
काठमाडौं साउन २४, २०६६ । आज बालमन्च नेपालको अनामनगर काठमाडौंस्थित हलमा कोरियामा बालसाहित्य विषयक प्रवचन र अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कोरियन प्राध्यापक डा. युजङग यीले प्रवचन दिनुभएको यस कार्यक्रममा नेपाली बालसाहित्यकार, बालपत्रकार र विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्राध्यापक जङ्गयीले कोरियामा बालसाहित्यको अवस्थावारे प्रकाश पार्नुभएको थियो । साथै उहाँले आफूले बालसाहित्य लेखन शुरु गर्दाको अवस्थाका अनुभवहरु सुनाउँनुभएको थियो । अन्तरक्रियाका क्रममा उहाँले अहिले कोरियामा बालसाहित्यको अवस्था राम्रो रहेको धारणा राख्नुभएको थियो । यस क्रममा वरिष्ठ साहित्यकार भवानी घिमिरे, नेपाल बालसाहित्य समाजका अध्यक्ष रामबाबु सुवेदी, बरिष्ठ कवि नियात्राकार कृष्ण प्रसाइ, बालसाहित्य प्रतिष्ठान नेपालका महासचिव महेश पौड्याल प्रारम्भ, बालसाहित्यकाहरु अनन्तप्रसाद वाग्ले, कृष्णदीप सिग्देल, इन्द्रप्रसाद, अधिकारी, राजेन्द्रभक्त जोशी, सत्य अधिकारी, रश्मी असफल, कार्तिकेय घिमरे, स्वर्ण शिक्षा इंग्लिश सेकेंडरी स्कूल, गोकर्णका प्रिंसिपल गोविन्द श्रेष्ठलगायतले छलफलमा भाग लिनुभएको थियो । कार्यक्रममा इन्टरनेसनल नेपाली बालसाहित्य प्रवर्धन सन्जालका नेपाल संयोजक प्रमोद प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । इन्टरनेसनल नेपाली बालसाहित्य प्रवर्धन सन्जालको आयोजनामा भएको यस कार्यक्रम संजालका इन्टरनेसनल सल्लाहकार डा. कविताराम श्रेष्ठको सभापतित्वमा भएको थियो । डा श्रेष्ठले मन्तव्यका क्रममा यस सन्जाल नेपाली बालसाहित्यको विकासका लागि कार्यरत स्वयंसेवकहरुको संस्था भएको जानकारी गराउँदै यसले नेपाली बालसाहित्यलाइ अनलाइन मार्फत् विश्वव्यापिकरण गर्ने काम गर्ने बताउँनुभएको थियो । सन्जालकै पहलमा स्वर्ण शिक्षा इंग्लिश सेकेंडरी स्कूल, गोकर्णको ससंयोजनअर्न्तगत यही साउन २८ गते बुधवार १३ जना कोरियाली र १३ जना नेपाली बालबालिकाहरुबीचमा काठमाडौंको गोकर्णमा अन्तरक्रिया र बालकथा लेख्न सिकाउँने साथै सो दिनपूर्व हरेक कोरियाली बालबालिकाहरुलाइ एकएकजना नेपाली बालबालिकाहरु साथी बनाएर फरक फरक घरमा अतिथिका रुपमा एक रात बास बस्ने प्रवन्ध मिलाइ उनीहरुलाइ नेपालको सस्कृतिवारे जानकारी लिन सघाउने कार्यक्रम पनि रहेको कुरा सन्जालका इन्टरनेसनल सल्लाहकार डा. कविताराम श्रेष्ठले जानकारी गराउँनुभएको छ ।
0 comments:
Post a Comment