श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Saturday, 25 July 2009

महिलाहरुको स्वतन्त्र र दमनको समिश्रण पर्व तीज व्रत

दीपा एवाई राई हङकङ

नेपाली हिन्दू महिलाको निमित्त स्वतन्त्र र आनन्दसँग मनाइने पर्व हो तीज । हाल आएर अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि बडो हर्षाेल्लासकाथ मनाउन थालिएको यस चाडको रुप धर्म ग्रन्थमा यस्तो छः-ूहिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नो छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आपुूले मन पराएको वर पाउन जंगल गएर शिवजीको पूजा गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आपुूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्ग स्थापना गरी पानी पनि नपिई निराहार व्रत बस्न थालिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी अन्तमा प्रकट भई ूचिताएको कुरा पुगोसू भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन गयो । सो दिन भाद्र शुक्ल तृतीयको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरुले यस दिनलाई उत्सवकारुपमा मनाउन थालेर यो तीजको रुपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।भनिन्छ तीजमा श्रीमतीले श्रीमानका लागि मात्र होइन यदि श्रीमती अशक्त रोगी वा गर्भवती छिन् भने श्रीमानले सहयोगमा तीजको व्रत बसिदिने चलन प्राचीन समयमा भएको र अझै पनि कतिपय स्थान तथा व्यक्तिले यो परम्परा कायम गरेको सुन्न र पढ्नमा आए पनि आजसम्म यसको ठोस प्रमाण देखिन आएको छैन । तीज व्रतलाई तीन खण्डमा विभाजन गरी मनाइन्छ । पहिलो दिन विशेष महत्वकासाथ दर खाने काम गरिन्छ । दर खीर र दूधबाट बनेको परिकार हो । तर हिजो आज माछा मासु पनि दरमा सामेल भएको छ । वास्तवमा दर पनि मध्यरात १२ बजेअघि खानु पर्नेमा हिजो आज सूर्यदय अघिसम्म पनि खाने नियमले के बुझ्न सक्छौं भने मानिसले आपुूअनुकूलको सहजता खोज्ने भएकोले यसको स्वरुपमा परिर्वतन हुँदै आएको छ । दोस्रो दिन तिथिअनुसार भाद्र शुक्ल तृतीयको दिन हरितालिका तीज अर्थात नाच्ने र खुशी हुने दिन । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएकी हुनाले यस दिनलाई हर्षाेउल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।
तीजको अन्तिम दिन ऋषिपन्चमीको दिन हो ।
शास्त्रअनुसार यो दिन नारीहरु पापिष्ट भएको कारणले उनीहरुलाई सजाय दिन बनाइएको जस्तो देखिन्छ । शास्त्रमा भनिएको छ १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पाचमीको दिन ३६५ वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरु छन् । तर मूलतः ३६५ वटा दतिवनका डाँठ तोकेर खोलामा बगाउनु माटो र गोबरले शरीरका सबै अंगहरु सुद्ध गर्नु चाल्नीमा गनौती गनिएका तिलचामल र जौ राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरु पूर्णरुपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । आखेरी यो कुन न्यायिक धर्म हो यहाँ त हिन्दू धार्मिक ग्रन्थद्वारा महिलामाथि सोझै अत्याचार भएको पाउँछौं । रजस्वला भनेको नारीमा हुने प्राकृतिक देन हो । यो सूर्य उदाउने र अस्ताउनेझैँ स्वच्छ र ध्रुव सत्य कुरा पनि हो । तर यसलाई पाप ठानिनु एक रुढिवादी र दरिद्र सोच मात्र हो । धर्म र नीति शास्त्रले केवल नारीमाथि मात्र यत्रो आलोचना वर्णन र कज्याउने किसिमको शिक्षाको सन्देश दिइएको पाइन्छ । संसारको जति पनि धर्म ग्रन्थहरु छन् केवल नारीको चरित्र त्यसको चित्रणसँग शिक्षाकै लागि मात्र बनेको देखिन्छ ।
समान अधिकारको जति नै वकालत गरे पनि मानवतावादी र न्यायपालिकाहरु केवल पुरुषहरुको स्वार्थमा निहित एजेण्ट जस्तो मात्र देखिन्छ । वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलपुूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ । तर जुन तीज व्रत भनी श्रीमानकै लागि र बाह्र महिनासम्म हुने नारीको प्राकृतिक देन रजस्वलालाई असुद्ध र पापको संज्ञा दिई धर्म ग्रन्थमा लेखिएको शब्दहरु अति नै अशोभनीय अर्थहीन नारी शोषण र दमन मात्र देखिन्छ । नारीहरुले रातो टीका रातो कपडा रातो चुरा पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो । नारीहरु त्यस दिन नाचगान गर्दै हर्षोल्लासकासाथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ । के यो साँच्चै विश्वासनीय छ श्रीमतीले यसरी व्रत बस्ने कुरा त सदियौंदेखि चलिआएको कुरा धर्मग्रन्थमा छ तर पनि निश्चित समयपछि श्रीमान र श्रीमतीको मृत्यु हुन्छ नै । यस तीज व्रतले कुनै श्रीमानको दीर्घायु भएको छैन र हुँदैन पनि । किनकि यो एक संक्रमाणिक रुढि प्रथा मात्र हो । नारी शोषण र दमन हो । दीर्घायुको कामना श्रीमतीलाई पनि हुनु पर्ने हो तर किन श्रीमानलाई मात्र यसरी धर्मग्रन्थको भेदभावपूर्ण श्लोकहरु आज प्रत्येक चेतनशील नारी पुरुष दुवै पक्षले छुट्याई खण्डन गरी आवश्यक सुधार गर्नु पर्दछ । नत्र हामी नेपाली महिलाहरुको छुट्टै अस्तित्व बोकेर विश्व समक्ष उभिन सक्ने हाम्रो तीज पर्व भोलि दुर्घटनाग्रस्त भई नवमहिलाहरुले रेष्टुरा र पप हाउससँग डिस्को डान्समा परिणत नगर्लान् भन्न सकिन्न । कुनै पनि बुद्धिजीवी चेतनशील नेपाली भएको नाताले सम्पूर्ण विवेकशील नेपालीद्वारा यस्तो किसिमको रुढिग्रस्त धर्मलाई सच्याई यस किसिमको पर्वलाई संरक्षण गर्नु भनेको नेपालीत्वको संस्कृति र स्वाभिमान बचाउनु पनि हो ।
अष्ट्रेलियामा महिलाको लागि अगष्ट ८ का दिन नारी दिवस ९ध्युबल मबथ० मनाइन्छ । तर नेपालमा परम्पारिक हिसाबले भने महिलाले यस्तो दिन पाएका छैनन् जसले उनीहरुलाई स्वतन्त्रताको अनुभूति दिलाओस् । यसरी यही कुरालाई लिएर मात्र गर्दा तीज व्रतको दिन त्यही दिन घरको कामकाजलाई चटक्क छोडेर उनीहरु नेपाली महिलाहरु स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कन्छन् । उनीहरुको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरु समेटिएका हुन्छन् । यसले महिलाहरुलाई सशक्त बनाउँछ । यी कुराहरु तीजको सकरात्मक पक्ष हो । त्यसैले किन हामीले तीज पर्वलाई हाम्रो नेपाली महिलाहरुको नारी दिवस ९ध्युबल मबथ० नमान्ने जसले हाम्रो परम्परा र सँस्कृतिको पनि रक्षा हुने र मान्नेहरुको लागि धार्मिक पर्व व्रतको पनि सुचारुपले साचालन हुने । तर जुन धार्मिक ग्रन्थको भनाइअनुसार समाजको रीति पूरा गर्न जबरजस्ती व्रत बस्नु र तेश्रो दिन ऋषिपाचमीको कार्य विधिचाहिँ वााछनीय देखिदैन । यदि रजस्वलालाई अछुत र पाप भनिन्छ भने यसको पूर्णरुपले सैद्धान्तिक व्यवहारिक व्याख्या हुनुपर्छ । नत्र यस्तो रुढिवाद न्यायिक कार्यस्वरुप तुरुन्त हटाइनु पर्छ मानिनु हुन्न ।

