Sunday, 16 August 2009

क्यानसरवाट पिडित नेपाली चेलीलाई गोरखा प्रवासी संघ तथा मनकामना साँस्कृतिक परिवारको आर्थिक सहयोग

गणेश बानियाँ१५ अगष्ट २००९ ÷ दोहा कतार कतार स्थीत एक किलिनिङ्ग कम्पनीमा कार्यरत क्यान्सरवाट पिडित नेपाली चेली देउमाया निरौलालाई गोरखा प्रवासी संघ तथा मनकामना साँस्कृतिक परिवारले आर्थिक सहयोग गरेको छ ।मनकामना साँस्कृतिक परिवारका अध्यक्ष आश ब। गुरुङ्ग सचिब प्रेम अर्याल तथा गोरखा प्रवासी संघका सचिब गणेश वानिया सह सचिब सुनवीर सुनुवार लगायतको संयुक्त टोलीले कतारी रियाल सात सय एक हस्तान्तरण गरेको हो ।
झापा अर्जुनधारा गा।बि।सकी निरौला सुन्दुर भविष्यको लागि ३ बर्ष पहिले कतार प्रवेश गर्नु भएको थियो । बिगत लामो समय देखि पाठेघरको क्यान्सरवाट पिडित देउमाया ३ महिना अघि देखि काम गर्न नसकी नियमित उपचार गराईरहनु भएको थियो । श्रीमान्ले अर्कै श्रीमति ल्याए पछि श्रीमान् संग सम्वन्ध बिच्छेद गरी दुई छोरीहरुको उज्वल भविष्यको खातिर कतारमा कार्यरत देउमायालाई आफ्नै कम्पनीमा कार्यरत महिला तथा पुरुष स्टाफहरुवाट एकहजार तिन कतारी रियाल तथा सिदार्थ रेमिटका बिबेक झा तथा ज्योति झाका तर्फवाट एक सय कतारी रियाल पिडितलाई हस्तान्तरण गरिएको कुरा उक्त कम्पनीकी साबित्री गिरीले जानकारी गराउनु भयो ।आर्थिक अवस्था नाजुक रहेको र आफु पनि नेपाल फिर्ता भए पछि दुई छोरीहरुको पढाईमा समेत ठुलो असर पर्ने चिन्ता व्यक्त गर्दै आफुलाइृ सहयोग गर्ने सहयोगी प्रति आभार व्यक्त गर्नु भयो । पिडित देउमायालॆ यो उपकारलाई आफुले कहिले पनि नभुल्ने बताउनु भयो । उहाँ यही अगष्ट चौध तारिख बेलुका गल्फ एवेरअज मार्फत नेपाल फिर्ता भइसक्नु भएको छ ।

No comments:

Post a Comment