दलालहरुबाट ठगिएर हङकङ आइपुगेका चार नेपालीहरु, वीरबहादुर खत्री, निमबहादुर भण्डारी, इन्द्रबहादुर वली र अफत वली आज आइतबार ३० तरिख नेपाल फर्किएका छन् । करिव तीन महिना अगि मानव तस्करहरु मार्फत चाइनाको गोङजाउ हुँदै हङकङ ल्याइपुर्याइएका यी पीडितहरु हङकङ प्रहरीको कब्जामा परेर छुटेका थिए । आफूहरु ठगिएको चाल पाएपछि हङकङबाट संचालित अनलाइन पत्रीका मूलबाटो डटकमको समपर्कमा आई आफूहरुलाई को को दलालहरुले कसरी फसाए भन्ने सम्पूर्ण विवरण दिएका थिए । सो समाचार सम्प्रेषण भएपछि गैरकानूनीरुपमा नेपालीहरुलाई हङकङ छिराउने गिरोहहरु मध्य उक्त गिरोहको कर्तुत छताछुल्ल भएको थियो ।हङकङ प्रवेस गर्दा नगर्दै प्रहरीको कब्जामा परेका यी पीडितहरु दलालले सिकाय मुताविक नेपालमा आफ्नो जिउज्यानको सुरक्षा नभएकोले ज्यान बचाउन देशबाट भागेको भन्ने बेहोराको कपोकल्पित बयान दिएपछि हिरासतबाट छुटी हङकङ स्थित युएनएचसीआरको कार्यलयमा सरनार्थी दर्ता गराउन पुगेका थिए ।यी पीडितहरु मार्फत ति दलालहरुको सम्पूर्ण पोल खुलेपछि उनीहरुले पीडितहरुलाई बस्नको लागि बन्दोबस्त गरिदिएको कोठाको बाहाल नतिर्दिएकाले र यहाँ कानुनत: उनीहरुले कुनै पनि रोजगारी नपाउने भएकाले उनीहरु विचल्लीमा पर्न गएका थिए । यो अफ्ठेरो परिस्थितिमा पुन: मूलबाटो डटकमको सम्पर्कमा आई उनीहरुले नेपाल फिर्नको लागि सहयोग गरिदिन अनुरोधगरेपछि उनीहरुलाई नेपाल फर्कन लाग्ने खर्चको प्रवन्ध मिलाई दिन मूलबाटो डट कमले हङकङ नेपाली फूटबल एसोसिएसनसंगको संयुक्त आयोजनामा च्यारेटी फूटबल प्रतियोगिता गर्दै हङकङ नेपाली महासंघलगायत यहाँ स्थापना भएका विभिन्न संघ-संस्थाहरु तथा ब्यक्तिहरुलाई सहयोगको लागि अनुरोध गरेको थियो । यो कार्यमा नव निर्मित नेपाली पत्रकार सघंको तर्फबाट ऐभरेष्ट साप्ताहिकका सम्पादक किशन राईको पनि पूर्ण सकृयता रहेको थियो भने नेपाल फिर्न चाहने उक्त चार जनालाई हङकङ स्थित नेपाली महावाणिज्यदूतावासको कार्यलयले निसूल्क यात्रा अनुमति पत्र तथा हङकङ सरकारलाई आवश्यक सिफारिस गरिदिएको थियो ।यस अनलाइन पत्रीका मूलबाटो डट कम तथा अन्य सहयोगीहरुको अनुरोधमा यथासक्य आर्थिक तथा अन्य सहयोग गर्नुहुने संस्था तथा ब्यक्तिहरुको नामावली हार्दिक्ताकासाथ सधन्यवाद पुनस्च प्रकासित गरेकाछौँ । हङकङ नेपाली फूटबल एसोसिएसनको सहयोगमा आयोजित च्यारेटी म्याचबाट- २१००, ठकुरी समाज हङकङ- २०००, किरात राई चाम्लिङ खाम्मातिम हङकङ- ७५०, किरात राई यायोक्खा हङकङ- ५००, खोटाङ समाज हङकङ- ५००, यसरी नै ब्यक्तिगत सहयोग गर्नुहुनेमा, कुमार सामपाङ- ५००, ——-राई- २००, वाईबी राई-१००, चनेन्द्र तामाङ- १००, जजिन राई १०० रहनु भएको छ । यसै गरी आयोजित चयारेटी फूटबल म्याचमा पिउने पानीको प्रायोजन डिसप चिम्साचुइँले गरिदिएको थियो भने उक्त कार्यक्रमको लागि आवश्य ब्यानर, पोष्टर तथा प्रमाण-पत्रहरु अनलाइन सर्भिस यमातेईले निसूल्क उपलब्द गराईदिएको थियो ।
श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
ताजा समाचार
ताजा समाचार
Monday, 31 August 2009
हङकङमा बिचल्लीमा परेका चार नेपाली आज घर फिर्ता ।
चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न
तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो ।
नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो ।
नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् ।
कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।
नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब संघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।
मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।
भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै संसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar
साहित्य फूलबारी
साहित्य फूलबारी
"मेरी लक्ष्मी भाउजु" - संगिता घिमिरे, हाल इजरायल
nr n
माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG
sunuwar shyadar 2009

0 comments:
Post a Comment