हाल नेपालीहरुको ठूलो हिस्सा देशबाहिर रहेको सन्दर्भमा विदेशमा रहेका नेपाली महिलाहरुले पनि यो चाड बडो धुमधामकासाथ मनाउने गरेको पाइन्छ । हङकङमा रहेका नेपालीहरुले पनि विभिन्न संघ संस्थाको माध्यमबाट विगत केही वर्षदेखि यस चाडलाई बडो हर्षोल्लासकासाथ मनाउदै आएका छन् । ूयो हिन्दूहरुको पर्व हो हामी जनजातिहरुले मान्न आवश्यक छैनू भन्ने तर्कहरु पनि यदाकदा नउठेका होइनन् । तर यस चाडको मूल हिन्दू धर्म र संस्कार भए पनि हामी नेपाली हौं र जुनसुकै नेपालीको संँस्कार र रीति हामी जोसुकै धर्म मान्ने र वा जोसुकै जनजाति नेपालीले आत्मसात गर्नु कुनै अनौठो कुरा होइन । हामीले खाली यसको सकरात्मक र नकरात्मक पक्षलाई मात्र चिन्नु सक्नु पर्दछ । सारमा भन्ने हो भने यो चाड जहाँबाट उत्पति वा शुरुवात भए पनि यसलाई ज-जसले मनाए पनि यसले नारीमाथिको विद्यमान शोषण र उत्पीडनलाई बढवा दिने सबै किसिमका रिवाजहरुलाई एक एक गरेर केलाएर फालेर नारी स्वछन्दता दिवसको रुपमा मनाउन सक्नु पर्दछ । कम्तिमा यसतर्फ सबै उन्मुख हुनुपर्दछ ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika