श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्

अर्जुन दाहाल, ९ अगष्त २००९
यूएइको अस्टोरिया होटलमा नेपाल एकिकृत प्रवाशी प्रगतिशिल माचको आयोजनामा नेपाली महिलाहरुको महान चाँड हरितालिका तिज श्रीमति तारा पौडेलको अध्यक्षतामा सम्पन्न भयो । गत ७ अगष्ट २००९ का दिन सम्पन्न सो कार्यक्रम नेपाली दूतावासका तृतिय सचिव जितेन्द्र लाभको प्रमुअ आतिथ्यमा र विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लाभ र अध्यक्ष पौडेलको संगोलमा व्यानर समुदघाटन गरि कार्यक्रम विधिवत समुदघाटन गरिएको थियो ।महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु सम्पन्न भएको थियो । प्रमुख अतिथि लाभले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा यूएइवासी नेपाली महिलाहरुलाई शुभकामना दिदै एकीकृत प्रवासी प्रगतिशिल माचले प्रवासमा रहेर नेपाली संस्कृतिलाई टेवा दिन यस्तो कार्यक्रम गरेकोमा धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले महामहिम राजदूत अर्जुनबहादुर थापा काम विशेषले कार्यक्रममा उपस्थित हुन नसकेता पनि उहाँदे कार्यक्रमको सफलतावारे शुभकामना सन्देश पठाउनु भएको वताउनु भयो । कार्यक्रममा एकीकृत प्रवासी जनप्रगतिशिल माचका अध्यक्ष तथा अन्य पदाधिकारीहरु साथै नेपाल पत्रकार महासंघका अध्यक्ष जाकिर हुसैन नेपाली समाजका महासचिवका नारायण अधिकारी एनआरएनए आइसीसीकालागि यूएइ प्रतिनिधि पीएस लिम्बू तुलसी तामांग घर्मेन्द्र यादव जित राई शालिकराम सुवेदी। इमलाल पंगेनी रामेश्वर चृणामणी ढकाल चन्द्रप्रसाद शाह छत्रलामा आदिको उपस्थिती रहेको थियो ।
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment