कुबेतमा बिशेषगरी इजिपसिएन,भारतिय,बङ्गाली,लेबनानी ,फिलिपिनो,श्रीलंकाहरुको अत्याधिक मात्रमा बाहुल्य देखिन्छ। बिगत एकदशक यता नेपालीहरु पनि उलेख्य मात्रमा देखिन थालेको छ र केहीबर्षयता यहाँ खोलिएका बिभिन्न सँघसस्था,क्लबहरु र बिभिन्न वेब पत्र-पत्रीकाहरुको चहलपहल निकै देखिन्छ।केही बर्ष अगाडि नेपालमा के हुँदैछ भनेर थाहा पाउन फोन गरेर आफन्तलाई सोध्नु पर्थ्यो,तर अहिले आएर कुबेतका बिभिन्न वेब पत्रीका र नेपालबाट सिधै प्रसारण हुने च्यनलबाट हामीले सम्पूर्ण गतिबिधी थाहा पाउछौ। कुबेत एउटा बिस्वको धनी देशमा गनिन्छ त्यसैले यहाँ रोजगारिका अबसर प्रसस्त छन अनी बिभिन्न देशका नागरिकहरुको एकैथलोमा जमघट हुन्छ सँगै मिलेर काम गर्नु पर्ने हुन्छ। एक अर्कामा आ-आफ्नो देशको रहन सहन साटासाट हुन थाल्छ र कतिमा त माया प्रितीको सुरुवात हुनु स्वभाबिक हो। लामो समय सम्म एकै ठाउमा यिनीहरुले एकअर्कालाई राम्रो सँग चिन्ने अबसर पाउछन र बैबाहिक रुपमा रहने निर्णयमा पुग्छन। धेरै नेपालीहरुले फिलिपिनोहरुसँग विवाह गरेको तथ्यक भेटिन्छ किन कि नेपालीहरुसँग यिनिहरुको अनुहार मिल्दो जुल्दो हुन्छ। बिभिन्न नेपालीहरुले इंडोनेसिया ,श्रीलंका ,इन्डियन,महिलाहरु सँग पनि विवाह गरेको देखियो।कती नेपालीहरुले नेपालीहरुले नेपाली चर्चमा गएर पनि विवाह गरेको देखियो। कुबेतमा एकमात्र पास्टर अगम सुब्बा भन्नु हुन्छ धेरै नेपालीहरु यहाँ चर्चमा आएर विवाह गरी जानु भएको छ र उहाहरु सबैको बैबहिक जीवन पनि सफल भइरहेको छ। अनी हामीले देखेका छौ कती नेपालीहरुले फिलीपीनी चर्चमा गएर,अदालतमा गएर कानुनी रुपमा बैधानिक भएर या आफन्तको सम्झौतमा विवाह बन्धनमा बाधिएका छन।
विवाह बिदेशी होस् या स्वदेशी मन मिले पछी जो सँग पनि गर्न सकिन्छ यो कुनै नराम्रो कुरा होइन मात्र सोच बिचार पुराएर कती सम्म दिगो रहन्छ अगाडिनै बिचार पुर्याउनु उचित देखिन्छ किन कि विवाह भन्ने कुरा वार वार गरिदैन,कुबेतमा बैबाहिक रुपमा बिदेशी महिलाहरुसँग रहनु भएका सम्पूर्ण नेपाली साथीहरु र आगामी दिनमा पनि यस्तो बैबहिक बन्धनमा बाधिने सोचमा हुनुहुन्छ भने तपाईंको सफल बैबहिक जीवनको लागि शुभकामना। तपाईं नेपालमा पहिल्यै विवाहित हुनुहुन्छ भने नयाँ विवाह गर्नु आफ्नो खुट्टामा बन्चरो तेर्साउनु हो।

0 comments:
Post a Comment