Tuesday, 18 August 2009

अबुधावी टि.भीले अक्टुवरबाट नेपाल सम्बन्धी वृत्तचित्र प्रसारण गर्ने

अर्जुन दाहाल,दुबई १८ अगष्त २००९

नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुयाउन अबुधावी टि।भीको युनिटलाई नेपाल पठाइ नेपालका ऐतिहासिक तथा पर्यटकीय स्थान लगाएतका विभिन्न दृश्यहरु खिचेर ल्याइसकेको र अक्टुवरवाट नेपाल सम्बन्धि वृत्तचित्र अबुधावी टी।भीमार्फत प्रसारण हुने यूएइकालागि नेपालका राजदूत महामहिम श्री अर्जुनबहादुर थापाले जानकारी दिनु भएको छ । उहाँ सो जानकारी गत १४ अगष्त २००९ का दिन अवुधावीमा सम्पन्न १५ औं विश्व आदिवासी जनजाती दिवसको अवसरमा दिनु भयो । उहाँले अगाडि भन्नु भयो काठमाण्डौमा यूएइको कुटनैतिक प्रतिनिधत्व छिट्टै हुने प्रकि्रयामा रहेको र यसवाट नेपालीहरुलाई यूएइको भिषा तथा अन्य कुराको कठिनाइको समाधान हुन सक्ने छ भनि विश्वास व्यक्त गर्नु भयो । नेपाल र यूएइ विचको व्यापार तथा लगानीको लागी अबुधावी चेक्बर अफ कमर्श र नेपाल फेडेरेसन चेम्बर अफ कर्मशसँग सझौता गर्ने प्रकृया लगभग पूरा भइसकेको जानकारी पनि दिनुभयो राजदूत थापाले ।


No comments:

Post a Comment