अक्षयकोष खडागरी ०५४ सालमा स्थापना गर्नु भएको थियो । साहित्यकार भवानी क्षेत्रीका २ पुस्तकहरु प्र्रकाशित छन् तथा पूर्वान्चलमा नेपाली साहित्यिक गतिविधमा उहाँ सक्रिय हुनुहुन्छ http://aswikrit.com/index.php?action=ghosana2 । प्रमोद प्रधानका ६०० पृष्ठको अनुसन्धानमूलक वृहत वालवांमयका साथै ३ कविता संग्रह, ३ पत्रकारितासम्बद्ध पुस्तक र ८ सम्पादित पुस्तक प्रकाशित छन् । उहाँले यस अघि व्यथित काव्य पुरस्कार, जेसिस युवा साहित्य पुरस्कार, सीर्जनशील पत्रकारिता पुरस्कार, नेपाल वालसाहित्य समाज पुरस्कार र युवावर्ष मोति पुरस्कार प्राप्त गर्नुभएको छ http://aswikrit.com/index.php?action=ghosana3) । कदरपत्रद्वारा सम्मानित केटाकेटी न्यूज डट कम नेपालकै पहिलो वाल अनलाई खबर पत्रिका हो । डेढकरोड भिजिटर नाघिसकेको यस अनलाईनले अमेरिकाको पीस मिडियाको शान्ति वाल पत्रकारिता अन्तर रास्ट्रिय पुरस्कार प्राप्त गरेको छ । वाल प्रतिभाको रुपमा पुरस्कृत ओस्कर सापकोटाका जेम्स वील्सन नामक अंग्रेजी भाषाका एक पुस्तक प्रकाशित थियो । साथै यसै पुस्तकको दोस्रो भाग हालै प्रकाशित भई यसै समारोहमा विमोचनसमेत गरियो । यसै कार्यक्रममा अमेरिकाबासी श्री होमनाथ सुवेदीलाई प्रदान गरिनु पर्ने अस्वीकृत विचार सम्मानपत्र प्रा.डा. देवी सुवेदीलाई हस्तान्तरण गरियो । डा. देवी सुवेदीले यो सम्मानपत्र अमेरिकामा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको वार्षिक कन्भेन्सनमा होमनाथ सुवेदीजीलाई प्रदान गर्नु हुने कार्यक्रम रहेको छ । यस समारोहको लागि प्रमूख अतिथी श्री मदनमणी दीक्षित आमन्त्रित हुनुहुन्थो भने सभाको अध्यक्षता श्री कृष्णचन्द्र िसंह प्रधानज्यूले गर्नुभएको थियो ।
No comments:
Post a Comment