नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोईरालाले एकिक्रित माओवादीको आन्दोलनले शान्ति प्रक्रियामा कुनै फरक नपार्ने बताउनुभएको छ । मोरङ- काठमाण्डौ सम्पर्क समितिद्वारा आज आयोजित कार्यक्रम कोईरालाले संबिधान निर्माण र शान्ति प्रक्रिया बारे चिन्ता गर्न आवस्यक नरहेको बताउनुभयो ।
माओवादीको आन्दोलनले संबिधान निर्माणमा कस्तो प्रभाव पार्ला भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले संबिधान बन्ने ठोकुवा गर्नु भयो ।भयो । सबै मिलेर अघि बढ्नु पर्ने भएकोले त्यसकालागि आफुले आवस्यक सबै सहयोग गर्ने बताउनुभयो । प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधिएको प्रश्नमा कोईरालाले छिमेकि मुलुकसँग संबन्ध अझै बिकसित गर्नुपर्ने बताउनुभयो ।
No comments:
Post a Comment