राम थापा, हंगकंग
अगस्ट १६ ,हंगकंगहंगकंगमा पनि आज अगस्ट १६ आइतबारका दिन मगर राष्ट्रिय मुक्ति मोर्चाको गठन भएको छ। हंगकंगको जोर्डनमा आयोजित हंगकंगका मगरहरुको एक भेलाले मगर राष्ट्रिय मुक्ति मोर्चा हंगकंगको गठन गरेको हो।
मगर राष्ट्रिय मुक्ति मोर्चा बनाउन आयोजना गरिएको भेलाका प्रमुख अतिथिमा संविधान सभामा तनहुं क्षेत्र न. एकबाट निर्वाचित सुरेश आले मगर रहेका थिए। कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै प्रमुख अतिथि सुरेश आले मगरले एकिकृत नेकपा माओवादीले नेपालका विभिन्न उत्पिडित जाति तथा जनजातिहरुको आत्मसम्मान र अधिकारको लागि नयां नेपालमा जातिय आधारमा संघहरु बनाउनुपर्नेमा जोड दिए। जनजातिहरुको आत्मसम्मानको लागि जातीय आधारमा संघ बनाइए पनि ती प्रदेशहरुका सरकारमा सो क्षेत्रमा बसोबास गर्ने सबै जातजातिहरुको समान सहभागिता हुने पनि उनले बताए। "मगरात राज्य बनाउंदैमा सो क्षेत्रमा बसोबास गर्ने अन्य जातजातिहरुमाथि दमन गर्ने होइन। उनीहरुलाई पनि समान अवसर र स्थान दिनुपर्छ।" उनले भने। भेलाको अध्यक्षता बसन्त थापा मगरले गरेका थिए भने संचालन चुरा बहादुर थापा मगरले गरेका थिए। कार्यक्रममा एनेकपा माओवादीका हंगकंग सचिव जिम्मी किंरात विशेष अतिथिको रूपमा उपस्थित थिए। भेलाले बसन्त थापा मगरको संयोजकत्व तथा हेमराज थापा मगरको उपसंयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ। तदर्थ समितिका अन्य सदस्यहरुमा इन्द्र ब. अर्गेजा पून मगर, बसन्त थापा मगर, ठाकुर राम थापा मगर, मीन ब. राना मगर, तुल ब. पाइजा मगर, भक्त रोका मगर, उदय पून मगर, मीन पून मगर आदि रहेका छन्। नवगठित समितिको घोषणा गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा एनेकपा माओवादी अन्तर्गतको मगर राष्ट्रिय मुक्ति मोर्चाका सल्लाहकार सुरेश आले मगरले नवगठित समितिलाई बधाइ तथा शुभकामना दिएका थिए। भेलाले गठन गरेको सल्लाहकार समितिमा कृष्ण थापा मगर, गणेश राना मगर, चुरा बहादुर थापा मगर, टंक राना मगर, हर्क राना मगर, टंक तरामू मगर, होम रोका मगर, टीकाराम थापा मगर तथा रुप प्रसाद पून मगर रहेका छन्।

0 comments:
Post a Comment