Monday, 17 August 2009

यूएइमा पत्रकारहरु सम्मानित




रमेश वेलवासे, १७ अगष्ट यूएइप्रवासमा रहेर विभिन्न कठिनाइका बाबजुद पत्रकारितालाई निरन्तर अगाडि बढाउदै न्यायपूर्ण आन्दोलनमा सकि्रय सहभागि हुदै आएका विभिन्न पत्रकारलाई दुबइमा आयोजित एक अन्तकि्रया कार्यक्रममा सम्मान गरिएको छ । नेपाली जनप्रगतिशिल माच यूएइद्वारा नेपाली प्रगतिशिल यातायात मजदुर माचको आयोजनामा यहि १४ अगष्त २००९ कादिन सम्पन्न अन्तरकि्रयाकार्यक्रममा प्रमुख अतिथि एनेकपा माओवादीका केन्द्रिय सदस्य संविधानसभाका सभासद तथा अखिल नेपाल ट्रेड युनियन संघका अध्यक्ष श्री शालिकराम जम्मर कट्टेलले सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको छ । सो सम्मान पाउने पत्रकारहरुमा जाकिर हुसैन खेमनाथ पौडेल शंकर ज्ञवाली निमेश गिरी अर्जुन दाहाल बालचन्द्र पोख्रेल रहेका थिए ।सम्मानित पत्रकार मध्येबाट पत्रकार जाकिर हुसैनले जनप्रगतिशिल माचले खेलेको भुभिकाको प्रशंसा गर्दै यूएइमा मानव तस्करको खेल अझै चलिरहेकोले चनाखो भएर कार्यगर्न सल्लाह दिनु भएको थियो ।सोही अवसरमा नेपाली जनप्रगतिहिल माचको प्रतिनिधित्व यूएइमा सामाजिक संगठनमा प्रतिनिधित्व जनाउने नेपाली समाजका सचिव उत्तम अधिकारी तथा एनआरएनए एनसीसी यूएइका उपाध्यक्ष चन्द्र रोकाहालाई पनि सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको थियो ।

No comments:

Post a Comment