



खाडी मुलुक प्रवेशमा नेपाली महिलाहरुलाई नेपाल सरकारले रोक लगाए पनि निजी प्रयासमा साउदी अरव लगायत अन्य खाडी मुलुकहरुमा नेपाली महिला घरेलु कामदाररुपमा खुला सीमानाका कारण भारत हुँदै खाडी मुलुक प्रवेश गर्ने गर्दछन् । यिनै परिवेशमा हाल नेपाली दुतावास रियादमा २५ जना महिलाहरुले शरण लिइरहेका छन् । जसमध्ये १५ जनालाई मिति २०६६ असार २८ गते गल्फएयरको विमानबाट नेपाल फर्काइएको छ । फर्किन लागेका सवै महिलाहरु साउदीका विभिन्न शहरमा काम गर्दै आएका थिए । यी महिलाहरु साहुको शारीरिक तथा मानसिक यातना, खान नदिने, तलव नदिने, यौन शोषण गर्न खोज्ने जस्ता समस्याहरुबाट ग्रसित भइ राजदुतावासमा शरण लिन पुगेका हुन् ।
खाडी मुलुकमा काम गर्न आउँने महिलाहरुको मुख्य समस्याको रुपमा हेर्दा कोही साहुबाट बारम्बार वलात्कृत भइ रक्ताम्मे अवस्था पुग्छन् भने कोही ग्रैह रुपमा साहुको भुडी वोक्न पुग्दछन् । कोहीलाई भने २४ सै घण्टा काम जोताइरहन्छन् । यस्ता समस्याबाट ग्रसित नेपाली महिलाहरुलाई नेपाली दुतावासको पहलमा नेपाल पठाउँन लागिएको हो । यिनीहरुलाई टिकटको व्यवस्था भने उनीहरुका आफन्तले मिलाएका हुन् । कतै कहि आफन्तहरु नभएकाहरुको हकमा तीन यस लटको तीन जनालाई दुतावासले टिकटको व्यवस्था गरि अन्यका लागि सम्बन्धित निकायमा अनुनय विनय गरि नेपाल फर्कने व्यवस्था मिलाएको हो ।
साउदीमा काम गर्न आउने महिलाहरु सवैजसो आपनो चिनेजानेको दलालको सहयोगमा राहदानी वनाई भारतको बाटो हुदै वर्म्बई पुग्दछन् र त्यहाँका म्यानपावर एजेन्टले भिसा उपलव्ध गराएपछि साउदी तथा अन्य खाडी मुलुकमा पुग्दछन् । केहिले अरुको राहदानी प्रयोग गरि पनि आएका छन् । यस्ता महिलाहरुले शुरुमा वीस तीस हजार दलाललाई दिएर आएका छन भने कतिपयले त नेपाल फर्केपछि दिने शर्तमा यहाँ आइपुगेका छन् । महिला कामदारहरुलाई मासिक साउदी रियाल चार सय तलवमा साउदी भित्रयाइन्छ । यिनीहरु मध्ये धेरैजसो दलालहरुको थ्रु भएर महिला आपूति केन्द्रसम्म पुग्छन् ।
त्यहाँबाट साहुले उमेर, जिउडाल, रुप, अरवी/अंग्रेजी भाषाको ज्ञानको आधारमा १२,००० देखि १६,००० साउदी रियालमा खरिद गरि लान्छन् । ती खरिद गरिएका घरेलु कामदारको काम चित्त नबुझेमा साहुले रकम फिर्ता पाउँन कामदारलाई आपूर्ति केन्द्रमा लगि छाडिदिन्छन् । त्यस अवधिमा अर्को साहुले ती कामदारलाई खरिद गरि लगेमा पहिलेको साहुको रकम फिर्ता हुन्छ । यस क्रममा कुनै महिलालले सात आठ साहुहरुको खरिद विक्रीको साधन वनिसकेको वताउँछन् । आपूर्ति केन्द्रबाट विक्री हुन नसकेका वा विरामी भइ काम गर्न नसक्ने कामदार महिलाहरुलाई सम्बन्धित साहु र आपूर्ति केन्द्रले राजदुतावासको गेटमा लगि छाडि दिन्छन् ।
दुइ तीन वर्ष काम गरिसकेपछि घर फर्किन इच्छा जाहेर गर्दा वा विरामी परि उपचार गर्न नेपाल जान खोज्दा साहुले मेरो खर्च भएको सवै पैसा फिर्ता देउ नत्र पाँच वर्ष अझै काम गर्नुपर्दछ नभए पुलिसलाई बुझाइदिन्छु भनि ध्म्क्याउँने गर्छन । यति मात्र होइन कसैलाई त पैसा सुन चोरेको आरोप लगाएर बर्षौ काम गर्न वाध्य तुल्याउन कोशिश गरिन्छ । यस्तो अवस्थाबाट उम्कन रियाद शहरमा रहेका महिला कामदारहरु ज्यान जोखिममा पारेर टयाक्सीबाट राजदुतावास आइपुग्छन् । दुःखको कुरा त यसरी आउँने क्रममा टयाक्सी चालकको क्रुरताको शिकार वन्ने गरेका, उ लगायत अरु २, ३ जना उसका साथीहरुबाट यौन तृष्णा मेटाइसकेपछि मात्र राजदुतावासमा दयनीय अवस्थामा आइपुग्ने गरेका छन् ।
यस्तो समस्या परेका महिलाहरुका सम्बन्धमा दुतावासले हप्तामा ५ जना नेपाल फकाउँने गरेको हामीलाई प्राप्त समाचारमा जनाइएको छ । यसपटक राजदुतावासले उद्धार गरि नेपाल फर्काएका १५ जना महिलाहरुको फोटो तथा नाम माथि उल्लेख छ । निकट भविष्यमा बाँकी रहेका १० जनालाई पनि नेपाल पठाउँने व्यवस्थामा लागेको छ दुतावास ।










































0 comments:
Post a Comment