नेपाली जनप्रगतिशिल मञ्च यू ए ई को यातायात क्षेत्रमा काम गर्ने सहायक संगठन नेपाली प्रगतिशिल यातायात मजदुर मञ्चको आयोजनामा यही अगस्त १४ गते दुबइमा दुबै मञ्चका केन्द्रिय समिती तथा क्षेत्रीय समितीका पदाधिकारी र अन्य अगुवा कार्यकर्ता बिच एक ब्रिहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ।
यातायात मजदुर मञ्चका अध्यक्ष शम्भु कुमार वाइबाको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एकिक्रित माओवादीका नेता, संबिधानसभाका सभासद तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष सालीक राम जमकट्टेलले प्रबासमा जति पनि उक्त पार्टीका भात्री संगठन छन ति सबै जनप्रगतिशिल मञ्चकै नामले क्रियाशिल रहेको र यहाँको हकमा पनि संगठन, संघर्स र सम्मेलनले जनप्रगतिशिल मञ्चनै आधिकारिक् संगठन भएकोले अरु कुनै संगठन भात्री संगठन हुन सक्दैन भन्दै सबै कार्यकर्तालाई ढुक्क भएर अगाडि बढ्न निर्देशन दिनु भयो। यदी अरु कसैले भात्री संगठन हो भन्छ भने उनिहरुको निती र कार्यक्रम सहि भएमा जिम्मेबार पूर्वक रुपान्तरित भएर मुल संगठनमा आउन पनि चेताबनी दिनुभयो।दिउसो १ बजे देखी शुरु भै ६ बजे सम्म चलेको उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी, तथा लोकप्रिय मजदुर नेता सालीकराम जमकट्टेलले रोजगारिको सिलसिलामा प्रबासमा आएर पनि सिंगो नेपाली क्रान्तिको लागि नेपाली जनप्रगतिशिल मञ्चले गरेको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै आभार ब्यक्त गर्नु भयो। पत्रकारहरुलाई गरिएको सम्मान र पत्रकार साथीहरुबाट ब्यक्त बिचारबाट आफुलाई गौरबको अनुभुती भएको बताउदै हाम्रो पार्टीले बोकेको लक्ष र सिध्दान्त प्रती तपाईंहरुमा भएको चासो र कसरी सहयोग गर्न सकिन्छ भन्ने जुन उत्साह छ त्यसले नेपाली कम्युनिष्ट आन्दोलनको जित सुनिश्चित छ भन्ने पुस्टि गर्दछ। वहाँले अहिले मुलुकको राजनीतिक अवस्था कसरी अघी बडेकोछ र एकिक्रित नेकपा माओवादी कस्तो भूमिका खेलेकोछ भन्ने बिषयमा प्रस्ट पार्दै मुलत दुई प्रकारका प्रबिर्तिहरु मध्य एक गणतन्त्रलाई मजदुर किसान र शोषित पीडित तथा श्रमजिबी जनताको अधिकार सम्पन्न नबनाउने गरी मुलुकमा नाम फेरिएका अरु ज्ञानेन्द्रले उही पुरानै सामन्ती शासन गर्ने यथास्थितीबादी चरित्र र अर्को देशमा आमुल परिवर्तन गर्दै शोषित पीडित किसान मजदुर र श्रमजिबी जनताको अधिकार सुनिश्चित गर्न चाहने क्रान्तिकारी प्रबिर्ती सँगसंगै गएकाले यि दुई बिच एकदम गहिरो र एकदमै भीषण संघर्स र टकराबको स्थिती रहेको बिश्लेषण गर्नु भयो। अहिले पार्टी जनयुध्दलाई बैचारिक युध्दको रुपबाट सञ्चालन गरेको र अहिले पार्टीले भिडन्त होइन शान्ती चाहेको बिचार ब्यक्त गर्नु भयो। हामी अहिले भिडन्त चाहेकाछैनौ तर अब गर्नु पर्यो भने जित्नेगरी हुनेछ त्यतिबेला जनबिरोधीहरु सबै बडारिने ठोकुवा पनि गर्नु भयो।
