
गुरुङ चलचित्रको निर्माण इतिहासमा पाँचवटा गीतसहित मुनाल फिल्म प्रा.लि.को व्यानरबाट चलचित्र आहक्रोदो निर्माण गरिएको छ । उक्त चलचित्रलाई १५ दिनमा नै सुटिङ सिध्याएर हाल सम्पादन समेत अन्तिम चरणमा पुर्याएका छन् । आक्रोदो चलचित्रको सम्पूर्ण सुटिङ लम्जुङ जिल्लाको खुदी गा.वि.स. अन्तर्गत वडा नं. ८ र ९ मा अवस्थित सिउरुङ गाउँमा भएको वताइएको छ । यस चलचित्रले गुरुङ समुदायभित्रको हराउँदै जान थालेको सतीघाँटु नृत्यलाई सवल रुपमा प्रस्तुत गरिएको छ भने चलचित्रले सामाजिक तथा पारिवारिक कथालाई अंगालेको छ साथै जस्तोसुकै दुःख परे पनि आत्तिनु हुँदैन एवं नरुनु भन्ने सन्देश प्रवाह गरेको छ । सवै कथा वुझन दर्शकले छिटै नै चलचित्र हेर्ने मौका पाउने कुरा निर्देशक भोजबहादुर गुरुङ बताएका छन् ।मुनाल फिल्मको व्यानरमा नेपाली कथानक चलचित्र स्ाहसी हाजा र अर्को चलचित्रसमेत यही वर्ष सिध्याउने जमर्को गरेको समेत समाचार प्राप्त भएको छ ।आक्रोदो नरुनु चलचित्रमा कथा निर्माता लील गुरुङ निर्देशक भोजबहादुर गुरुङ छाँयांकन सम्पादन खिम गुरुङ गीत संगीत ढकेन्द्र गुरुङ प्रीया गुरुङ निर्माण नियन्त्रक कुविना गुरुङ कलाकारहरु लील गुरुङ वसन्ती गुरुङ लोक गुरुङ र खुशी गुरुङ कुविना गुरुङ इन्द्रशोभा गुरुङ मोती गुरुङ र स्थानिय कलाकारहरुको सशक्त अभिनय रहेको छ । गीत संगीतको संगीत संयोजन चर्चित संगीतकार एवं संगीत संयोजक अमर पोखरेली गुरुङले गर्नु भएको छ भने रेकर्डिङको सम्पूर्ण कार्य नमस्ते पोखरा व्रोडकास्टिङ स्टुडियो प्रा.लि.को स्टुडियोमा भएको थियो भने सम्पादन कार्य भने मुनाल फिल्म प्रा.लि.को सम्पादन कक्षमा भइरहेको छ । यस चलचित्र आक्रोदोमा गीत गायनमा नरजङ गुरुङ मधु गुरुङ कुविना गुरुङ एवं ओम गुरुङको रहेका छन् ।
No comments:
Post a Comment