काठमाडौं,
प्रधानमन्त्रीको कार्यालयले रथी छत्रमानसिंह गुरुङलाई कायममुकायम प्रधान सेनापतिमा नियुक्तिको पत्र बुधबार दिएको छ ।नियुक्तिबारे मन्त्रिपरिषदले गत आइतबार निर्णय गरे पनि राष्ट्रपतिको भूमिकाबारे अस्पष्टताका कारण ढिलाइ भएको थियो ।‘आज कायममुकायम नियुक्तिपत्र आइपुग्यो,’ सैनिक जनसम्पर्क निर्देशनालयका एक अधिकृतले भने । पत्र पठाउनुअघि प्रधानमन्त्री कार्यालयले राष्ट्रपतिबाट निर्णय ‘सदर’ गराएको थियो ।
उच्च सैनिक स्रोतका अनुसार कायममुकाय नियुक्तिको पत्रमै राष्ट्रपतिबाट नियुक्ति सदर गरिएको बेहोरासमेत उल्लेख छ । राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन् । पत्र बुझेपछि कामु सेनापति गुरुङले आफ्नो सवारीमा सेनापतिको झन्डा हालेका छन् ।
गत आइतबारै सेनापति रुक्मांगद कटवालले कामुका रूपमा कार्यभार सुम्पिए पनि सरकारबाट नियुक्तिपत्र नपाएका कारण रथी गुरुङले सवारीमा झन्डा राखेका थिएनन् ।
राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालयबीच कायममुकायम सेनापति नियुक्तिबारे कानुनी अस्पष्टताले असमझदारी उत्पन्न भएको थियो । संविधानले राष्ट्रपतिलाई सेनाको परमाधिपति तोकेको छ भने प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।
राष्ट्रपति कार्यालयले कायममुकायम सेनापतिको नियुक्तिमा पनि आफ्नो भूमिका खोजी गरेको र प्रधानमन्त्री कार्यालयले कायममुकायम मात्र नियुक्ति गर्न लागेकाले जानकारी दिने मनसाय राखेपछि असमझदारी उब्जेको थियो ।
मंगलबार अबेरसम्म राष्ट्रपति र प्रधानमन्त्री कार्यालयका अधिकारी तथा कानुनी सल्लाहकारहरूबीच छलफलमा भएको सहमतिअनुसार मन्त्रिपरिषदले गरेको निर्णय राष्ट्रपतिकहाँ पठाएर ‘सदर’ भएपछि त्यसलाई समेत उल्लेख गरी कामु सेनापति नियुक्तिको पत्र तयार भएको हो ।

0 comments:
Post a Comment