क माओको भनाइ सस्मरण गराउदै पार्टीको राजनीतिक कार्यदिशा सहि हुनुले सबै कुराको सुनिश्चितताको निर्धारण गर्दछ। कार्यदिशा सहि भए कार्यकर्ता, सेना र जनता आँफै बन्दछन तर गलत भए ति सबै भएका पनि गुम्दछन। पार्टी बिशेष कारणबस सत्ताबाट बाहिरिदा पनि माओवादी पार्टी प्रतिको आस्था र विश्वाश झन बढेको बताउदै त्यही कारनणलेनै अहिले बिभिन्न पार्टीका नेता सभासद तथा कार्यकर्ताको गन्तब्य एकिक्रित माओवादी बनेकोछ। ठोस् परिस्थितीको ठोस् बिश्लेशण गरेर चालिएको जनयुध्दलेनै मुलुकलाई गणतन्त्र सम्म ल्याएको बताउदै कांग्रेस र एमालेलाई गणतन्त्रबादी बनाउने पनि जनयुध्दनै हो भन्नुभयो।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा उपस्थित बिशेष अतिथी तथा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष जगत सिमखडाले आफ्नो मन्तब्य राख्दै जनप्रगतिशिल मञ्च र यसको सहायक् संगठन नेपाली प्रगतिशिल यातायात मजदुर मञ्चले बिगतमा चाहे त्यो मानब तस्कर बिरुध्दको अभियान होस, चाहे त्यो राष्ट्रियताको सबाल होस या नागरिक सर्बोच्चता, जनतन्त्र जनजिबिका अथबा स्थानिय स्तरमा समाजसेबामा खेलेको भूमिकाको चर्चा गर्दै बर्गिय मुक्ती आन्दोलन जुनसुकै देशमा गएपनी यदी त्यो सहि बिचारले ओतप्रोत छ भने गर्न सकिने र सम्भब भएको स्पस्ट पार्दै हामी जहाँ भएपनी बर्गिय मुक्ती आन्दोलनमा एकै ठाउँ लामबध्द र एकाकार छौं भन्दै भुगोलले हामीलाई नजिक र टाढा नबनाउने बिचार ब्यक्त गर्नु भयो। मुलुकको बर्तमान राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै हामीले अहिले सम्म हजारौं घुम्तिहरु पार गर्दै आएकाछौं तर अहिले एक यस्तो घुम्तिमा आएकाछौं कि निर्णायक तर जोखिम पूर्ण। यस्लाई सचेतता पूर्वक अगाडि बढाउन सकियो भने देशको भबिश्य एक सुरक्षित गन्तब्यमा पुग्छ तर यदी सकिएन भने हामी फेरी ईतिहासमा हजारौ फीट तल खाडलमा झर्नेवालाछौं, यस्को मतलब हामी दुरघटनामा पर्दैछौं। त्यो दुरघटनाबाट बचाएर फेरी यही स्थितिमा पुराउन दशकौं लाग्न सक्छ। जुनसुकै मुल्य चुकाएर भए पनि समुन्नत नेपाल बनाउनको निम्ती श्रमजिबी बर्गको पसिना र श्रमको कदर गर्ने नेपाल निर्माणको निम्ती अज हजारौंको बलिदानी गर्न परे पनि नेपाली क्रान्ति तयार छ। यस् अवस्थामा हामी गम्भिर बनेर पहलकदमी लिन सकेनौ भने जिन्दगी भर पछुताउनु भन्दा अरु केही हुने छैन। जन युध्द अहिले पनि जारी रहेको जिकिर गर्दै युध्दको समयमा भौतिक हतियारले दुश्मनको किल्लामा धाबा बोल्थ्यौं भने आज शान्ती प्रक्रियामा आएको बेला बैधानिक र बैचारीक हतियारले हमला गरी रहेकाछौं। भोली नेपाली क्रान्तिले माग गरे सामन्तबाद र बिस्तारबादले घेरा हाल्दै लगेमा बन्दुक पनि उठ्ने चेताबनी दिनु भयो।
