Thursday, 20 August 2009

तीज गीतमा पुरुषहरुको सहभागिताप्रति गायक मीलनको कटाक्ष्य


रवि भट्ट चितवन, रत्ननगर


लोक गायक मीलन लामाले आफ्नै समकक्षी लोकगायकहरु देखि दङ्‍ग परेको बताएका छन्‍ । सिद्देश्वरी टोल सुधार समिति रत्ननगर २, को आयोजनामा राखिएको तिजी गीत प्रतीयोगीतामा अतिथी बनेर आएका लामाले पुरुषहरुले महिलाहरुले गाउँने तीजको गीतलाई गाए पछि उनले यसो भनेका हुन्‍ । त्यसो त उनले अब केहि दिन पछि रत्यौलीमा पनि हाम्रो पुरुषहरुले गाउँन बेर छैन, उनले ब्यङ्‍ग्य भावमा भने ।

भर्खरै अमेरीकामा कार्यक्रम सकेर फर्केका गायक लामाले आफूसंगै गाउने समकक्षी र अग्रजहरुलाई किन यसरी गालीको भावमा भने त्यो त उनै जानुन्‍ तर आँफूले समय नपाएर वा तीज गीत सम्बन्धि ज्ञान नै नभएर हो गायक लामाले उक्त कार्यक्रममा तीजको गीत नगाएर अरु नै गीत गाए पछि उपस्थित दर्शकहरु केहिले गुनासो गरेका थिए।
यध्पी सोहि कार्यक्रममा अर्का गायक नेत्र जी पन्त पिडीतले भने तीजको गीत गाएर उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए ।

No comments:

Post a Comment