नेपाली जन प्रगतिशिल मञ्चका अध्यक्ष दुर्गादत्त पोखरेलले आफ्नो मन्तब्य राख्दै यहाँ भ्रम छर्दै हिंड्ने अराजक तत्वहरुलाई आजको यो ऐतिहासिक कार्यक्रम र यहाँ उपस्थित पार्टीका जिम्मेबार नेताको भनाइले उनिहरुको हैसियत मरुभुमिमा पुराइदिएकोले अब संगठनमा थप गती र उत्साह आउने बिचार ब्यक्त गर्नु भयो। कार्यक्रमको बिच बिचमा जन कलाकारहरुले गीत संगीतबाट मनोरञ्जन र क्रान्तिकारी उत्साह थपेकाथिए।
दुई चरणमा सम्पन्न उक्त कार्यक्रको पहिलो चरणमा नेपाली जन प्रगतिशिल मञ्चको तर्फबाट प्रबासमा रहेर बिभिन्न कठिनाईका बाबजुद पनि पत्रकारितालाई निरन्तर अगाडि बढाउदै न्यायपूर्ण आन्दोलनमा सहयोग गर्दै आएका, बिशेष गरी मानब तस्कर बिरुध्दको अभियानमा सक्रिय सहभागी हुँदै आएका बिभिन्न पत्रकारहरुलाई सभासद तथा मजदुर नेता सालीकराम जमकट्टेलले सम्मान गर्दै सम्मानित ब्यक्तित्वहरुलाई कदरपत्र हस्तान्तरण गर्नु भएको थियो। यसरी सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ यु ए ई सम्पर्क शाखा अध्यक्ष जाकिर हुसैन, उपाध्यक्ष खेमनाथ पौड्याल, सचिब शंकर ज्ञवाली, स्वतन्त्र पत्रकार निमेस गिरी, ईनेपाली अन्लाईन डट कमका सञ्चालक अर्जुन दाहाल, पत्रकार तथा अन्तर राष्ट्रिय नेपाली साहित्य समाजका सभापति बाल चन्द्र पोखरेल रहेकाछन। त्यस्तै संगठनको प्रतिनिधित्व गरेर नेपाली समाजका सचिब उत्तम अधिकारी र गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यू ए ई का उपाध्यक्ष चन्द्र रोकाहालाई सम्बन्धित संस्थामा खेलेको भूमिकाको कदर गर्दै वहाँहरु दुबै जनालाई पनि सम्मान गरियो। सम्मानित ब्यक्तित्वहरु मध्ये जाकिर हुसैनले आफ्नो मन्तब्य राख्दै मानब तस्कर बिरुध्द लेखिएका समाचारको कारण आउने धम्किहरुको सस्मरण गर्दै जनप्रगतिशिल मञ्चले खेलेको भूमिकाको प्रशम्सा गर्नु भयो। त्यस्तै फेरी पनि मानब तस्करहरुको चलखेल बढन थालेको संकेत गर्दै चनाखो भएर लाग्न सल्लाह दिनु भयो।
अर्का सम्मानित ब्यक्तित्व बालचन्द्र पोखरेलले आफ्नो मन्तब्य राख्दै हालैका दिनमा आफ्नो सस्थाको लेटर हेड चोरी गरेर आफ्नै किर्ते हस्ताक्षर गरी महामहिम राजदुत प्रती लेखिएको समाचारले आफुलाई निकै मर्माहत गराएको बताउदै यसमा पनि यहाँका मानब तस्कर र केही फटाहाहरुको हात रहेको हुन सक्छ भन्दै हरेक बिकिर्ती र बिसंगतिका बिरुध्द अघी बढदै आएको जनप्रगतिशिल मञ्चले यस् बारेमा पनि अनुसन्धान गरी आफुलाई न्याय दिलाउन आग्रह गर्नु भयो।
कार्यक्रम को सञ्चालन मञ्चका महासचिब रमेश बेल्बासे र स्वागत भाषण सचिब तारा न्यौपानेले गर्नु भएको थियो।

0 comments:
Post a Comment